काठमाडौ महानगरपालिका नेपालकै प्रमुख महानगरपालिका हो । स्थानीय सरकार र प्रदेश सरकार बनिसकेपछि महानगरपालिकाले सोचे अनुरुपको काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । महानगरका खाल्डाखुल्डी नपुरेको, फोहोर नउठाएकोदेखि सडक बनाउन नसकेको जस्ता आरोप महानगरलाई लागेका छन् । महानगरपालिकाले विकास निमार्ण र समृद्धिका लागि कसरी काम अगाडि बढाइरहेको छ ? चक्रपथ डटकमका लागि कविता अधिकारीले काठमाडौ महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीसँग गरेको संवाद :

काठमाडौँ महानगरपालिकाले काम गर्न सकेन, मेयरको कामगर्ने शैलीपनि सुस्त भयो भन्ने जनताको आलोचना छ । तपाईहरुले यस्तो आलोचना सुन्नुभएको छ ?
आलोचना हामीले सुनिरहेका छौ । र, संस्थाको प्रमुख भइसकेपछि  संस्थाको प्रमुखलाइ नै निशाना बनाउने चलन छ । तर महानगर सुस्त र काम नै नगरि बसिरहेको भने हैन । हामीले प्रचारप्रसार गर्न नसकेको चाँही हो । पर्याप्त काम भएका छन् तर त्यो देखिएको छैन । हामीले दिने सेवा सुविधामा कुनै कमी भएको छैन । सुचना प्रविधिमा पनि काम राम्रोसँग भइरहेको छ । अनि व्यवस्थापनका कुरापनि त्यतिकै छिटो भइरहेको छ । अहिले रानीपोखरी बन्न नसक्दा प्रश्न उब्जिएको हो । धरहरा पुननिमार्ण प्राधिकरणले टेन्डर गरेको छ । काष्ठमण्डप पनि बनाउन दिइसकेका छौ । प्रचारप्रसार कम भएकाले मात्र  हो । हामीले काम प्रशस्त गरेका छौ । जुन रुपमा मेयरलाइ दोष देखाउने र महानगरले गरेन भनिरहेको छ, ती सामाजिक सञ्जालमा भएका नकारात्मक प्रचार मात्र हुन । हाम्रो आफ्नै कार्यक्रम छ, नेपाल टेलिभिजनमा हरेक दिन वेलुका ६ :२५ देखी ६ :४० मा आउँछ । महानगरपालिकाले गरेका काम त्यसमा दिइरहेकै हुन्छौं । 

आज सडक पिच भयो भोलि खानेपानीको कामले खनिदिन्छ । पिच गर्न खोज्यो पोल छ, पोलको कामले रोकिन्छ । विद्युत प्राधिकरणले समयमा सारिदिदै‌ँन् । मुद्दा पर्छ । समयमा काम गर्न पाइदैन । त्यस्ता समस्याले गर्दा काम सोचेजस्तरी भएको छैन । 

तर नागरिकले खोजेको के हो ? उहाँहरुले पनि सुझाव दिनपर्यो हामीलाई । हामी र हाम्रो कार्यक्रम बजेट नीति अनुसार त हामी हिडिरहेका छौ । खाल्डा खुल्डी पुरिएन, धुलो धुवाँ भयो महानगरपालिकाले हेरेन भन्छन् । त्यो हाम्रो काम हैन । हामीले ८ मिटरभन्दा साना बाटाहरु मात्रै बनाउने हो । मुल सडकभित्रका आठमिटर भन्दा माथिको सडक सडक विभागले हेर्छ । त्यो धुलोपनि त्यसैले व्यवस्थापन गर्नुपर्छ । हामीले सहयोग गर्ने हो । काठमाडौ महानगरपालिकाले पनि सडक सफा गर्न बुम्रर झिकाएको छ । ५ वटा महानगरपालिकाले किनेको र २ वटा  चीनको चेङदु नगरपालिकाले गिफ्ट दिएको छ । तिनीहरुपनि दशैपछाडि धुलो टिप्न सडकमा दौडिन्छन । धुवाँ गाडीले फालिरहेका छन् । यातायात व्यवस्था विभागले हरियो स्टिक टाँसिदिएको छ । त्यसले धुँवा फालिरहेको छ, धुवाँ फालिरहेको गाडीलाई हरियो स्टिकर टास्न भएन नी ? अहिले पनि एउटा बु्रमरले सडक सफा गरिरहेको छ । अनि हाम्रा कर्मचारीले पनि सडक सफाई गरिरहेका छन । त्यसलाई चाही हेरिएको छैन । मेलम्चीको पानीको पाइपले सडक विगारेको छ, ढलको पाइप हाल्ने गर्दा बाटाहरु खनिएका छन् अनि सबैको दोष महानगरपालिकालाई थोपर्ने ? महानगरपालिकामा काम धेरै भएका छन् । ती सबैको भिडियो खिचेर देखाउने कुरापनि भएन ।

