काठमाडौँ, १९ असोज - पाँच देशको टी-२० क्रिकेट श्रृंखलामा हङकङविरुद्ध नेपालले शानदार जीत हासिल गरेको छ ।

ओमानमा भएको पहिलो खेलमा नेपालले आइतबार हङकङलाई चार विकेटले पराजित गरेको हो । १२६ रनको लक्ष्य पछ्याएको नेपालका लागि विनोद भण्डारीले अर्धशतक प्रहार गर्दै जीत दिलाएका हुन् ।

हङकङका लागि नसरुल्ला राना र केल क्रिस्टेले समान दुई-दुई विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको थियो ।