के एल मोबाइल हबले सञ्चाल नगरेको मोबाइल मेला बुधबारदेखि सकिएको छ । मोबाइलका पारखीलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्य सहित हबले फागुन १ गतेदेखि मोबाइल मेला आयोजना गरेको थियो । मेला सकिएपनि २ वटा अफरहरुलाई भने मोबाइल हबले निरन्तरता दिएको छ ।

मोबाइल मेलाले अपेक्षा अनुसार सफलता पाएको मोबाइल हबले बताएको छ । मेलामा देखिएको सेवाग्राहीको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । उनका अनुसार मोबाइल मेला सकिएपनि केही समयसम्म एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफर सञ्चालन भैरहने छ ।

त्यसै गरी मोबाइल एक्सचेञ्ज अफरलाई पनि केही समयका लागि निरन्तरता दिइएको ग्लाइडरले बताए । ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भए पनि मुल्यांकन गराएर नयाँ मोबाइल खरिद गर्न सक्नेछन् ।फागुन १६ गत ेसम्म चल्ने भनिएको मेला सेवाग्राहीको चापका कारण एक साता पछिसम्म सञ्चालनगरिएको थियो । 

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् । अधिकांस ब्राण्डले मोबाइल हबमा नै टच एन्ड फिल काउन्टर समेत सञ्चालन गरिरहेका छन् । मोबाइल हबमा ६० मिनेट फेस टु फेस मोबाइलमर्मत सेवा पनि उपलब्ध छ ।