२०७५ साल माघ महिनाको ११, १२ र १३ गते चितवनमा भएको तेश्रो कृषि मेलाको अवलोकनका लागि नेपाल बहुृउद्देश्यीय सहकारी संस्था (एनएमसी कोअप) बाट म, एनएमसी सञ्चालक तथा कृषि समिति संयोजक केशव प्रसाद पोखरेल, सञ्चालक नारायण प्रसाद कोइराला र वहाँको १० वर्षिय नाती सक्षम, कृषि परियोजनाका प्रोजेक्ट अफिसर मन्जिल देवान र सहयोगी एवं चालक सुदास गोलेसहितको टोलीले ११ गते दिउँसो १२ बजे काकरभिट्टाबाट यात्रा शुरु ग¥यौं । पहिलो दिन चितवन बास बस्न पुग्ने भएकाले विहानको समय सदुपयोग गर्न ढिलो गरि यात्रा शुरु गरिएको थियो ।

हाम्रो यात्राको मुख्य उद्देश्य एनएमसीले सञ्चालनमा ल्याउन लागेको नमुना कृषि परियोजनामा गर्न सकिने कृषि व्यवसाय र त्यसमा प्रयोग हुने आधुनिक विधि प्रविधिको बारेमा सकेसम्म धेरै जानकारी लिनु थियो । बिशेष गरि कृषिमा प्रयोग भईरहेका आधुनिक औजार उपकरण, प्रविधि आदिका बारेमा अध्ययन अवलोकन गर्ने उद्देश्य राखेर त्यहाँ गएका थियौं । यो मेलामा नेपाल र भारतमा बिशेष गरेर कृषिको क्षेत्रमा काम गरिरहेका कम्पनीले आफ्ना उत्पादन र सेवाको स्टल राखेका थिए ।

यस प्रकारको मेलाको अवलोकनले एउटै छाना मुनि धेरै उत्पादन र सेवाको जानकारी थोरै समयमा लिन सकिन्छ । मैले सन् २०१४ मा भारतको नोयडामा भएको उड एक्सपोमा भाग लिएको थिएँ । यहाँ काठका फर्निचरका मेशिन औजार, उपकरण, प्रविधिको बारेमा बिशेष गरि भारत र चीनमा भएको विकास र प्रयोगको राम्ररी जानकारी लिन सकिन्थ्यो । मैले यसबाट फाइदा भएको महशुस गरेको छु । पछि केही मेशिन खरिद पनि गरें । यसले मैले गर्दै गरेको फर्निचर व्यवसायको स्तर उन्नति हुनमा मद्दत पुगेको छ । त्यसै गरि मैले सन् २०१७ मा चीनको क्यान्टोन फियरमा भाग लिएको थिएँ । यस्ता विषयगत मेलाबाट धेरै कुराको जानकारी लिन मद्दत पुग्छ । 

खोजेका धेरै कुरा एउटै छानामुनी पाइने भएकाले सबैको प्रविधि, मुल्य, सेवा, बस्तु हेर्न र बुझ्न सकिन्छ । चाहिएको र खोजेको त पाइन्छ नै साथै कतिपय नयाँनयाँ विषय, बस्तु र प्रविधिको पनि जानकारी पाइन्छ । यस्ता मेला साच्चैको व्यपार, उद्योग एवं व्यवसायका लागि उपयोगि हुन्छन् । काठमाण्डौको भृकुटि मण्डपमा यस्ता मेला लाग्ने गर्छंन् । सबै मेला सबैका लागि आवश्यक हुदैनन् । जसलाई आवश्यक हुन्छ उनीहरुले यस्ता मेलाबाट प्रसस्त फाइदा लिन सकिन्छ । उत्पादक र सेवा प्रदायक कम्पनिले ग्राहक भेट्टाउछन् र ग्राहकले खोजेको रोजेको बस्तु, सेवा र तिनका उत्पादक एवं सेवा प्रदायक निकाय तथा कम्पनिहरु ।

भरतपुर चितवनमा मेला स्थल नजिकै कृषि विकास बैंकको गेष्ट हाउसमा रातको बासको व्यवस्था भएकाले राती बास कहाँ हुने हो भन्ने चिन्ता थिएन । त्यसैले जतिखेर पुगे पनि हुने अवस्था थियो । सानो नाती सक्षम भएकाले यात्रा थप रमाईलो भएको थियो । समाजमा हामी परिचित नानीहरुलाई जिस्क्याउने गर्छौ,ं हामीले पनि त्यसै गर्दै गयौं । उसले हरेक कुरामा जिज्ञासा राख्ने हुनाले कहिले साच्चै र कहिले उटपट्याङ जवाफ दिएर रमाईलो गथ्र्यौं । मेरो मनमा कताकता नानीहरुलाई उटपट्याङ जवाफ दिनु राम्रो होइन भन्ने लागि रहेको हुन्थ्यो र तुरुन्तै सच्चाएर यथार्थ जवाफ दिएर उसको कौतुहल शान्त पाथ्र्यौैं ।

