सविधान र कानुनमा महिलाप्रतिको व्यवहारमा परिर्वतन भएपनि वास्तविक जीवनमा त्यसको प्रयोग समान रुपमा हुननसक्दा महिला अधिकारकर्मीहरुले बिभिन्न समयमा नयाँ नयाँ अभ्यासको प्रयोग गर्ने गरेका छन् । यस्तै अभ्यासको अर्को उदाहरण हो पछिल्लो समयमा चर्चामा रहेको ‘पुरुषमात्र हुने मञ्च बहिष्कार गरौ’ भन्ने अभियान । महिला अधिकारकर्मी एव सीड् कमिटीका उपाध्यक्ष बन्दना राणाको अगुवाइमा भइरहेको उक्त अभियानलाई लिएर कतिले सकारात्मक पहल भनेका छन् भने कतिपयले असहमति पनि जनाइरहेका छन् । महिला हकहित र सहभागीताको सेरोफेरोमा रहेर अधिकारकर्मी बन्दना राणासँग चक्रपथ डटकमका लागि कविता अधिकारीले गरेको कुराकानी ।

‘पुरुषमात्र हुने मञ्च बहिष्कार गरौं’ भन्ने अभियानमा हुनुहुन्छ, प्रतिक्रिया कस्तो आइरहेको छ ?
खासमा यस्तो अभियान गर्न नपरे हुन्थ्योे भन्ने मनशायको मानिस हुँ म । जब राष्ट्रले कलम नकमाई, कदम नकमाई सवैधानिक र कानुनी रुपमा महिलालाई ३३ प्रतिशत हरेक निकायमा हुनुपर्छ भनेर प्रतिबद्धता जनाएको छ भने यो त स्वत स्र्फुत रुपमा आउनुपर्ने हो । तर दुईचारबर्ष हेरियो । महिलाकै बिषयमा कुरा हुने हो भने त त्यहाँ महिलाको सहभागिता देखिन्छ तर अरु बिषय बिज्ञान प्रविधि बाणिज्य कानुन, व्यापार, लगानीका बिषयमा महिला त मन्चमा शुन्य नै हुने गरेको देखियो । यस्तो लाग्छ कि महिलालाई त्यो बिषयसँग सरोकार नै छैन जस्तो । जब हामी लैंगिक समानताको कुरा गरिरहेका हुन्छौ भने हरेक बिषयमा महिलाको सरोकार हुनुप¥यो । महिलाको अनुभव फरक हुन सक्छ, महिलाको दृष्टिकोण फरक हुनसक्छ । प्यानल किन आयोजना गरिन्छ त ? हामीले सार्वजनिक रुपमा प्यानल आयोजना गर्ने भनेको त्यो बिषयका विज्ञहरुको कुरा सुनेर आवश्यक नीति नियम योजनाहरुमा त्यस्तो कुरा पुगोस् भन्नका लागि नै त हो ।

अनि विज्ञान, प्रविधि, बाणिज्य, व्यापार वा नीजि लगानीका क्षेत्रमा महिलाको आवाज नै सुनिएन भने त्यहाँ लैगिक दृष्टिकोण कसरी पुग्छ ? हामीले सोचेका थियौं यस्ता अभियान दुईचार बर्ष त गर्न पर्दैन होला तर हेर्दै जाँदा अवस्था निक्कै नै खट्किएको पाइयो । अस्ति भर्खरै लगानी सम्मेलन भयो । त्यति ठुलो अन्तराष्ट्रिय फोरममा महिलाको सहभागीता नै थिएन । त्यहाँ बोल्ने क्रममा पुरुषमात्रै देखिए । त्यो दृश्यले  असाध्यै पीडा वोध भयो । अनि फेरी अर्को किर्तिपुर महिला सम्मेलन भनिएको थियो, त्यहाँ पुरुष नै पुरुष बोल्न राखिएको थियो । पहिलादेखि नै यस्ता  गतिविधिहरु भइरहेकाले मनमा बिझिरहेको थियो । अब त अति नै भयो भन्ने लागेपछि हल्लै गर्नुपर्ने रहेछ भन्ने सोंच आएको हो । अधिकांश मानिसहरु यो अभियानदेखि सकारात्मक प्रतिकृया दिइरहेका छन् । धेरैले बुझन पनि खोज्नुभएको छ । अहिलेसम्म सार्वजनिक कार्यक्रमममा नै पुरुषलाई जोडिएर शिर्षक (टाइटलं) नै बनेको थिएनन् । हामीले टाइटल जोडेर बनाएपछि यो किन आयो भन्ने जिज्ञासाहरु बढिरहेका छन् । सकारात्मक कोणबाट बुझ्ने  अधिकांश छन् तर दुइचारवटा भुकम्प पनि गइरहेको छन् । 

