नेपालमा अहिले स्थानीयतहमा महिलाको सहभागिता ४१ प्रतिशत छ । इतिहासमा नै यति ठूलो संख्यामा महिलाको सहभागिता भएको यो पहिलो पटक हो । तर विदेशी राष्ट्रहरुमा राज्यका हरेक निकायमा महिलाको सहभागिता धेरै लामो समयदेखि नै प्रयोगमा आइसकेका बिषय हुन । अखिल नेपाल महिला संघले काठमाडौमा आयोजना गरेको अनुभव आदानप्रदान कार्यक्रममा सहभागि हुन स्वीडेन स्टकहोम नगरपालिकाकी उपमेयर आन मार्गरेथ काठमाडौमा छिन् । उनले फरक फरक समुदायबाट आएका नेपाली महिला उपमेयरहरुको अनुभवबाट आफूले केही सिक्ने बताइन् । महिलाको सहभागिता बृद्धि भएसँगै विकास र समृद्धिका लागि कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने लगायतका विषयमा चक्रपथ डटकमका लागि कविता अधिकारीले गरेको संवाद ।

तपाई नेपाल कहिले आउनु भयो र के कामका लागि आउनुभएको ?
म स्वीडेनको स्टकहोम नगरपालिकाको उपमेयर हुँ । विहिबार स्वीडेनबाट नेपाल आएको हुँ  । नेपालमा पहिलो पटक यति ठूलो संख्यामा महिलाहरु उपमेयर हुनुभएको छ । मलाई भेटेरै बधाइ दिने मन थियो र अहिले अखिल नेपाल महिलासंघले एउटा कार्यक्रमको आयोजना पनि गर्यो । यही अवसरमा भेट्छु पनि र कार्यक्रम पनि सकाउँछु भनेर म नेपाल आएको हुँ ।  मेरो यो काठमाडौं भ्रमण हो । 


तपाइको देशमा राजनीतिमा महिलाको सहभागिता कस्तो छ ?

६० प्रतिशत महिला हुनुपर्छ भनेर हामीले विगत १० बर्षदेखी मेहनत गरेका हौं । शुरुमा एकदमै ठूलो समस्या पनि भयो । त्यहाँका पुरुषहरुले पनि महिलाहरु प्रतिस्पर्धा गर्न सक्नुहुन्न भन्थे । चुनावमा उठेर जित्न एकदमै गाहे थियो । चुनावमा जित्नका लागि त्यो स्वीकार्य थिएन । हामीले खुब प्रचार प्रसार गर्यौं, कार्यालयको भित्ताभित्तामा लेख्यौ, पर्खालहरुको भित्तामा हामीले आधा जनसंख्या महिला हौं भन्दै लेख्यौं । भित्तामा लेखेर हामी पुष्टि गर्न चाहन्थ्यौं कि हामीपनि आधी महिला जनसंख्या छौं भनेर । हामीले ५० प्रतिशत पावर पुरुष र ५० प्रतिशत पावर महिलालाई चाहिन्छ भनेर भन्यौं । त्यो धेरै महत्व थियो । किनभने महिला विश्वकै आधार हो । महिलाहरुलाइ आधी पावर निर्णय गर्ने अधिकार प्राप्त हुनुपर्छ । 

व्यवहारिक हिसावले स्कटहोममा हामीले एउटा कमिटी बनायौं । हरेक कमिटीमा आधा महिला निर्णयक भूमिकामा हुनैपर्छ भनेर हामीले माग उठायौं । त्यस समय यत्रो आधा महिला कहाँ पाइन्छ भनेर स्वीडेनमा पनि हंगामा भयो । त्यहाँ महिलाको सहभागिता बृद्धि गराउन हामीले शिक्षामा जोड दियौं । यि सबै मेहनतका वावजुद अहिले हाम्रोमा महिला पुरुषबीच समानता छ । तर अझैपनि न्युन आयभएका गरिब मध्यमवर्गीय परिवारमा भने यो पूर्णरुपमा लागु भएको छैन । यद्यपि हामीले गरेको संघर्षकै कारण अहिले स्वीडेनमा सुत्केरी हुँदा १८ महिना महिलाले फुल सेलरी पाएर नै विदा बस्न पाउँछन् । उसको श्रीमानले पनि ८ महिना सेलरी लिएर नै विदा पाउँछ बच्चाको केयर गर्न । कानुनले स्वीडेनमा सवैलाई समान हुनुपर्छ भन्ने प्रावधान छ । 


कतिभयो उपमेयर बन्नुभएको ? तपाईले कसरी काम गर्नुहुन्छ ?

