नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निमार्ण भएको एक बर्ष पुगेको छ । पार्टी एकिकरणको समय सिमाको हिसावले एक बर्ष लाग्यो, यो एक बर्षको अवधिमा केन्द्रीय सचिवालय,केन्द्र,प्रदेश,जवस र जिल्लाको मूल नेतृत्व निमार्ण लगायत एकताको कामले सतप्रतिशत पूर्णता पाएको छ । संगठन एकिकरणको काममा भएको प्रगतिले नेकपाका कार्यकर्ता पंक्तिमा उत्साहको रक्तसंचार भएको छ । एकताको विषयलाई लिएर नानाथरीका टिकाटिप्पणी गर्नेहरुका निम्ति केही ढिलै भएपनि नेकपाको नेतृत्वले काम मार्फत जवाफ दिएको छ । परिणाम नेकपाको अन्तिरीम विद्यान अनुसार पार्टी एकताको संक्रमणकाल दुई बर्षकानिम्ति ब्यवस्थापन भएको छ । 

सांगठानिक ब्यवस्थापन अन्तिम निष्कषर््ामा पुग्दै गर्दा नेकपाका शिषर््ा नेता तहवाट पार्टीको आगामी राजनीतिक कार्यदिशा,संगठनात्मक सिद्धान्त र संघर्षका स्वरुप बारे केही मतहरु प्रकट हुन थालेका छन् । दुई पार्टी एकता हुँदाकै पृष्ठभूमिमा विचारको एकता पहिला कि संगठनको एकता पहिला गर्ने भन्ने विषयमा नेतृत्व तहमा छलफल नभएको भने होइन । तर नेकपाको अन्तिरीम विद्यानमा माक्र्सवाद,लेलिनवाद–जनताको जनवाद मार्फत समृद्ध समाजवाद हुँदै साम्यवाद लेखियो र तत्कालका निम्ति साविकका दुवै पार्टीले अख्तियार गरेका साविकका सिद्धान्त महाधिवेशनसम्म दुई वर्षका निम्ति थाति राखीयो । पार्टीको नेतृत्वले विचारको सन्र्दभमा आगामी एकताको महाधिवेशनले निर्णयलिने कुरा गरेपनि यत्तिखेर नेतृत्ववाट नै नेकपाको भावि राजनीतिक विचार वारे वहस प्ररारम्भ भएको छ । 
 
स्वभाविक नै हो एकता पछि निमार्ण भएका एकिकृत संगठनहरु ब्यवस्थापन र परिचालन गर्न  स्पष्ट राजनीति विचार पहिलो र अनिवार्य आवश्यक्ता हो । सही राजनीतिक विचारले मात्र संगठनलाई सही दिशामा लिन्छ र सही दिशामा निर्देशित आन्दोलनले मात्र जनताका समस्याहरु हल गर्ने साम्थ्यर्ता राख्छ । जसरी २० औ सताब्दीको ५/६औं दशक पछि विश्व कम्युनिष्ट आन्दोलनमा राजनीति क्रान्तिको कार्यनीतिको वहस उतार चडावको स्थितीमा रहदै गर्दा त्यसको प्रभाव नेपालको कम्युनिष्ट आन्दोलनमापनि रहदै आएको थियो । 

माक्र्सवादको प्रयोग,रक्षा र विकास गर्ने सन्र्दभमा सन् १८७१ पेरिस क्रान्ति हुदै सन् १९१७ को अक्टुबर क्रान्ति र त्यस पछिका पूर्र्वी युरोपमा भएका सबै क्रान्तिको सफलताले जसरी विश्व समुदायका निम्ति माक्र्सवाद र अक्टुवर क्रान्तिका नायक लेलिनको ब्यक्तित्व उदारणीय रह्यो । अक्टुबर क्रान्तिले माक्र्सवादलाई विश्व समुदायमा नयाँ उचाई प्रदान गरायो । सोभियत संघ हुँदै यूरोप,अमेरिकन,अफ्रिकन,एशिया हुदै दक्षिण एशियाका अधिकांस देशहरुमा माक्र्सवादको प्रयोग कम्युनिष्ट आन्दोलनका नाममा संचालन भए ती सबै क्रान्तिको प्रेरणाको स्रोत तत्कालिन सोभियत कम्युनिष्ट पार्टी नै थियो ।  त्यसपछि सन् १९४९ मा माओको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सफल भयो र यसले विश्व समुदायकानिम्ति माक्र्सवादको थप आवश्यक्ताको पुष्टी गरायो ।

विश्वका धेरै जनसंख्या र ठुलो भूगोल भएका देशहरुमा र्माक्सवादको सफल प्रयोगले पेरीफरीमा रहेका नेपाल जस्ता देशहरुमा माक्र्सवादको झन् धेरै आवश्यक्ताको वोद्य भयो र नेपालमा पहिलो पटक वि.स २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । नेपालमा नेपाल कम्युनिष्टपार्टी स्थापनाको केही बर्ष नवित्दै विश्व कम्युनिष्टआन्दोलनमा जर्बजस्त रहेको दुई लाइन संघर्षको ऋंखला नेपालमा पनि सजिलै भित्रियो र तेस्रो महाधिवेशनमा पुग्दा नेताहरु सबै छिन्न भिन्न हुनपुगे । परिणामत नेपाको कम्युनिष्टआन्दोलन रक्षात्मक अवस्थामा हुन पुग्यो । 

