काठमाडौँ- गम्भीर, शान्त तर उत्सुकतापूर्ण वातावरण । पार्टीका सीमित, संवेदनशील र अनुशासित भूमिगत नेता, कार्यकर्ता र सदस्यहरू ।  विभिन्न पेसागत क्षेत्रमा वैधानिकरुपमा पार्टी निर्माण र बिस्तारमा अगुवाइ गर्ने विभिन्न स्तरका अगुवा नेता साथीहरू । अनेरास्ववियूका विभिन्न औपचारिक कमिटीमा आबद्ध तत्कालीन नेता तथा कार्यकर्ताहरू । नयाँ परिस्थिति र वातावरणमा हुन लागेको एउटा फरक प्रकृतिको कार्यक्रममा चर्चित नेताहरूको भाषण सुन्न उत्सुकता र रुची पूर्वक भेला भएका सचेत एवम् क्रान्तिकारी विद्यार्थीहरू । भर्खरै रिहा भएका राजबन्दीहरूको लहरमा दुब्लो, पातलो र शारिरिकरुपले  जीर्ण निकै टीठलाग्दो एक व्यक्तित्व । 

चार वर्षको गोलघरसमेत चौध वर्षे कठोर कारागार बन्दी जीवन व्यतित गर्दै रिहाइ भएपछिको सायद पहिलो सार्वजनिक कार्यक्रम हुँदै थियो । ललितपुरको इन्जिनियरिङ कलेज पुल्चोकमा अन्य सहकर्मी राजबन्दीसँगै उनी पनि अतिथि लहरमा बसेका थिए । दिनानुदिन अलोकप्रिय हुँदै गएको पञ्चायती शासकहरू सचेत नेपाली जनताको दबाब र राजबन्दी रिहाइको बढ्दो राष्ट्रिय र अन्तर्राष्ट्रिय पहलकदमीका कारण राजबन्दीहरू रिहा गर्न निरङ्कुश राजतन्त्र बाध्य बन्दै गएको थियो । प्रशासकको आँखा छलेर कार्यक्रम गर्नुपर्दाको बाध्यताले तुलनात्मकरुपमा सुरक्षित मानिएको इन्जिनियरिङ कलेज पुल्चोकको छात्रा बास भवनको प्राङ्गणमा आयोजित राजबन्दीहरूको स्वागत कार्यक्रम जहाँ मैलेपनि सहभागी हुने शुभ अवसर पाएको थिएँ । 

सायद २०४४ सालतिर पुल्चोक क्याम्पस छात्रावासको  राजबन्दीहरूको स्वागत कार्यक्रम अतिथिको लहरमा देखिएका शारीरिक रूपले फुकिढल्नु अवस्थाका तिनै टिठलाग्दा व्यक्तित्व हुन् नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वर्तमान अध्यक्ष एवम् नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली । तिनैको नेतृत्वमा नेपालले भूपरिवेष्ठित अवस्थाबाट मुक्ति पाएको छ ।  अब भारत र चीन दुवैतिरबाट समुद्रसम्म सहज पहँुचको अधिकार स्थापित गर्न सफल भएको छ । तीन पटक औपचारिक र आधा दर्जन अनौपचारिक प्रकृतिको नाकाबन्दीको अवस्थाबाट नेपाललाई सधैंकोलागि मुक्ति दिलाउन नेतृत्वदायी भूमिका खेलेको छ । 

नेपाली जनताको मूर्छित आशा र विश्वासलाई बिउँझाएको छ र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई नेपालभर मात्र हैन विश्वभर घन्काएको छ । साँचोअर्थमा नेपाललाई स्वतन्त्र, सार्वभौम सम्पन्न, अखण्ड र स्वाधीन राष्ट्र बनाउने संविधान जारी गर्न निर्णायक भूमिका खेल्नेदेखि संविधानको सोही व्यवस्थाको मर्म र भावनालाई कार्यान्वयन गर्ने जिम्मेवारी सक्षमतापूर्वक पूरा गरी  ऐतिहासिक नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम भएका छन् । यो यथार्थतालाई सबैले आत्मसात् गर्नुपर्दछ र गौरव बोध पनि । उनको नेतृत्वमा भएको सफलताप्रति इष्र्याभाव हैन अपनत्व लिनुपर्दछ र भावी राजनीतिक जीवनमा यस्तै सकारात्मक कार्यको लागि सुसंस्कृत प्रतिस्पर्धामा उत्रनुपर्दछ । 