प्रदेश सरकार, स्थानिय सरकार बनिसकेपछि अलि बढि चासो काठमाडौ महानगरपालिकामा छ । महानगरपालिकाले देखिने गरि खासै कामगर्न सकेको पनि छैन । समस्या चाँही के हो ? 
नागरिकले प्रत्यक्ष विकास निमार्ण देख्न चाहन्छन्, अनुभव गर्न चाहन्छन् । त्यो इच्छा आकांक्षा बमोजिम भएन भन्ने उहाहरुको  गुनासो हो । त्यो के हो भने बाटोघाटो समयमै पिच भएन । काठमाडौ महानगरपािलकाका धेरै सडकहरु हिलो छन्, धुलो छन् । सडकहरु आठमिटरभन्दा माथिका सडकहरु सडक विभाग अन्र्तगत पर्छन । महानगरले केहीपनि गर्दैन, हामीलाइ अधिकार दिएको छैन । भित्री सडकहरु बनाउने जिम्मा महानगरको हो । हो ती भित्री सडकहरु धेरै ठाउमा बिग्रिएका छन् । त्यो बनाउन सकिएको छैन । किनभने त्यो पनि हाम्रो कारणले मात्रै बनाउन नसकेको भने हैन, त्यसमा कानुनी जटिलताहरु छन । जस्तो कि बिजुलीको पोल सार्नुपर्ने, घरका पर्खालहरु बनाउनपर्ने समस्या छन्, त्यसमा सहज पनि छैन । कानुनी समस्या अनि त्यहाँको लोकल समस्या पनि छन । सडक बनाउन गयो, स्थानीयले पर्खाल नछोड्ने, भत्काइदिने अवस्थाले गर्दा बाटो बनाउन सकिरहेको छैन । तर हामीले दिने वडाबाट पाउने सुविधामा त कमी छैन । कर तिर्न जानुस्, तपाइको जन्मदर्ता घटनादर्ता समयमै गरिदिएकै छ । तर नागरिकले प्रत्यक्ष अनुभव गर्ने भनेको त्यही हो मुल सडकमा हुन्छ । सडकमा फोहोर थुप्रियो महानगरको गल्ती भयो । फोहोरको केसमा पनि काठमाडौ महानगरपालिकाको जिम्मामा छैन । ललितपुरले पनि त्यही लगेर फाल्ने हो, काठमाडौले पनि त्यही फाल्ने हो । मुख्य कुरा कामगर्दा समन्वयको कमी छ । मेलम्ची पानीको कारणले सडक खनिदा त्यहीं समस्या । आज सडक पिच भयो भोलि खानेपानीको कामले खनिदिन्छ । पिच गर्न खोज्यो पोल छ, पोलको कामले रोकिन्छ । विद्युत प्राधिकरणले समयमा सारिदिदंैन । मुद्दा पर्छ । समयमा काम गर्न पाइदैन । त्यस्ता समस्याले गर्दा काम सोचेजस्तरी भएको छैन । 

महानगरपालिकाले सडकको फोहोर व्यवस्थापन चाही किन गर्न नसकेको ? 
फोहोर उठाउने काम हामीले गरेका छौ । बीचमा बर्खायामको कारणले केही समय फोहोर उठ्न पाएन । सिसडोलको फोहोर थुपार्ने ठाँउ ‘डम्पिग साइडमा’ फोहोर थुपार्दा थुपार्दा पहाड होला र त्यो भत्केला भन्ने डरले दुईचार दिन रोकेको हो । किनभने हाम्रो अर्को विकल्प नभइसकेको अवस्थामा त्यही दैनिक थुपार्दा पहाड बनिसक्यो । अब भने हामीले फोहोर फ्याँक्नका लागि दिर्घकालिन योजना अनुरुप ५० औं बर्षसम्म लाई हुने नुवाकोटको धुनीवेसीमा रहेको १६ सय रोपनी क्षेत्रफलमा रहेको बन्चरेडाडाँमा फोहोर फ्याँक्ने ठाउँ बनाउन लागेका छौं । फोहोरको रिसाइकल सिस्टम महानगरपालिकासँग नभएकाले अलि समस्या छ । हामीले थुपार्ने मात्रै काम गरिरहेको छौ । त्यसको लागि दिर्घकालिन व्यवस्था हुनुपर्दछ । त्यसका लागि काठमाडौ महानगरपालिकाको मात्रै दोष हैन । हामीले फोहोर फाल्ने क्षेत्र नुवाकोट जिल्लामा पर्दछ । त्यो महानगरपालिका क्षेत्रभित्र पदैन । यसको खासगरि व्यवस्थापन र समन्वय प्रदेश सरकार र केन्द्र सरकारले गर्नुपर्छ । फोहोर फयाक्ने अर्को ठाँउ भएन । फोहोरलाई रिसाइकल गर्ने फ्याक्ट्रीहरु पनि छैनन् । अव चाँही फोहोरको रिसाइकल गर्न लगानी बोर्डबाट एउटा नेक्वेष्ट भन्ने कम्पनीलाइ दिने भन्ने स्वीकृती भएको छ । त्यो आयो भने त्यसले पनि एउटा समस्या समाधान गर्ला तर त्यो आउन अलि समय लाग्छ । 