म २०१४ मा चुनाव जितेर उपमेयर भएको हुँ तर त्यसभन्दा पहिला पनि म नै उपमेयर थिए । राजनीतिमा आउनुभन्दा पहिला महिलावादी नेता थिएँ । त्यसपछि पार्टीमा आएँ ।  शुरुमा कम्युनिष्ट पार्टीको महिला विभागको अन्तराष्ट्रिय सेक्सनको प्रमुख भएर काम गरें । त्यहीकामको सिलसिलामा अखिल नेपाल महिलासंघसँग पनि सम्पर्क भयो । अहिले स्वीडेनमा भएको विकासका अनुभव र नेपालमा भर्खरै चुनाव जितेर आउनुभएका उपमेयरहरुलाइ आफनो अनुभव सिकाउन र उहाँहरुको अनुभवबाट सिक्ने उदेश्यले म नेपालमा आएको हो । 

मेरो कामगर्ने तरिका भनेको मलाई जुन कामको जिम्मा दिइएको छ त्यो डिपार्टमेन्टमा मेरो अन्डरमा कामगर्ने ४ जना सेक्रेटरी र एकजना स्पेसलिष्ट छन् । मेरो जिम्मेवारी सबै नागरिकका लागि घरबास उपलब्ध गराउनु हो । वासस्थानको व्यवस्थापनको जिम्मामा मलाई नगरपालिकाले दिएको छ । त्यो व्यवस्थापनका लागि मसँग ४ हाउजिङ्ग कम्पनी पनि छन् । उनीहरु मेरो अन्डरमा रहन्छन तर ति ४ हाउजिंग कम्पनी नगरपालिकाका  हुन्छन् । मेरो भागमा नगरपालिकाले ४ वटा घरहरु बनाउने कम्पनी दिएको छ । तिनीहरुको पनि म कोर्डिनेटर हु । मेरो स्टाफ मेरो डिपार्टमेन्टले तिनीहरुका लागि बजेट बनाउने घर बनाउने कहिले कहाँ कहिले कहाँ, कसलाई घर दिने के के योजना बनाउने त्यसका लागि म काम गर्छु । नगरपाकिलको ४ कम्पनीले बिभिन्न ठाँउमा घर बनाउँछन्, त्यसलाई मानिसहरुले लिन्छन् । नगरपालिकाको मुख्य उदेश्य के छ भने गरिब जनतासँग थोरै पैसा तिर्नेगरि घर बस्न दिन्छौं भने धनीहरुका लागि राम्रै रकम लिएर रेन्टमा बस्ने व्यवस्था मिलाउने काम मैले गर्छु । हाम्रो नगरपालिकामा म सहित ७ उपयेयर छौं । ति सबैको फरक फरक रेस्पोन्सीविलिटी हुन्छ । मेरो यो कामभयो भने अरुको अरु नै काम हुन्छ । हाम्रो एउटा नगरपालिका ठुलो पनि हुन्छ र सबैको फरक फरक जिम्मेवारी लिएर काम गछौैं ।


१०० बर्षअगाडिको इतिहास त हाम्रो पनि खराब थियो । तर अहिले त्यहाँको वकिल अधिकारकर्मी कानुनका कारण धेरै कुरा परिर्वतन भएका छन् । अहिले केही समस्या भयो भने त्यसैमा एक्सन गु्रप बनिहाल्छ र काम भइहाल्छ । 

तपाई काम गर्दा कुन कुन कुरालाई मुख्य प्राथमिकतामा राख्नुहुन्छ ?

अहिले मानिसहरु चन्द्रमामा पुगिसके तर हामी केही कुरापनि गर्न किन सक्दैनौ ? त्यसैले हामीले स्थानीय तहमा कामगर्दा बजेटको बिषयलाई ध्यान दिन्छौ । स्थानीय तहमा सबैले लैगिंक बजेट बनाउन आवश्यक छ । त्यो भएन भने गरिब जनताका लागि कुनै कार्यक्रम ल्याउन सकिंदैन । मुख्यकुरा त्यहाँको योजना आफ्ना जनता नै प्राथमिकतामा रहन्छन् । 


नेपालमा भर्खरै स्थानीय तहमा महिलाको सहभागिता बृद्धि भएको छ । यसलाई सफल बनाउन केही सुझाव दिन चाहनुुहुन्छ ?

