एजेन्सी,२६ वैशाख– बलिउड अभिनेत्री सोनम कपुर र फेसन व्यवायी आन्द आहुजाबीच विवाह सम्पन्न भएको छ । लामो समयदेखी प्रेमसम्वन्धमा रहेका सोनम कपुर र आनन्द आहुजाले एक भव्य समारोहकाबीच विवाह गरेका हुन् । 

उनीहरुले सोनमकी काकी कविता सिंहको बान्द्रास्थित पुस्तैनी भवनमा पञ्जावी रीतिरिवाज अनुसार विवाह गरेका हुन् । सोनमको विवाहमा बलिउडका चर्चित कलाकारहरुको पनि सहभागिता थियो । 

विवाहमा नायिका करिश्मा कपुर, करिना कपुर,शैफ अली खान,अभिताव बच्चन, अभिशेक बच्चन, रणवीर सिंह, अर्जुन कपुर, ज्याकलिन फर्नान्डिज, रानी मुखर्जी स्वरा भास्कर लगायतको बाक्लो उपस्थिती रहेको थियो । 

हिन्दी चलचित्र साँवरियाबाट फिल्ममा डेब्यु गरेकी सोनम नायक अनिल कपुरकी जेठी छोरी हुन् ।