काठमाडौं, ३२ साउन– असार २७ गते शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहको भव्य तयारी भइरहेको थियो । नयाँ पुराना कलाकारले हल खचाखच भरिएको थियो । अनुभवी कलाकार अनी नयाँ कलाकारहरु एकसाथ भेटहुन पाउँदा दंग देखिन्थे । 

कलाकारको भिडमा देखिइन् वरिष्ठ कलाकार सुभद्रा अधिकारी । एक डेडबर्षदेखी बिरामी हुँदै निको हुदै आएकी अधिकारी ७३ बर्षको उमेरमा जोशिली देखिन्थीन् । राष्ट्रपति भवन शितल निवासमा कलाकार अधिकारीले यसबर्ष ‘दिर्घसेवा श्री पदक’ सम्मान पाएकी थिइन् । राष्ट्रले दिएको सम्मानले अझ धेरै कामगर्ने हौसला मिलेको बताउने अधिकारी मृत्युको एक महिना अघिसम्म पनि आफ्नो कर्ममा सकृय देखिन्थन् । शनिबार अधिकारीको अचानक मृत्युको खबर सुन्नुपर्दा स्तब्ध बनायो र उनीसँग गरिएको भलाकुसारी दिमागमा ताजै रहयो । राष्ट्रपति भवनमा एकमहिना अगाडी चक्रपथ डटकमको टिमले कार्यक्रम सकिएपछि खाने तरखर गर्दै गरेकी कलाकार अधिकारीसँग छोटो कुरानकानी गरेको थियो । उनको यो अनुभव प्रशारण गर्न नपाउँदै अधिकारीको निधन भएको छ । 

हामीले संवादको शुरुमै सोध्यौै, बिरामी भनेको सुनेका थियौ, अहिले तपाईको स्वास्थ्य कस्तो छ ? अहिले म बिरामी छु, अस्ति निमोनिया भयो । निमोनियाले १५ दिन टिचिङ्ग हस्पिटलमा बसेर आए । त्यसभन्दा अगाडी सिभिल हस्पिटलमा पनि बसे । अस्ति बिरामी हुँदाको होस् नै छैन पछि आइसियुमा एक हप्ता बसे अझै चिकित्सकले राख्ने कुरागर्नुभयो म चाहि मानिन् । तर अहिले ठिक छु । यत्रो सम्मान पाएको छु हौसला मिलेको छ । 

६७ बर्ष नेपाली चलचित्रमा काम गरेको बताउने सुभद्रा अधिकारी २००३ सालमा काठमाडौको असनमा जन्मिएकी थिइन् । २००९ सालदेखी कलाक्षेत्रमा प्रवेश गर्दा उनी ५ बर्षकी मात्रै थिइन् । पाँचबर्षको उमेरमै सरस्वती सदन क्याम्पसमा शास्त्रीय नृत्य गरेकी उनले ६ बर्षको हुँदा नेवारी नाटक ‘कचिमचा’ अर्थात काँचो माटोबाट आफनो अभिनय यात्रा शुरु गरेको बताईन् । 

कलाकारिताको पहिलो खुड्किलो रंगमञ्चबाट शुरुभएको उनले २०२८ सालमा ‘मनको बाँध’ चलचित्रमा अभियन गर्ने अवसर पाइन् । रोयल नेपाल फिल्म कर्पोरेशन त्यो बेलाको सरकारी चलचित्र संस्थान थियो । त्यसका अध्यक्ष थिए यादव खरेल । यादव खरेलकै नेतृत्वमा बनेको  चलचित्र ‘मनको बाँध’ त्यो बेलादेखी अहिले सम्म करिब साढे दुइसय जति चलचित्रमा अभियन गरेको उनले स्मरण सुनाइन् ।

कलाकारितामै ६७ बर्ष उमेर बिताएकी कलाकार अधिकारीले ७३ बर्षमा ‘दिर्घ सेवा श्री’ पदक पाउँदा मनमा निक्कै हौसला मिलेको सुनाइन् । उनले भनिन्,–‘काम गरेको, पसिना बगाएको, जुन दुख गर्यौ नी त्यसको फल पाइदो रहेछ भन्ने बिश्वास लाग्यो, खुसी लाग्यो । ढिलो भएपनि मूल्यांकन हुने रहेछ ।’ त्यसो त उनी अन्य कलाकारभन्दा आफुलाई भाग्यमानी कलाकार भएको संझिन्छिन्, यसअघिका राष्ट्रपति रामवरण यादव राष्ट्रपति भएको दुई महिनामै उहाँको हातबाट पनि कलाकार संघको तर्फबाट ‘दिर्घकालिन चलचित्र सम्मान’ पाएकी थिइन् उनले । यसबर्ष महिला राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट ‘दीर्घसेवा साधना श्री’ पाउनु मेरो जीवनकै सबैभन्दा ठुलो क्षण भएको उनले बताइन् । आफनो कामको मुल्यांकन ढिलो भएपनि हुने रहेछ भन्ने लाग्यो । जीवनमा यो जस्तो खुसीको क्षण अरु केही छैन । देशले कलाक्षेत्रले सम्मान गरेको छ, यसले चित्त बुझछ ।

चलचित्रमा धेरै दुख संघर्षका क्षणहरु सम्झिदै उनले भनिन्–‘चलचित्रमा काम गर्नुपर्दा दिनरात,–‘भोकतिर्खा केही पनि भन्न पाइदैन, आफनो काम गरिरहनै पर्छ । त्यस्ता दुख त कति प¥यो कति । सुटिङ्गका क्रममा धेरैजसो पारिवारिक दुख नै परिरहयो । आफनो परिवारमा जे जस्तो दुख परेपनि सुटिङ्ग गर्नुनै पर्ने हुन्थ्यो, म गइन् भने डाइरेक्टर प्रोडुयसरको धेरै क्षति हुन्थ्यो । मेरो सुटिङ्गकै क्रममा जेठानी बित्नुभयो, सासु बित्नुभयो, ससुरा बित्नुभयो यस्तो बेलामा पनि म सुटिङ्गमै थिए । मैले काममा बस्न भनेर पुरा समय नै पाइन, कहिले बीचमा आए कहिले छोडे्र हिड्नुपर्ने पनि भयो । 

पछिल्लो समय कलाकारिता क्षेत्रको विकासले सन्तुष्टि दिएको बताउदै उनले भनिन, ‘पहिलेको भन्दा अहिलेको कलाकारिता त धेरै राम्रो छ । हाम्रो जमानामा कति फरक थियो भने हामी गोरेटोमा हिन्थ्यौ, गोरेटो बाटो आफै बनाउनुपथ्र्यो । अहिलेको कलाकारहरु १० दिनको बाटोमा पँजेरो चढेर हिड्न सक्ने हुनुभएको छ । त्यो अन्तर त छ नी । हामीले नै बनाएका गोरेटोबाटोहरु पनि कति छन् कति ।’

हिजोआज कलाकारितामा लागेर राम्रो नाम दाम कमाएका छन । देशले कलाक्षेत्रले सम्मान गरेको छ । त्यो सबै देख्दा चित्त बुझछ । 

प्रस्तुती: आशिष पौडेल