काठमाडौं  २९ फागुन –सर्वोच्च अदालतका ६ न्यायाधीशले इजलास बस्न अस्वीकार गरेका छन् । प्रधानन्यायाधीश  गोपाल पराजुलीले साउनमा नै अवकास पाएकोले उनले काम गर्ने हैसियत नरहेको भन्दै मुद्दा हेर्न अस्वीकार गरेका हुन् । 
हिजो मात्र न्यायाधीश चालेन्द्रशम्शेर जबराले नै प्रधानन्यायाधीशको नागरिकताका आधारमा उनि पहिल्यै अवकाश हुनुपर्ने भन्दै उनले तोकेको इजलास नहेर्ने घोषणा गरेका थिए । आज अन्य ६ जनाले पनि तोकेको इजलाश नहेर्ने निर्णयले प्रधानन्यायाधीशमाथि नैतिक संकटमा थपिएको हो । तर, पराजुलीले नै मंगलबार दैनिक पेशी तोकेका थिए ।

मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका हुन् । कार्की र मल्लको इजलास ८, श्रेष्ठ र सिन्हाको ९ र खतिवडा र भट्टराईको इजलास नम्बर १० छ ।

सर्वोच्च प्रशासनले इजलास ८ र ९ को बेञ्च नबसेको जानकारी दिएको छ ।