काठमाडौं, ३२ साउन – वरिष्ठ अभिनेत्री तथा नाट्यकर्मी सुभद्रा अधिकारीको ७३ बर्षको उमेरमा आज निधन भएको छ । स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

अन्त्येष्टी अघि अन्तिम श्रदाञ्जलीका लागि पर्यटन मन्त्री योगेश भट्टराई सहित दर्जानौ कलाकारहरु  आर्यघाट पुग्नु भएको थियो । 

काठमाडौंको असनमा वि.सं. २००३ सालमा जन्मिनुभएको अधिकारीको र्मत्यू शनिवार विहान ८ बजे आफ्नै निवास डल्लुमा भएको थियो । शुभद्राले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसूत्र’, ‘आमा’, ‘आमाको माया’,  ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।

बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटक उहाँले  अभिनय गर्नुभएको थियो । 

तस्विर - आशिष पौडेल