लोकतान्त्रिक समाज निमार्णका लागि महिलाको सहभागीताको कुरा हिजोभन्दा आज परिर्वतन भएको छैन र ? अझैपनि अधिकारकर्मीहरु महिला अधिकारका कुरा गर्छन् के पुरुष नै हो त महिलाको वाधक ? महिला अधिकारका क्षेत्रमा के कस्ता चुनौती देख्नुहुन्छ ?
हैन, त्यो टाइटलको गलत बुझाई हो । हामीले भन्न खोजेको के हो भने पुरुषहरुमात्रै जुन मञ्चमा बस्छन् नी त्यो गर्न भएन भन्ने मात्रै हो । महिला छैनन् वा पाईएन भन्न पाईएन । पुरुषमात्र भएको मञ्च नहोस्, कुनै कार्यक्रममा जादै हुनुहुन्छ भने त्यहा महिला छन् की छैनन् भनेर सोधिदिनुस् परामर्श दिनुस्, सुझाब दिनुस् । पुरुष वाधक भन्न खोजिएको हुँदै होईन । ‘पुरुष मात्र हुने मञ्च इन्कार गरौ’ भन्न खोज्नु लैगिक समानतालाई प्रवर्दन गर्न खोजिएको मात्रै हो । हामी त्यसो गरेर मात्र  महिला सहभागीता बढाउन सक्छौ । महिला सहभागिताका सवालमा आजसम्म हामीले प्रतिबद्धता त जनायौं । सवैधानिक रुपमा वा कानुनी रुपमा व्यवस्था भएपनि त्यसको कार्यान्वयन एकदमै फितलो भयो । संविधान र कानून अनुशारको संयन्त्र कही छन्, कही छैनन् । संयन्त्र नभएको ठाउँमा बनाउन पर्यो । भएका ठाउँमापनि त्यस किसिमको सवेदनशीलता र ज्ञान नै छैन । अर्को अनुगमन संयन्त्र बलियो हुनु पर्यो र अनुगमन नियमित रुपमा हुनुपर्यो । किनभने एकातिर नियम छ कानुन छ भन्यो तर आर्थिक रुपमा शशक्त भएन भनेपनि समस्या हुन्छ । तुलनात्मक रुपमा महिला सहभागिताको सवालमा हामी पहिला भन्दा चाँहि अगाडी नै छौ । 

