काठमाडौं, २९ पौष – शेयर बजार परिसूचक (नेप्से) आज १८.८१ अंकले बढेर २२८६.५४ विन्दुमा पुगेको छ।

बुधबार शेयरबजारमा ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँको किनबेच भएको छ भने १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर कारोबार भएको छ। आज सबै समुहको सूचक बढेको छ भने बैंकिङ समूहको सूचक ३.१५ र होटेल समूहको सूचक ५.३९ अंकले घटेको छ। 

बुधबार व्यापार, उत्पादन, विकास बैंक, हाइड्रोपावर, लघुवित्त, जीवन बिमा, निर्जीवन बिमा लगायतका समूहहरुको सूचक उकालो लागेको छ।