तत्कालिन नेताहरुको कोठा र झोलामा सिमित नेपालको कम्युनिष्ट आन्दोलन नेताहरुमा रहेको जडता,उग्रता र संसोदनवादको अन्तरविरोधमा भासिदा सही कार्यदिशा र त्यसको नेतृत्व लिन सक्ने ब्यक्तित्वको अभावमा रुमलिरहेको नेपालको कम्युनिष्टआन्दोलन तत्कालिन माले र माक्र्सवादी समूहको एकतापछि पुर्नजीवित भयो  । 

तत्कालिन माले र माक्र्सवादी पार्टीको एकिकरणले नेपालको कम्युनिष्टआन्दोलनमा माक्र्सवादको सृर्जनात्मक विकास र प्रयोग देश र परिस्थती अनुसार गर्न सकिन्छ भन्ने विषय नेपालमा पहिलो पटक नेता मदन कुमार भण्डारीले बहसको विषय बनाउनु भएको थियो  । वास्तवमा नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको आगमनले कम्युनिष्ट आन्दोलनमा लोकतान्त्रिक करणको वहस शुरु भएको थियो । कम्युनिष्ट आन्दोलनले विश्वब्यापी रुपमै गम्भीर धक्का खाइरहेको पृष्टभूमीमा नेपालमा मदन भण्डारीको नेतृत्वमा २०४९ सालमा माक्र्सवाद र लेनिनवाद नेपाली विशिष्टतामा अनुवादित मौलिक सिद्धान्त जनताको बहुदलिय जनवाद नेपाली क्रान्तिको मौलिक कार्यक्रम प्रतिपादन भयो । 

चुनौति, समस्या र अन्यौलताको भूमरीमा सफर गरीरहेको नेपालको कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलिय जनवाद (जबज) ले सामान्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरुका बीचमा हुने प्रतिस्पर्दालाई स्वीकार गर्दछ । साथै जबजले जनता नै शक्तिको स्रोत हो र यसलाई संगठित जनआन्दोलन मार्फत परिवर्तनकारी शक्तिमा रुपान्तरण गरी मानव समाजको परिर्वतन,विकास र अग्रगति सम्भव भएको उद्घोष गरेपछि नेपालको सम्रग राजनीतिले नयाँ मोड लिएको थियो । मानवअधिकार,विधिको शासन ब्यवस्था,शक्ति सन्तुलन ,बहुदलियता र बहुमतको सरकार अल्पमतको प्रतिपक्ष जबजले स्वीकार गरेपछि नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलन जनताको माझ पक्रने र फुल्ने वातावरण पाएको थियो । वास्तवमा नेपाली समाजमा जबज माक्र्सवादको नेपाली नयाँ सस्करणकै रुपमा सावित भयो र यसले अंगिकार गरेको कम्युनिष्ट लोकतान्त्रिक धारले सबै कम्युनिष्टलाई आत्मवल प्रदान गर्ने थप मद्दत्त गर्यो । 

नेकपा एमालेको जबजले लोकतान्त्रिक धार स्वीकार गरेकाले नै २०५१ सालमा पहिलो पटक नेपालमा कम्युनिष्टको सरकार निमार्ण भयो । सरकारको सफलताले कम्युनिष्टलाई र्हेने,बुझ्ने र ब्यवहार गर्ने आम दृष्टीकोणमा परिवर्तन आएको विगत साक्षी छ । अन्धानुकरण,अन्धभक्ति र यान्त्रिक जडतामा रहेका नेपालका कम्युनिष्टहरुमा राजनीतिक कार्यक्रम कार्यन्वयनको ब्यवहारीक प्रतिस्पर्दाका साथै सबै बामपंथीहरुको ध्यान संगठन निमार्णमा गएको पाईन्छ । परिणामस्वरुप तत्कालिन माओवादी पार्टीले २०५२ सालमा शसस्त्र क्रान्तिको वाटो अख्तियार गर्दापनि संगठन निमार्ण र परिचालनमा जबज कै प्रतिस्पर्दात्मक कार्यनीति अख्तियार गरेको पाइन्छ । त्यसको उदारण हो माओवादीद्धारा शशस्त्र विद्रोहको अवस्थामा स्थानीय जनसत्ता संचालनका निम्ति सत्ता र समुदायवीच चुनावी प्रतिस्पर्दा गराई स्थानीय सत्ता निर्माण गर्ने गरेका थिए । जनसत्ता भित्रको आन्तरीक लोकतान्त्रिक प्रतिस्पर्दालेपनि तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने टेवा पुर्याएको देखिन्छ । 

