काठमाडौँ, १ फागुन -नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको सवारी दुर्घटनामा मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-२, चाम्बासमा बुधबार साँझ बसले ठक्कर दिँदा स्कुटरमा सवार उनीहरूको मृत्यु भएको हो ।

लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा महिमा सिलवालको घटनास्थलमा नै मृत्यु भएको र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो  ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले 'कारवाही' चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले 'अप्रिल फुल', 'चियर्स', 'दानव', 'जिग्लो'लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।