काठमाडौँ, २० असोज - पाँच देशीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको छ ।

सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।