राजविराज २९ फाल्गुन –अध्ययनका लागि डेरामा बस्दै आएका एक विद्यार्थी कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।  १५ दिनदेखि विद्यालय नगएका उनी आफ्नै डेरामा पासो लागेको अवस्थामा मृत फेला परेका हुन् ।

सदरमुकाम राजविराज स्थित ह्यापील्याण्ड सेकेन्ड्री स्कूलमा कक्षा ९ मा अध्ययनरत १८ वर्षिय गौतम यादव बुधवार आफ्नै डेरामा पंखाको फलामे रडमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन । 

 सप्तरीको तिरहुत गाउँपालिक–५ लोहजारा निवासी कुलानन्द यादवका १८ वर्षिय छोरा गौतम अध्ययनकै लागि राजविराज–३ स्थित चलितर साहको घरमा एउटा कोठा भाडामा लिई बस्दै आएका थिए । उनी १५ दिनदेखि विद्यालय न आएको विद्यालय श्रोतले जनाएको छ ।

घटना स्थलको प्रकृति हेर्दा आत्महत्या गरेको प्रष्टै बुझिएको छ, एक प्रहरी अधिकारीले भने, ‘थप अनुसन्धान भने भइरहेको छ ।’
डेरा नजिकै रहेको विद्यालय विगत १५ दिनदेखि उनी गएका थिएनन । बुधवार विहान उनी बस्ने कोठामा कुनै हलचल नदेखेपछि शंका लागेर प्रहरीलाई खबर गरेको घर धनी साहले बताए । 

प्रहरीले ढोका खोलेर हेर्दा गौतमको शव झुण्डिएको अवस्था फेला  परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले मुचुल्का उठाई गौतमको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पु¥याएको छ ।