‘पुरुषमात्र हुने मञ्च नै बहिष्कार गरौं’ भन्नुभएको छ । मञ्चमा बसेर आफनो विचार राम्रोसँग राख्न नसक्ने थपना महिला राख्नुभन्दा महिलाका राम्रा पक्षमा निर्णय गर्नसक्ने पुरुष मञ्चमा बस्नु राम्रो हैन र ?
यसमा कतिपयको बुझाईमा फरक भेटिएको छ । महिलाले हरेक सार्वजनिक प्यानल नै बहिष्कार गरेर हिड्दििने हो की ? भन्ने बुझाइपनि छ । कसैकसैले यस्तो पनि हुन्छ ? शिक्षित  र गुणवान  मानिस पुरुष  बसेपनि त  हुन्छ नीे, त्यही दृष्टिकोणले बोले भइहाल्यो नी ? भन्ने पनि छन् । कतिलाई महिलाले बोल्नै सक्दैनन् क्वालिटि नै छैन भन्ने भ्रम छ । तर म भन्छु, महिलाहरु छन् । के चाँहि नहुन सक्छ भने पहिचान नभइरहेको अवस्थामा पुरुष सरह बोल्न नसक्लान् । एकदमै एकेडेमीक शिक्षित पिएचडी हासिल गरेका महिला नहोलान् । जब हामी बर्षौसम्म पुरुषलाईमात्र बोलाइरहेका छौ, पुरुषमात्र खोजिरहेका छौ, जस्तो भएपनि पुरुषले बोलेपछि हुन्छ भन्छौ भने सहभागिता कहाँ बढ्छ ? हरेक क्षेत्रमा महिला पाईन्छन् । अहिलेसम्म बोलेका प्यानलमा बोल्ने पुरुषहरु के सर्बैको क्षमता भएरै प्यानलमा बसेका छन त ? कति पुरुषहरुलाई त मैले देखेको छु पछाडीको बोर्डमा के लेखेको छ थाहा पनि हुँदैन बोड हेर्दै, ए फलानो कार्यक्रम भनेर बोलेको हुन्छ भनेपछि त्यो व्यक्तिले के बोल्यो होला ? सोंचमा बदलाव नभए  त्यसलाई आत्मसात गर्न सकिन्न ।

आफुलाइ शिक्षित पनि भन्ने समानतामा बिश्वास गर्छु पनि भन्ने तर, कार्यन्वयन नगर्ने यस्तो हुन सक्दैन । महिला हुर्किएको पनि यहि समाज यही संस्कारमा हो नी । विस्तारै सिक्दैंजान्छन् सहभागिता गराउँदै जानु पर्यो । पुरुष खोज्न सजिलो भएर पनि यो व्यवहारमा सजिलो भएको हो । पुरुषले बोल्छ भन्ने ढुक्क हुने । यो देख्दा देख्दा त हामीलाई यो गलत हो भन्ने बिझनै छोडीसक्यो । चेतना फैलाउनका लागि शिक्षित विज्ञता हासिल गरेको अनुभवि व्यक्ति हो भने पक्कै मैले सोच्चछु की फरक बिचारको महिलाहरु पनि राख्न पर्छ भनेर । त्यो सोच नै विकसित भएन त्यसले गर्दा यसलाई अलिक बढि हल्लै गरेर अभियानका रुपमा अगाडि बढाउन खोजिएको हो ।

नेपालमा एनजिओ आइएनजीकोको मातहतबाट अहिलेसम्म महिलाका लागि धेरै कार्यक्रमहरु आएका छन्, यसले महिलाकोे जीवनस्तरमा चाँहि कस्तो खालको परिर्वतन आएको देख्नु हुन्छ  ?
हामीले शुरुवात गर्दा महिलाको आवाजहरु नै आउदैनथ्यो ।  हेर्नुस्त, हामी नै अहिले कति बोल्न सक्क्ने भइसक्यौ । म नै घरेलु हिंसाको कुरा, महिला हिंसाको कुरा यसरी बोल्न सक्थे र ? मेरो कुरा छोड्दीनुस् ।  गाउँ गाउँका महिलाहरु पनि अहिले बोल्न सक्ने भइसकेका छन् । हामीहरु अहिले संगठित हुन थालेका छौ । पहिला हामी एक्ला एक्लै बोल्थ्यौ । अहिले  संगठित भएर मिलेर कामगर्न सिकेका छौं । कतिपय कुरा द्धन्दले पनि सिकाएको छ । हिंसाको कुराहरु वा धेरै कुराहरुमा अहिले मौनता तोडिएको छ । हाडनाता करणीका कुरा पहिला आउदैनथ्यो । अर्को पहिला पहिला पुरुषहरु महिलाको कुरा भनेपछि बोल्दै बोल्दैन थिए । अहिले महिलाका मुद्धामा पुरुषहरु पनि बोल्न थाल्नुभएको छ । अहिले मौनता तोडिएको छ । परिर्वतन भनेको नै सबैखाले हिंसा बोल्ने संघसंस्थाहरु बढेका  छन् तर त्यतिले मात्रै चित्त बुझने अवस्था चाँहि छैन । यसरी महिलाहरु नबोलेका भए आजमहिला राष्ट्रपति यति छिटो यो देशमा हुनेथियो ? सबैभन्दा ठुलो उपलब्धी त राष्ट्रको अध्यक्षमा विद्याभण्डारी हुनुहुन्छ । उहाँ राष्ट्रपतिमा चयन हुनुहुँदा यस्तो खुसी लाग्यो । किन खुसी लाग्यो भन्दा खेरी मैले उहाँलाइ चिन्छु भनेर हैन ।