नेपालको यस कालखण्डको मूल नेतृत्व केपी ओलीले गरेको भए पनि नेपाल कम्यूनिष्ट पार्टीको यो हैसियत र जनमत नभएको भए यसस्तरको उपलब्धि नेकपाको नेतृत्वमा हुन सम्भव थिएन । यस अर्थमा यस भूमिकाको पछाडि नेकपाका सबै नेता, कार्यकर्ता, इतिहासदेखि वर्तमानसम्म अबिचल भएर नेपाल कम्यूनिष्ट पार्टीप्रति समर्पित योद्धाहरूको समग्र योग नै यो सफलताको कारण भएकोले यसको अपनत्व सबैले लिनुपर्दछ । इतिहासले समयको खास कालखण्डमा खासखास निर्णायक कार्यभार सम्पन्न गर्नको लागि खासखास व्यक्तित्वको निर्माण गरेको विश्व राजनीति र क्रान्तिकारी आन्दोलनको समग्र अध्ययन गर्दा बुभ्mन सकिन्छ । 

कार्लमाक्र्स र एंगेल्सले विश्वकम्यूनिष्ट घोषणा पत्र लेख्नुभयो त्यो अवसर उहाँले पाउनुभयो अरूले किन पाएनन् ? नेपालको कम्युनिष्ट पार्टीको स्थापना आदरणीय पुष्पलाल श्रेष्ठले गर्नु भयो । त्यस्तो अवसर अरूलाई किन प्राप्त भएन ? नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला हुनुभयो । त्यो अवसर नेपाली कांग्रेसका अरू नेताहरूलाई किन प्राप्त हुन सकेन ? नेपालको पहिलो जन निर्वाचित कम्यूनिष्ट सरकारको प्रधानमन्त्री मनमोहन अधिकारी हुनुभयो । त्यो अवसर अरूलाई किन जुरेन ? यी प्रश्नहरूलाई मनन गर्दै आप्mनो सार्थक र रचनात्मक भूमिकाको खोजी गरौँ तर अरू कुनै कारण वा प्रभावले खलनायक भूमिका हुनजान्छकी भन्नेतर्फ सचेष्ट बनौँ ।  

केपी शर्मा ओलीको नेतृत्वमा नेपाल कम्यूनिष्ट पार्टीको सरकारले विश्वमा नेपालीको शिर उच्चो बनाएको छ । साँच्चै नेपाली जनताको ठुलो पङ्क्तिले उनकै नेतृत्वमा नेपालको विकास र समृद्धि हासिल हुन्छ भन्ने विश्वास राखेका छन् । उनले अहिलेसम्म हेर्दा छिमेकी भारत चीन लगायतका देशहरू र अन्य देशहरू लगायतअन्तराष्ट्रिय समुदायसँगको सम्बन्ध र सहकार्यको आधार र विश्वास निर्माण गरिसकेका छन् । यो निकै ठुलो कार्य हो भन्ने कुरा आत्मसात् गरौँ । विश्व सामु नेपालको परिचय र भूमिकालाई सक्षम रूपमा प्रस्तुत गर्न सक्नु यो नेपालीको लागि गर्व गर्न लायक क्षण हो जसले वर्तमान नेपालको शिर उच्चो बनाएको छ । 

भाद्र महिनामा सम्पन्न चौथो बिमस्टेक सम्मेलन, संयुक्त राष्ट्र सङ्घको त्रिहत्तरौं महासभा र कोष्टारिकामा रहँदा शान्ति विश्व विद्यालय लगायत विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा उनले प्रस्तुत गरेको हैसियत साँच्चै गर्व गर्न लायक छ । भोलिको पार्टीको भविष्य र नेकपाले व्यापक जनपरिचालन गरी नव नेपाल निर्माण महाअभियान सञ्चालन गर्ने हो भने नेपालले प्रस्तुत गरेका र प्राप्त गरेका महत्त्वपूर्ण उपलब्धिलाई आमजनतासमक्ष प्रचार प्रसार गरी जनमत सिर्जना गर्न व्यक्तिगतनै सही सबै नेता र कार्यकर्ता लाग्ने संस्कृति बसाल्नुपर्ने हो । 

नेपालमा धेरै माझी छन् । त्यसमध्ये अहिलेका मूल माझी नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री के.पी.शर्मा ओली हुन । उनै मूल माझीले अहिलेको नेपालको कार्यभार पूरा गर्नुपर्दछ  बिचमा कोही पनि भिलेन बन्न खोज्नु हुँदैन । भिलेन बनाउने खेलमा पनि फस्नु वा पस्नु हुँदैन । 

नेपालको संविधान जारी भै नाकाबन्दी अघि र त्यसपछिको परिस्थितिसँग अहिलेको नेपालको परिस्थितिसँग अझ विशेष गरी भारतीय नाकाबन्दी र मोदीको नेतृत्वमा अन्तर्राष्ट्रिय फोरमहरूमा नेपाल विरुद्ध जालसाँजी र षडयन्त्र एवम् नेपाललाई एक्ल्याएर आप्mनै छाताभित्र वा प्रभाव क्षेत्रभित्र राख्ने दुष्प्रयासको परिरिस्थितिसँग तुलना गरेर हेर्ने हो भने अहिले नेपालीले शिर ठाडो पारेर हामी साँच्चै स्वतन्त्र छौँ भनेर महसुस गर्न सक्ने अवस्थामा पुगेका छौँ । यो तथ्यलाई मनन गर्दै त्यसप्रति सकारात्मक दृष्टिकोण राखेर यस तथ्यलाई जनजनमा पुर्‍याउनु प्रत्येक सचेत नेपालीको कर्तव्य हो ।