१२ गते मेलाको अवलोकन गरियो । मेला उपयोगी लाग्यो । मेलामा कृषिमा कस्ता प्रविधिको विकास भएको छ ? के के सम्म गर्न सकिन्छ ? आफ्नो अनुकुलताका सेवा, औजार, उपकरण, प्रविधि आदिको बारेमा जानकारी लिने काम ग¥यौं । यसले नेपालमा कृषिको व्यवसायिकिकरण र आधुनिकिकरणको संकेत गरिरहेको जस्तो लाग्यो । अबको कृषि पेसा ज्ञान र प्रविधि बिनाको कृषि हुनै सक्दैन । तर हामीले गरिरहेको कृषिमा ज्ञान र प्रविधिको अति न्युनरुपमा मात्रै प्रयोग हुन सकेको छ । कुखुरा पालनमा आधुनिक विधि प्रविधिको प्रयोग भएकाले यो क्षेत्र आत्मनिर्भर छ । उत्पादन पनि खासै महङ्गो छैन । त्यसैले आज नेपालमा धेरैले कुखुराको मासु र अण्डामा सहजै पहुँच राख्न सक्ने अवस्था छ । मेलामा पोल्ट्रिका विषयमा धेरै स्टल थिए । यो हाम्रो विषय नपरेकाले यसमा हामीले खासै ध्यान दिएका थिएनौं । 

तरकारी र माछा उत्पादनमा विगतकोभन्दा केही राम्रो अवस्था छ । तर पनि पुग्ने गरि उत्पादन हुन सकेको छैन । फलपूmलमा हामी निकै पछाडि छौं । मासु हामीलाई चाहिए जति देशमा उत्पादन छैन । डेरीका उत्पादन अहिले पनि बिदेशबाट आइरहेका छन् तर दुधमा देश आत्मनिर्भरतिर लम्केको छ । अब कृषिमा आधारित उद्योगको विकास गर्न सकेमात्र कृषिको उत्पादनले सजिलै बजार पाउने अवस्था छ ।

मेलाको अवलोकन १२ गतेको ३ बजेसम्ममा लगभग सकिएको कारण रातीको बास बस्न जनकपुर पुग्ने निर्णय हठात ग¥यौं । जनकपुरमा बासबस्न पुग्दा बाटो पनि छोटिने, जनकपुरको दर्शन हुने र शहीदनगर नगरपालिकाको नन्नुपट्टीमा रहेको कनैया महतोको माछा फर्मको अवलोकन गर्न सकिने भएकाले यो निर्णय गरियो । यो माछा फर्ममा माछाका भुरा उत्पादन गर्ने र देशका विभिन्न भागमा बिक्रि वितरण गरिने काम गरिदो रहेछ । हाम्रो टोलीमा रहेका मन्जिल देवानले यो जानकारी दिएर बास बस्न नै महतो जीकामा पुग्न उचित हुने सल्लाहा दिएका थिए । तर रातमा पाहुना लागेर दुखः दिन मन लागेन र जनकपुरकै बास रोज्यौं । 

विहान जानकी मन्दिर, राम मन्दिर, पोखरी–तलाउ र निर्माण सम्पन्न हुन लागेको रेल्वे स्टेसनको अवलोकन ग¥यौं । म निकै वर्ष पछि जनकपुर पुगेको थिएँ । यात्रामा रहेका नारायण कोइरालालाई जनकपुरको बारेमा हामीभन्दा धेरै नै जानकारी भएकाले पनि सजिलो भयो । वहाँ जनकपुर चुरोट कारखानाको कर्मचारी हुँदाको फाइदा थियो यो ।

जनकपुर फेरिदै गरेको अनुभुति हामी सबैले ग¥यौं । बजारभित्रका बाटाहरु फराकिला पारिदै गरेको देखियो । बजार, पोखरी विगतमा जस्तो दुर्गन्धित र फोहर थिएनन् । बन्दै गरेको आधुनिक रेल्वे स्टेशनले जनकपुरको शान बढाएको अनुभुति भयो । भेटिएका र कामले जोडिएका मानिसको बोलिचालि, व्यवहार पर्यटक मैत्रि नै थियो । कतै नराम्रो सुन्नु परेन, ठगिएको महशुस भएन । जनकपुरको सबैभन्दा महत्वको विषय जानकी मन्दिर हो, राम मन्दिर हो । यो सम्पदाको सदुपयोग गर्न सक्दा यहाँको समृद्धि टाडा छैन । यहाँ मानिस आस्थाका हिसावले आउछन् ।