हामीले यत्रो ३० बर्षसम्म अधिकारकर्मी भएर काम गर्यौं ।  मैले सोंचेको थिएन कि मेरो जीवनकालमा नेपालको राष्ट्रपति महिला देख्न पाउँछु भनेर । तर मेरै जीवनकालमा मैले महिला राष्ट्रपति देख्न पांए । त्यो हाम्रो परिकल्पना भन्दा बाहिरको कुरा थियो । जब विद्याभण्डारी राष्ट्रपति हुनुभयो भन्ने सुनेको दिन म यति व्यस्त थिए तर पनि त्यो ऐतिहासिक दिन हो । त्यसदिन मैले आज नै विद्याभण्डारीलाई छुनैपर्छ भन्ने अडनका साथ मैले उहाँलाई बेलुकी निवासमा भेट । किनभने मेरो लागि त्यो ठुलो उपलब्धी थियो । त्यो उपलब्धी मैले प्रत्यक्ष रुपमा देख्न पाए । मैले राष्ट्रपतिलाई त्यो भिडमा गएर छोएर मात्रै हैन अ्रंगाँलो नै हाले त्यतिबेला आँखाबाट आँसु नै आयो । त्यो मेरा लागि ठुलो उपलब्धी थियो । तीसबर्षको प्रतिफल त यो हो नी भनेको जस्तो लाग्यो । त्यसपछि त झन सभामुख , प्रधानन्यायधिश महिला हुनुभयो । म त कामको सिलसिलामा विश्व भर हिडिरहनुपर्ने धेरै अन्तराष्ट्रिय स्तरमा नेपालको यो उपलब्धी भन्न पाउँदा निक्कै खुसी लाग्छ । तर त्यही अनुसारले अझै्र अगाडी जानुपर्ने हो त्यो अझै हुुन सकिरहेको छैन । म  विश्वमा गएर माथिल्लो निकायमा तीनजना महिलाको सहभागिता छ भन्न पाउँदा कति गौरबको कुरा हो भन्नुस् त ? 