उनै केपी शर्मा ओलीको नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको वास्तविक नेतृत्वमा नेपाललाई स्वाधीन राष्ट्रको रूपमा नेपालको संविधान जारी हुन सकेको हो । हुन त त्यति बेला पनि केपी ओलीलाई प्रधानमन्त्री हुने हतारोले सबैको सहमति नभै संविधान जारी गरियो भन्ने टिप्पणी र आलोचना पनि नभएका होइनन् । तर वास्तविकता के थियो भने यदि त्यसरी केपी ओलीको नेतृत्वमै रहेको नेकपा एमालेले बढी जोड नगरेको भए र पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीको  दरिलो साथ नभएको भए यति बेला पनि संविधान जारी नभएको पनि हुनसक्ने परिस्थिति सिर्जना गर्ने खेलहरू रचिएका थिए ।

एउटा निश्चित नतिजा आउन केही समय कुर्नै पर्दछ । दुई पार्टीबिचको एकता एक दुई हप्ताकै खेल थिएन र होइन पनि । एक अर्काप्रतिको स्वाभाविक आशङ्का नहटाई र विश्वासको वातावरण तयार नभै हठात् एकता सम्पन्न हुनसक्छ भन्ने सोच, व्यवहार र प्रयास पनि भएकै हो तर व्यवहारत् यसले समय लिने रहेछ भन्ने पुष्टि नै भयो । यति ठुलो महत्त्वको दूरगामी प्रभाव पार्ने तर जटिल र चुनौतीपूर्ण एकता प्रक्रियालाई हलुका र सरल ढङ्गले सम्पन्न गर्न सकिने सतही सोच विचार गलत रहेछ भन्ने पुष्टि भएको छ । एकता प्रक्रिया, सरकार निर्माण र सञ्चालन सँगै गर्नुपर्ने, राज्यका तीनै तहका व्यवस्थापकीय आधारभूत कार्यहरू गर्नुपर्ने र भारत र चीनसँगको सम्बन्धलाई सौहार्द र सहयोगी बनाउँदै देशको आर्थिक एवम् पूर्वाधार विकासका आधारशिला खडा गर्ने विश्वासिलो वातावरण निर्माण गर्नु प्राथमिक दायित्व सरकारको थियो र छ । 

त्यसबाहेक विगतको अनुभवको आधारमा कुनै दोस्रो देशले नेपालको विरुद्ध अन्तराष्ट्रियरुपमा नेपाल विरुद्ध गठबन्धन नगरोस मात्र हैन नेपालको विकासको लागि द्विपक्षीय एवम् बहुपक्षीय सहयोगको लागि आवश्यक र विश्वसनीय वातावरण निर्माण गर्नु आवश्यक थियो । 

निर्वाचनमा पराजयको सम्भावना प्रस्ट देखेकोले नेकपाको नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय खास गरी पश्चिमी पुँजीवादी राष्ट्रहरूबाट असहयोगको वातावरण बनोस् र सरकार असफल होस् भन्ने पश्चिमी रणनीतिकारहरूको परामर्शमा नेकपाको सरकार बनेमा हाँस्न त रुन पनि पाईदैन भनेर कम्यूनिष्ट अधिनायकवाद आउने प्रचारलाई निकै महत्त्वका साथ प्रचार गर्ने कार्यको नेतृत्व नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गरे । सोही रणनीति अनुसारै अहिलेको विरोध भइरहेको यथार्यलाई नबुभ्mनु, बुझेर पनि बुझ पचाउनु र अझ आप्mनो राजनीतिक महत्वाकांक्षा पूरा गर्ने माध्यमका रूपमा वर्तमान सरकारका काम कार्बाहीलाई विरोध गर्नु नितान्त नाजायज रहेको छ । 