चुनौति, समस्या र अन्यौलताको भूमरीमा सफर गरीरहेको नेपालको कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलिय जनवाद (जबज) ले सामान्तवाद र साम्राज्यवाद विरोधी शक्तिहरुका बीचमा हुने प्रतिस्पर्दालाई स्वीकार गर्दछ । साथै जबजले जनता नै शक्तिको स्रोत हो र यसलाई संगठित जनआन्दोलन मार्फत परिवर्तनकारी शक्तिमा रुपान्तरण गरी मानव समाजको परिर्वतन,विकास र अग्रगति सम्भव भएको उद्घोष गरेपछि नेपालको सम्रग राजनीतिले नयाँ मोड लिएको थियो ।

नेकपा एमालेको नौं महिने सरकारले जनतामा पारेको सकारात्मक प्रभावले नेपाली जनतामा कम्युनिष्टमैत्रि मनोविज्ञान विकास भएको थियो । जसले गर्दा माओवादीद्धारा संचालन तत्कालिन शसस्त्र विद्रोह राजनीति क्रान्ति हो भन्ने विषयमा आम धारणा बन्ने कुरामा सहयोग मिलेको थियो । माओवादी आन्दोलनले दस बर्षे विद्रोहमा गरेका राजनीतिक उपलब्धीहरुको रक्षा र त्यसको स्वामित्व समेत २०६१÷०६२ को सयुक्त जन आन्दोलनले ग्रहण गर्नुका पछाडी जबजले स्थापित गरेको बर्गिय चिन्तनको परिणाम थियो । २०६४ को प्रथम संविद्यान सभाको निर्वाचन र त्यसविचमा भएका सबै राजनीति अन्तर संघर्षहरुको परिणाम २०७२ सालमा घोषणा नेपालको संविद्यान हो जसले संघियता,लोकतन्त्र,बहुदलियता र समाजवाद उन्मुख अर्थ संरचना, नेपालको शासन ब्यवस्थामा अनिर्वायता बनाएको छ । 

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्टपार्टीको अहिलेसम्मको इतिहासमा  माक्र्सवाद,लेनिनवाद र माओवादलाई प्रयोग गर्ने नाममा धेरै राजनीति कार्यक्रम लगू गर्ने प्रयास नेपालका बामपंथी समूहले गरेपनि नेकपा एमाले अघि सारेको जबज बाहेक अरु विचारहरुले नेपाली जनताको मन जित्न सकेको इतिहास छैन । संम्वेगात्मक ज्ञानमा आधारीत विचार र कार्यक्रमले नत मानव समाजको वास्तविकता बुझ्दछ नत यस्तो विचारले मानव समाजका समस्या माक्र्सवादी विश्व दृष्टीकोणको आधारमा मानव समाजका समस्या हल गर्न सक्छ । नेपालका कम्युनिष्टहरुले जबज वाहेक अन्य आजसम्म प्रयोग गरेका वा बहसमा ल्याएका विचारहरुको ब्यवहारीक पक्ष हेर्दा कि ती अति उग्र वा कि ती अति जडतामा केन्द्रित रहेकाले नेपाली समाजले पचाउन सकेको नेपालको विगत छैन । स्वर्गिय नेता मदन भण्डारीले भनेजस्तै ‘माक्र्सवाद होडवाजीमा प्रयोग गर्ने सिद्धान्त होइन यो विज्ञान हो जसलाई मानव समाजको बस्तुस्थिती अनुसार आवश्यक्ताको नियम हो ।’  

निष्कर्ष
वास्तवमा नेपालको बामपंथी आन्दोलनमा जबज माक्र्सवादको सृजनात्मकरुप हो जसको प्रतिपादन पश्चात नेपाका सबै बामपंथी समुहहरुलाई ओत लाग्ने ठाँउ प्रदान गर्दै आएको छ । विश्व कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक धार जबजले दिएको छ । 

जबज कै मान्यता अनुसार नेपालका बामपंथी समूहले गरेका साना ठूला मानव समुदायकानिम्ति गरेका योगदानको रक्षा र उपलब्धीहरुको विधि सम्वत संस्थागत गर्ने विषयमा टेवा पुर्याएको छ । जबजले द्धन्द्धवादको अनिवार्यता र सर्वब्यापकतालाई सैद्धान्तिक रुपमा स्वीकार्ने मात्र होइन,ब्यवहारीक रुपमा प्रयोग विाचार र प्रकृयालाईपनि अगाडी सारेको छ । त्यसै हुनाले जबजले समाजवादी जनवादलाई समेत यसले मार्ग प्रशस्त गरेको छ ।  

झन्डै तीन दशकदेखि नेपालमा आम जनताको अपार समर्थ प्राप्त गर्दै विभिन्न खाले भड्कावसंग संर्घष गर्दै नेपाली समाजमा ब्याप्त रहेका सबै खाले विभेदको अन्त्यको प्रायः वन्दै आएको सफल सिद्धान्तकै कारण पार्टी एकता सम्मको कार्यभार पुरा भएको छ । जबजको थप सवृद्धताकानिम्ति थप एकतावद्धताको आवश्यक्ता सधै अपरिहार्य छ तर तत्काल अन्य विचार माथिको वहस गर्ने कुरा आमालाई मान्दैन मामालाई मान्छु भने जस्तै हो ।