सर्लाही, १ वैशाख – सर्लाहीको लालबन्दीमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जनाको मृत्यू भएको छ भने २९ जना घाईते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित सडक खण्डमा बा.३ ख १३१८ नम्बरको बस अाइतवार पल्टेर दुर्घटना हुँदा सुनसरीको रामधुनी नगरपालिका ९ का ४० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै दुहबी नगरपालिका बस्ने २३ वर्षीय अनिल उराव र मोरङको बूढीगंगा गाउँपालिका ६ बस्ने २२ वर्षीय बबली राउतकाे मृत्यु भएकाे छ । रु उनीहरुको लालबन्दीस्थित सिटी केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये चार जनालाई विराटनगर र बाँकीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरु बस रिजर्भ गरेर जाने क्रममा दुर्घटनामा परेको वताएएकाे छ ।