प्रतिपक्षी र रणनीतिक योजनाकासाथ विरोधमा लागेका स्वार्थ समूहहरूबाट विरोध हुनुलाई प्रति पक्षीय राजनीतिको धर्म मान्न सकिएला तर सत्तारुढ दलकै नेताहरूले अन्धाधुन्ध विरोध गर्नुलाई के भन्ने ? संयोग नै भन्नुपर्दछ संयुक्त राष्ट्र सङ्घमा नेपालको शानदार प्रस्तुति गरेर अन्तर्राष्ट्रिय समुदायमा नेपालको राम्रो प्रभाव छोड्न सफल भएका देशका प्रधानमन्त्रीको सो भूमिकालाई ओझेलमा पार्ने गरी सोही पार्टीका वरिष्ठ नेताले सार्वजनिक मञ्च त्यसमा पनि संसद्को रोष्टममा उभिएर देश डुब्न लाग्यो माझी कोहो थाहा छैन भनेर अति निराशाजनक र गैर जिम्मेवार अभिव्यक्ति दिनुले नेपाल र नेपालीको स्वार्थबिरुद्ध खेल्नेलाई नै बल पुग्छ भनी देख्ने दुरदृष्टिको अभाव हुनु र त्यसलाई पुठ दिँदै समर्थनमा दलिलहरू प्रस्तुत गर्नु अत्यन्त दुःखद पक्ष हो । 

यस लेखमार्फत मैले नेताहरूलाई कर्तव्य र नैतिकताको पाठ सिकाउन खोजेको हैन नकि पार्टीका अध्यक्ष एवम् नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्ध समर्थन । पार्टीको जीवनमा माधव नेपाललगायत नेताहरूले विगतमा पढाएका पाठहरू सम्झेर सोही कुरालाई पुनः स्मरण मात्र गर्न खोजिएको हो । पार्टीमा कस्तो खाले संस्कार बस्न खोज्दैछ, बसाल्न खोजिदैंछ र त्यसले नेकपा नेतृत्वमा नव नेपालको निर्माण भनौँ वा समृद्ध नेपाल र सुखी नेपालीको नाराको व्यवहारिक कार्यान्वयनमा पार्ने नकारात्मक  प्रभावतर्फ उच्चतहका नेताहरूले अनदेखा गरेको ठानेर यस आलेखको सिर्जना गरेको हो । 

नेतृत्व आफैलाई लागेका अहिले पार्टीकै कतिपय नेताहरूबाट विभिन्न कोणहरूबाट सरकार र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधलाई सामान्यीकरण गर्ने र आप्mना बिचार राख्ने ठाउँ नभएको कारणले सार्वजनिक ठाउँमा बोल्नु परेको दाबी देखिन्छ । मेरो बिचार यो कुनै तर्क नभएर कुतर्क हो । यदि यस्तो तर्कलाई सही मान्ने हो भने अहिले स्थायी समितिमा रहेका बाहेक कसैको पनि कुने जिम्मेवारी छैन त्यसको अर्थ के सबैले चित्त नबुझेको विषयमा नेताहरूले झैँ सार्वजनिक समारोह, मञ्च र माध्यमहरूमा छाद्ने ? अनि त्यस्तो व्यवहारलाई बरिठ नेता माधव नेपाल र भविष्य भएका युवा नेता योगेश भट्टराई नेताहरूले सीमा नाघेर बोल्दै हिँडे पार्टीको जीवन कस्तो होला ? 

नेपालमा धेरै माझीहरू छन् । त्यसमध्ये अहिलेका मूल माझी नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री के.पी.शर्मा ओली हुन । उनै मूल माझीले अहिलेको नेपालको कार्यभार पूरा गर्नुपर्दछ, पूरा गर्न दिनुपर्दछ । बिचमा कोही पनि भिलेन बन्न खोज्नु हुँदैन । भिलेन बनाउने खेलमा पनि फस्नु वा पस्नु हुँदैन । 

सरकारमा एक जना मूल माझी भए पनि पार्टीमा भने दुई जना मूल माझी छन् । यी दुई माझीले पार्टीलाई संस्थागतरुपमा चलाउनुपर्दछ भन्ने आवाजको कदर गरिनुपर्दछ । अहिले नेता र कार्यकर्ताको व्यवस्थापनको सम्बन्धमा निकै चुनौती रहेको साँच्चै हो । 

कुनै पनि कम्यूनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त, नीति र कार्यक्रमको टुङ्गो लागिसके पछिको सर्वाधिक महत्त्वको विषय कार्यकर्ता र नेताको व्यवस्थापन र परिचालनमार्फत जनपरिचालन हो । तर यस सम्बन्धमा व्यवस्थित निर्देशक नीतिसम्बन्धी दस्ताबेज हालसम्म बन्न सकेको छैन, जसको कारण केही तलमाथि भइरहेको पाइन्छ । यसको लागि आगामी महाधिवेशनसम्ममा त्यस्तो नीतिगत दस्ताबेज सहित जिम्मेवारी र कार्य मूल्याङ्कनको उपयुक्त वैज्ञानिक विधि र संरचना निर्माण गर्न सके मात्र विशाल पार्टीको कुशल व्यवस्थापन र परिचालन हुन सक्दछ । सार्वजनिक रडाको मच्चाएर दुर्नाम र अविश्वास बढाउनु बाहेक केही फल लाग्नेवाला छैन ।