काठमाडौँ, ११ कार्तिक - इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १ सय ८९ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ ।

टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।