काठमाडौं, २ माघ–नायिका स्वेता खड्काले आफनो विवाह भएको डेड महिनापछि विहेको पार्टी आयोजना गरेकी छन् । नायिका खड्काले मंसिर २२ गते विजयेन्द्र सिंह राउतसँग दोस्रो विवाह गरेकी थिइन। ३ दिन लगाएर स्वेता र विजयेन्द्रले काठमाण्डौको गोकर्ण रिसोर्टमा बिहे गरेका थिए । विहेमा चलचित्र क्षेत्रका कलाकारहरु खासै सहभागि थिएनन् । स्वेताले चलचित्रकर्मीका लागि बिहिबार काठमाण्डौमा पार्टीको आयोजना गरिन् । पार्टीमा करिश्मा मानन्धर, आचल शर्मा, पुजा शर्मा लगायत सहभागि थिए ।