भनेपछि संघियतामा मुलुक गइसकेपछि काम गर्न गाहे हुने रहेछ, हैन ? 
अहिले संविधानले स्थानीय सरकारलाई अधिकार पर्याप्त दिएको छ । स्थानीय सरकारको अधिकार अन्तर्गतको काम गर्नका लागि हामीले अहिले केन्द्रमा सोध्न पर्दैन । त्यसले गर्दा काम गर्न सहज छ अहिले । स्रोत साधन पर्याप्त हुने हो भने स्थानीय निकायहरुले राम्रो सेवा दिन सक्छन् । अहिलेको जटिलता भनेको कर्मचारीको कमी हो । काठमाडौ महानगरपालिकामा अहिले १८ सय ५० जना कर्मचारी छौं । सरसफाई कर्मचारी, व्यवस्थापनका कर्मचारी, सूचना प्रविधिको प्रयोग गर्ने राम्रो व्यवस्थापन गर्ने हो भने त कर्मचारी थोरै नै हो । अरु स्थानीय निकायमा पनि कर्मचारीको कमि कमजोरी छन् । हामीलाइ पनि पर्याप्त बजेट छैन । 

काठमाडौं महानगरपालिका प्राथमिकताका परियोजना के के हुन ? 
प्राथमिकताको अहिलेको परियोजना भनेको रानीपोखरीको पुननिमार्ण गर्ने हो । काष्ठमण्डप बनाउने हो । अन्य सम्पदा पनि बनाउने कार्यक्रम छन् । पूर्वाधार विकासका लागि पनि हाम्रो काम जारी छ । सूचना प्रविधिका लागि पनि काम गरिरहेका छौं । मोनोरेलको फिल्ड स्टडी भइरहेको छ । विकासका निमार्णका धेरै कामहरु अगाडि बढेका छन् । सकारात्मक नजरले हेर्दा काम भएका छन । नकारात्मक नजरले हेर्दा काम भएको देखिदैंन । 

काठमाडौ महानगरपालिकाको बिकास सबैको चासोमा छ । यसलाइ सबैले प्रशंसा गर्ने लायक बनाउन के गर्न सकिन्छ ?
हामीले पहिलो नम्बरमा नागरिकले पाउने सेवा सुविधा गुणस्तरीय बनाउने हो । दैनिक दिने सुविधा जस्तो घटना दर्ता, कर सिफारिसहरु आदीलाई कम्प्युटराइज गरेर सिस्टममा लैजाने हो । अहिले खासगरी धुलोको समस्या छ । महानगरका भित्री बाटोहरु बनिसकेपछि हामीहरुले चारैतिरको ठाउँमा बाहिरका गाडी सहर भिंत्रिदा गाडी सफा गर्ने पांग्रा सफा गर्ने मेसिनको व्यवस्था गर्नेछौं । महानगरपालिकाको मेयरले काम गरेनन भन्छन । तर उहाँसँग जादुको छडी त छैन नी । हिजो जनप्रतिनिधि नभइकन पनि काम भएकै थियो । त्यही हो आज जनप्रतिनिधि ले कामबढी गर्लान् भन्ने हो । 

महानगरपालिकाले घर निमार्णमा पनि केही नयाँ योजना ल्याएको छ की ? 
अहिले हामीले घर बनाउन नक्सापास गर्ने, इलेक्ट्रोनिक बिल्डग परमिट सिस्टम कार्यान्वयनमा ल्याइसकेका छौ । त्यो काम भइरहेको छ । इलेक्टोनिक बिल्डिङ परमिटमा नगई तपाइको घरको नक्सा नै पास हुदैन । पुरानोलाइ पनि नक्साको डिजिटलाइज् गरेर राख्न थालिसकेका छौ । अहिले दुइ चारलाख पुराना घरको नक्सा रेकर्डमा आइसकेको छ ।

यसको मुख्य उदेश्य महानगरभित्रका घरहरु कुन घर कति तलाको छ र कुन एरियामा बढि घरहरु बनेको छ त्यो हेर्नु हो । घर बनाइसकेपछि निर्माण सम्पन्न प्रमाणपत्र लिन जरुरी छ । किनभने त्यो घर बनाएको प्रमाण हो । निमार्ण सम्पन्न कागज लिएन भने भोलिका दिनमा तपाईले सुविधा पाउन सक्नुहुन्न । अहिले त यो लागू भइसकेको छैन । तर भोलि त्यो भएन भने तपाइले अरु जुन सुविधा छन्, ती पाउनु हुन्न । जस्तो निमार्ण सम्पन्न भएन भने तपाइले बिजुलीको लाइन पाउनुहुन्न । निमार्ण सम्पन्न भएन भने तपाइले खानेपानी जोड्न पाउनुहुन्न , निमार्णसम्पन्न भएन भने बैकबाट लोन लिन पाउनुहुन्न, त्यो घर बेच्न पाउनुहुन्न । निमार्ण सम्पन्न अहिले लिनेको क्रम बढ्दै गइरहेको छ । अव निमार्ण सम्पन्न लिनेहरु जागरुक भइरहेको अवस्था छ । निमार्ण सम्पन्न लिएर बस्नु भनेको आफु बलियो हुनु हो ।