महिलाका मुद्दा उठाउदै कार्यक्रम बनाइरहंदा तपाईहरुमाथी पनि आरोप लाग्ने गरेको छ । विदेशी पैसाको बलमा एनजिओ आइएनजिओ खोलेर कमाउँ धन्दाका लागि नयाँ नयाँ मुद्धा उठाइन्छ् र आर्थिक लाभका लागि अभियान चल्छन । संस्थाहरुले डलर कमाउछन् तर दुर दराजमा यस्ता अभियानै पुग्दैनन् भन्ने पनि छन यसलाई कसरी लिनुहुन्छ ?
जसले डलर कमाउनका लागि यस्ता योजना ल्यायो भन्छ, उसले मेरो ब्याकग्राउन्ड हेर्न प¥यो । म ३३ बर्षदेखि निरन्तर अधिकारकर्मीका रुपमा काम गरिरहेको छु । तपाई भन्नुहुन्छ विदेशबाट डलर ल्याउने, म त नेपालका अनुभबहरुलाई बिश्वमा लगेर चिनाउन खोजिरहेको छु । विश्वको नियम कानुनमा पनि त्यसको प्रभाव पार्न खोजिरहेको छु । अहिले त झन् महिलामाथि हुने सबैखाले भेदभावमाथिको सिड् कमिटीको म उपाध्यक्ष हुुँ ।  उपाध्यक्षको पदमा पनि मैले महिला हक अधिकारमा नेपालको अनुभवलाई साट्न पाइरहेको छु । अहिले आएर यो पदमा हुँदा पनि यो सानो अभियान गरेर एउटा प्रपोजल र प्रोजेक्ट चाहिन्छ होला ? त्यो पनि त एउटा अनुमान गर्न परयो नी ? म भर्खर शुरु गर्न लागेको एनजिओ भए पो मैले चिनाउन पर्ने । हल्ला गरेर राम्रो काम गरेर चिनाउ भन्ने हुन्थ्यो होला । यो ठुलो कुरा हैन । हाँसो लाग्ने कुरा के छ भने, यहाँ डलरका डलर बाहिरबाट आउने पैसाहरु खुरु खुरु हल्लै नगरि पकेट तिर जान्छन् त्यसको कुनै पनि मिडियाले खोजीनीति गर्दैनन्। त्यो पकेटमा गइरहेकोछ । के हो ? को हो ?  के काम गर्छ ? केही पनि थाहा छैन । कामको मूल्याङन पनि छैन । त्यसको कसैलाई खोजी वास्ता पनि छैन ।

यो भनेको स्वत स्फृत रुपमा हल्ला नगरि नहुने रहेछ भनेर जाबो सानो क्याम्पेयिनमात्रै गरेको हो । महिला छन की छैनन् ड्यासमा बस्ने छन् भने ठिक, हैन भने हुँदैन भनिदिनुमात्रै त भनिएको हो नी । त्यसको लागि के को डलर, केको अन्तराष्ट्रिय सर्मथन । यसमा कुनै विदेशी पैसा आएको हैन । त्यो दिन चाँहि हामीले सामान्य दाल भात ख्वायौ । यो ३३ प्रतिशत महिलालाई हरेक निकायमा पुरयाउने एउटा सुँचकांकमात्रै हो । यसमा प्रपोजल तयार गरेर ल्याएको कार्यक्रम हैन । 

