काठमाडौँ, १८ असोज - नेपाल सम्मिलित पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज आजबाट सुरु हुँदैछ ।

ओमान क्रिकेटले आयोजना गरेको आइसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीका रुपमा रहेक सिरीज आजबाट ओमानमा सुरु हुँदैछ ।

उक्त  सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन दुई खेल हुने प्रतियोगितामा नेपालले भने आइतबार मात्र प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो दिन घरेलु टिम ओमान र हङकङबीच बिहान साढे नौ बजे प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल आयरल्याण्ड र नेदरल्याण्डबीच दिउँसो साढे एक बजे प्रतिस्पर्धा हुनेछ ।

नेपालले भने पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।