लोकल लेभलमा महिलाको यो सहभागिता हुन अत्यन्तै सुखद पक्ष हो । हामी सधै बराबरी हुनुपर्छ भनेर लडिरहेको छांै । पावरमा पुग्नु राम्रो हो तर त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ त्यो झन महत्वपूर्ण हुन्छ । तपाईहरुको यो पावर प्राप्त गरेर पनि कामगर्न सक्नुभएन भने त्यो लेवलमा पुगेको कुनै औचित्य हुँदैन । हामीले कामगर्दा आफ्नो राजनीतिक दललाइ पनि बुझनुपर्छ । आफनो पार्टीको राजनीतिक कार्यदिशा बुझिएन भनेपनि समस्या हुन्छ । हामीले जुन स्थानीय तहमा बसेर काम गछौैं, नगरपालिका गाउँपालिका त्यस्तो ठाँउमा राम्रोसित कुरा बुझ्नुपर्छ । आफुले नेतृत्वगर्ने ठाउँलाई राम्रोसँग अध्ययन गर्नुपर्छ । नेतृत्व गर्ने ठाउँबाट पनि राजनीतिक शिक्षालाई पनि संगसैगै लैजानुपर्छ नत्र राजनीतिक चेतना जनतामा हँुदैन । हामीले गरेका राम्रो कामको मिडियामा पनि जानकारी दिनुपर्छ । मिडियालाई पनि भरपुर सदुपयोग गर्नुपर्छ । यी विविध माध्यम हुन् जसले स्थानीय तहबाट शासन गर्दा हामीले प्रभाव पार्न सक्छौं । 

तपाइ अनुभवी उपमेयर, नेपालमा जो पहिलो पटक उपमेयर हुनुभएको छ ? कसरी कामगर्दा अझ प्रभावकारी होला ?

त्यसको लागि मुख्य कुरा शिक्षा नै थियो । जो महिला प्रतिनिधित्व गर्नुहुन्छ भने त्यस महिलालाइ राजनीति थाहा हुन जरुरी छ । शिक्षाको आधारमा पढ्न अध्ययन गर्न सकिन्छ । बजेटको व्यवस्थापनको बिषयमा पनि निर्णय लिन सकिन्छ । राजनीतिक दलमा रहेर काम गर्नका लागि यो अत्यन्तै महत्वपूर्ण कुरा हो । मिडियामा कसरी अन्तरवार्ता दिने, फोटो कसरी खिच्ने, कसरी बोल्ने बिषयमा हामीले तालिम लियौं भने अझ प्रभावकारी हुन्छ ।  तालिम लिएपछि साँच्चै क्षमतावान पनि भइन्छ ।  त्यसैले हामीहरुले त्यस्ता कुरा सिक्न जरुरी छ । हामीले आफ्ना कार्यलाई सशक्त वनाउन केही बिषयमा केही गतिविधि गर्यांै र त्यसका बारेमा सोच्यांै भने प्रभावकारी छाप छोड्न सकिन्छ । 
 

स्वीडेनमा कसरी विकास सम्भव भयो ?

वेलफेर सिस्टम बनेका कारण नै स्वीडेनमा विकासका कार्य सफल भयो । जस्तो १०० जनालाइ एकै ठाँउमा खाना बनाउन धेरैले रोजगारी पाए । पैसा कलेक्टिभ्ली जम्मा हुन्छ खर्च चाँही रोजगारीमा आउनेलाई खर्च हुन्छ । सेवाग्राहीले पनि सस्तोमा पाउने भयो । जस्तो –मेसमा खाना खानु र बाहिर खादा फरक पर्छ । मेसमा सस्तो पर्छ घरमा बनाउदा अझ बढि खर्च पर्छ । घरमा गर्ने काम घटेपछि मैले बाहिर अरुकाम गर्न पाउँछु । काममा सबै वेलफेयर सिस्टमले लगाउन सकियो भने त्यसले रोजगारी पनि सृजना गर्छ । हाम्रोमा के छ भने उपमेयरले पनि डे, नर्सरी स्कूल बनाउने भनेर सामुदायिक परियोजना ल्याउँदा पनि धेरै मानिसलाई रोजगारी दिन सकिन्छ । लोकल लेभलमा जो पहिला आउँछ उसैलाइ जब दिने सिष्टमले पनि बेरोजगारी हट्छ । रोजगारी सृजना गर्नु महिला र बालबालिकालाई सपोर्ट गर्नुले पनि विकास निमार्णमा सहयोग पुग्छ । 


नेपालको राजनीतिलाई कसरी बुझ्नुभएको छ ?

स्वीडेनमा त केहीपनि थाहा छैन  । म चाँही नेपालप्रति चासो राख्ने भएकाले केही जानकार छु । नेपालमा दुइ कम्युनिष्ट कसरी एक भए भन्ने बिषयमा चाहिं उत्साहित छु । यसमा असम्भव भन्ने छैन । तर के हुन्छ भनेर मलाइ इन्टे«ष्ट छ । हाम्रोमा पनि चुनावको समयमा एकले अर्कोलाई सहकार्य गरेर जाने चाहिं हुन्छ तर पाटी नै मर्ज हुने भनेको एकदमै गाहे  हो । त्यही भएर त्यो हेर्न निक्कै इन्टे«ष्ट छु । अहिलेसम्म हाम्रो देशमा राजनीतिक दलहरु मर्ज भएका छैनन् ।