अहिले विश्वमा महिलाहरुको स्थिती कस्तो छ ? नेपालको अवस्था के छ , महिलाका मुद्दा समान छन् की फरक छन् ?
म अहिले सिड्मा भएको यो तेस्रो बर्ष हो । दुई बर्षको बीचमा मैले ६० वटा भन्दा बढि राष्ट्रको भ्रमण गरिसके । त्यहाँका सदस्यहरुलाई  भेटेर प्रत्यक्ष रुपमा उनीहरुको देशमा महिलाको अवस्थामा भएको विभेद, प्रगती, चुनौती कमी कमजोरीहरु एकदमै सुक्ष्म तरिकाले अध्ययन गर्ने मौका पाएको छु । त्यो अध्ययन गर्दा सवैभन्दा पहिला त म नेपाली भएर गर्व गर्ने अधिकांश क्षणहरु नै आउँदो रहेछ किनभने त्यहाँ गएपछि थाहा भयो की हामीले त कतिपय देशहरुभन्दा अगाडी नै महिलाका मुद्धामा धेरै काम गरिसकेका रहेछौ । परिर्वतनका सवालमा एसियामा हामी अग्रपंतीमा नै छौ । महिलाको राजनीतिक सहभागिता नीति नियम कानुन, यौनिक अल्पसंख्यकको कुरामा हामी विकाशोन्मुख राष्ट्रभन्दा पनि अगाडी छौ । गर्भपतन, यौन शिक्षा , प्रजनन स्वास्थ्य अधिकारका कुराहरु हेर्दा कतिपय ठाँउमा त मानवअधिकार आयोग, महिला आयोग पनि छैनन यो देख्दा चाँहि नेपालमा त ठुलै उपलब्धी भएको रहेछ  भन्ने पनि लाग्छ । यो त हामीले कराएर नै भएको हो नी । जुन कुरा यो केही हैन जस्तो लाग्थ्यो तर त्यहा गएपछि धेरै काम भएको रहेछ भन्ने हुन्छ । महिलाको सहभागितामा नेपाल नम्बर वानमा नै पर्छ । रुवान्डामा अझ बढि छ । सानो राष्ट्र भएपनि हामीले विश्वमा हामी एउटा मानवअधिकार, लैगिक समानता र लोकतान्त्रिक अध्यासमा विश्वास गर्ने राष्ट्र भनेर अगाडि बढिडरहेका छौ । तर कतिपय मुद्धाहरु महिलाका समान छन् । अफ्रिकन देशहरुमा धेरै समस्या छ । नाइजेरिया, घानामा परम्परागत हिंसाहरु धेरै छन । विश्वभरी नै अचम्म लाग्दा महिलाका मुद्दाहरु छन् । मलेशियामा अझैपनि महिलाको गुप्तांङ्ग काट्ने कुरालाई अझै विश्वास गर्छ । मलेशिया त विकशित राष्ट हो नी ? नेपालमा पनि यौन हिंसा, घरेलु हिंसा, दण्डहीनता अझै छन् । यौंन हिंसाको बारेमा बोल्न पर्यो । महिलाहरुलाई बोल्नलाई शसक्त बनाउन प¥यो । महिलाको आर्थिक शशक्तिकरणपनि एकदमै महत्वपूर्ण छ ।

अभियानको प्रभावकारीता कस्तो होला कार्यान्वयनमा आउछ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
अहिले हामीले एक साताभयो यो क्याम्पियन गरेको, यो साताभित्रै धेरै परिर्वतन आइसकेको छ । हामीले यो अभियान ल्याएपछि सिइओको प्यानलमा महिला सहभागि भए, काँग्रेसले आफनो परिपत्र नै परिर्वतन गर्यो । बोर्डहरुमा महिलाको सहभागिता बढ्न थालिसकेको छ । यो कार्यान्वयनमा नआउला भन्ने त सोचेकै छैन । कार्यक्रममा मुख्य अतिथीका रुपमा जादै हुनुहुन्छ भने महिला छन की छैनन सोध्न प¥यो । छैनन भने राखिदिनुस् भन्ने यति भन्दा भन्दै पनि आयोजकले हामी महिला राख्न सक्दैनौ भन्यो भने विनम्रता पुर्वक सरी हजुर , म यो कार्यक्रममा सहभागी हुन सक्तिन भनेर अलिक अग्रज पुरुषहरुले बिस्तारै भन्दै जानुभयो भने परिर्वतन त आफै आउँछ नी ।  

नेपालबाट तपाईको सहभागितालाई लिएर अन्तराष्ट्रिय जगतले चाँहि कसरी बुझेको छ ?
नेपाल सानो राष्ट्र अनि साडी लगाएको देख्दा यसले अंग्रेजी बोल्न जान्दैनकी भनेर बिस्तारै बोल्न आउछन् । म अंग्रेजी मै पढिराखेको बोलिराखेको भएकोले म सँग भेट भइसकेपछि चाँहि ए नेपाल भनेको राम्रै विकसित राष्ट्र नै होला भन्छन्, अनि म नेपालमै पढेको , नेपालमै बसेको भन्छु उनीहरुलाई । विश्वमा नेपाल अग्रमुखी समाज रहेछ भन्ने छाप छ । त्यो छाप दिनका लागि पनि म साडी लगाएर अंग्रेजी बोल्छु ।