पर्यटकले खर्च गर्ने पैसा यहाँको मुख्य आम्दानि बनाउन सकिन्छ । यसका लागि सफा र सुन्दर शहर, शहरका सबै संरचनाको सुन्दरता, मानिसको राम्रो र पारदर्शी व्यवहार पर्यटक लोभ्याउने विषय हुन् । यी विषयमा जनकपुरले जति सुधार गर्न सक्छ, ध्यान दिन सक्छ जनकपुरको मात्रै होइन धेरैको समृद्धि नजिकिन्छ । यो पटकको भ्रमणमा जनकपुरले राम्रो संकेत दिएको छ । मनको कुनै कुनामा मधेश आन्दोलनले जन्माएको संशय नभएको होइन तर त्यसको भनक कतै महशुस गर्नु परेन ।

विहान नौ बजेतिर हामी कनैया जिको नन्नुपट्टिमा रहेको माछा फार्मको अवलोकन गर्न लाग्यौं । यो फर्म कनैया जिका बुबा बैयालाल महतोले शुरु गर्नुभएको रहेछ । अहिले वहाँका दुबै छोराले यो व्यवसायलाई निरन्तरता दिएको मात्रै होइन बिस्तार समेत गरका रहेछन् । व्यवसायी कनैया जी राजनीतिक नेता पनि हुनुहुदो रहेछ । वहाँ यहाको नगरपालिकाको वडा अध्यक्षको जिम्वेवारी पनि समालिरहनु भएको रहेछ । युवा अवस्थाका कनैया जीले आफ्नो माछा फर्मको बारेमा हामीलाई छोटो समयमा धेरै जानकारी दिनु भयो । माछाका भुरा उत्पादनको सिजन शुरु हुन लागेको रहेछ । त्यसैको तयारी गरिदै रहेछ । हाम्रा लागि यो सबै नयाँ र नौलो विषय थियो । 

एनएमसीको नमुना कृषि परियोजनामा सुन्दरताका लागि एउटा माछा पोखरी बनाउने, हाँस पाल्ने परिकल्पना भएकाले त्यसको बारेमा उनको सल्लाह सुझाव हाम्रा लागि उपयोगी हुने भएकाले हामी त्यहाँ पुगेका थियौं । कनैया जी झापाको धुलाबारीमा बसेर यहाँको आसपासका पोखरी भाडामा लिएर माछा पालन गरेकाले उनका लागि हामी टाडामा मानिस थिएनौं । अभैm उनका छोराछोरी यही धुलाबारीको स्कुलमा पढी रहेकाले हामी अभैm नजिकका भयौं । हामीले पुग्ने वित्तिकै चियाको स्वागत पाएका थियौं । 

करिव एक घण्टाको छलफलपछि हिंडने सुरसार गरेर विदा माग्दा त खाना नखाई जान पाइदैन, खाना पाक्दैछ भनेर कर गरे पछि हामी रोकिन बाध्य भयौं । केही समय पछि नै श्रीमती कनैया जीले बढो आत्मियताका साथ माछा भात खुवाउनु भयो । पर्खनु परेको समयमा कनैया जीका बुबा बैयालालसँग भलाकुसारी गर्न भ्यायौं । वहाँको अनुभवले हामीलाई रमाईलो बनायो । छोराहरुको कामबाट सन्तुष्ट त हुनुहुन्थ्यो तर यिनीहरुले यतिमात्रै गरेर पुग्दैन । यति त मैले नै गरेको थिएँ नि भनेर छोराहरुलाई अभैm धेरै गर्न हौस्याउनु भएको थियो ।

मिथिला संस्कृति अनुसारकै सत्कार र खाना पछि हामी विदा भयौं । गाउँको बाटो हुदै राजमार्ग हानिदा बाटामा देखेको दृष्यले हामी सबैलाई अभैm उत्साहित बनायो । बाटाहरुको निर्माण तिब्र गतिमा हुदै थियो । यस्तो लाग्यो अब देश विकासको काम तिब्र गतिमा हुदैछ । यो यात्रामा जताततै विकास निर्माणको काम देखियो । कुन शहर कुन गाउँ ठुलाठुला सडक निर्माणका उपकरण प्रयोग गरेको पाईयो । शहरका बाटा फराकिला हुदैछन् । गाउँमा पुल कल्भट र सडक विस्तार हुदैछन् । यो दृष्यले हामीलाई निकै खुसी र उत्साहित बनाएको छ । अब गाउँ उत्पादनसँग जोडिएर शहरको आवश्यकताका कृषि उपज पठाएर गाउँमा शहरको पैसा ल्याउनु पर्छ र समृद्धिको रेखा कोर्नु पर्छ । अहिलेसम्म गाउँले युृवा निर्यात गरेर भित्र्याएको रेमिटले शहरका पसलमा चहलपहल बढाएको छ । यो मोडलको विकासले गाउँको हित गर्दैन ।