हामी गरिव छौं, देश गरिव छ । त्यसैले हामीलाई समृद्धि र सम्पन्नता चाहिएको छ । समृद्धि भएपछि सायद सुख पनि अलि नजिक आउँछ । हामीसँग जे छैन, त्यो खोज्ने हो, ल्याउने हो । जे छ त्यसका बारेमा पनि चर्चा गर्नुपर्छ । कहिलेकाँही हामीसँग भएकोले नयाँलाई आउन दिदैन । हामी बढो गजवको अवस्थामा छौं जस्तो लाग्छ । आफ्नो बानी को छाड्छ, अर्काको बानी को लिन्छ । हामी आफ्नो बानी छाड्ने, बानी परिवर्तन गर्ने पक्षमा छैनौं । पुरानो बानी, पुरानो कर्मबाट नतिजा नयाँ निकाल्नु परेको छ । 

यसलाई सरल भाषामा सबैले बुझ्ने गरि भन्नुपर्दा सुगर अर्थात डायबिटिजका रोगीले गुलियो खान नछाड्ने तर आपूm निरोगी हुन चाहने । दमका रोगीले चिसो खान नछाड्ने तर निरोगी हुने चाहना राख्ने । यस्तै यस्तै । 

हामी जे बाल्छौं त्यो गर्दैनौं र जे गर्छौं त्यो भन्दैनौं । अहिलेको सामाजिक, राजनीतिक अवस्था हो यो । यो हाम्रो समाजको यथार्थ हो । यसलाई हामी सबैले सामान्य मान्छौं । घुस खान्छौं भन्दैनौं, कमिशन लिन्छौं भन्दैनौं । राजनीति गर्ने मानिससँग कार्यकर्ता र जनताले चन्दा सहयोग माग्ने चलन छ । राजनीति गर्नेले घुस्याहा कर्मचारी, ठेकेदार, कमाउ प्रहरी, राजस्व छल्ने, मिसावट गर्ने व्यपारी आदिसँग चन्दा, कमिशन, घुस लिन्छन् तर भन्दैनन् । घुस र कमिशन शव्द कानुनत बर्जित छ तर नेतासँग कार्यकर्ता र जनताले माग्ने र लिने चन्दा सहयोग बर्जित छैन । जुन नेताले बढी चन्दा र सहयोग दिन सक्छन् ती जनता र कार्यकर्ताका लागि प्रशंसनीय र पुजनीय छन् । त्यसै गरि जुन व्यक्तिले नेतालाई गोप्य चन्दा, घुस, कमिशन दिन्छन् । ती व्यक्ति संस्था नेताबाट संरक्षित छन् ।

कुनै समय थियो, नेतालाई खर्च टार्न कार्यकर्ता र जनताले पैसा दिन्थे । नेताको जीवन सादा थियो, खर्च सिमित थियो । नेता अध्ययनशिल थिए । नेता विचारले आचरणले पथ प्रदर्शक मानिन्थे । नेताप्रति जनता र कार्यकर्ता गर्व गर्थे, भरोसा गर्थे र विश्वास गर्थे । अहिले नेता विलासी भएका छन् । उनको अध्ययनशिलता इतिहास भएको छ । खर्चिलो जीवनशैली छ तर आर्थिक श्रोत अपारदर्शी छ । नेताको आचरण आम मानिसका लागि अनुकरणीय हुन छाडेको मात्रै होइन आलोचनाको विषय बनेको छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षको राष्ट्रिय स्तरका बैठक र भेला भए । गरमागरम बहस पनि भयो । तर बहसको केन्द्र भागमा नेताले भाग पाएको र नपाएकोमा केन्द्रित हुन पुग्यो । यो बहस आम मानिसका लागि कुनै अर्थको थिएन । तर पार्टीका खासखास कार्यकर्तालाई यसले अर्थ राख्छ । किनिकी आफ्नो पक्षका नेताले भाग पाउँदा उनको भागमा पनि चुहिने सम्भावना हुन्छ ।  

देशको ऐन कानुन बनाउने विधायक कानुनमा नभएको सुविधा मात्रै लिदैनन् कानुनले मिल्दै नमिल्ने सुविधा समेत लिन्छन् । आप्mनो खातामा कुनकुन शिर्षकमा ककसले पैसा हालिदिए पत्ता पाएनौ भन्छन् । सरकारी ढुकुटीबाट पैसा आप्mना खातामा सरेको पैसाको पत्तो पाइएन भन्छन् । लिन नमिल्ने घरभाडा मात्रै होइन धेरै कुरा लिएका छन् भनेर बुभ्mन धेरै मेहनत गर्नु पर्दैन । प्रधानमन्त्रीसम्म भइसकेका मानिसले आप्mना सहयोगी कर्मचारीको तलव आपैmंले बुझेको पाइनु सामान्य कुरा होइन । सहयोगी कर्मचारी नै नराखी त्यसता कर्मचारीको नाममा आपैmले तलव बुभ्mनु भनेको सरासर लुट हो ।

अरुले लुटेको देखें । त्यसैले मैले पनि लुटें भनेर चोखो बनिन सकिदैंन । सरकारमा बसेका मन्त्री, सांसद, सभामुख, सभापतिहरु आदिको आचरण र व्यवहार कानुन सम्वत भएन भने तिनले अरुलाई नियम कानुनको कसरी पाठ सिकाउन सक्छन् ? जुन मुलुकमा नेताले नियम मान्दैनन् त्यो मुलुकमा अरुले नियम मान्नु पर्दैन । जुन मुलुकका नेता भ्रष्ट हुन्छन्, त्यहाँ लगभग सबै भ्रष्ट हुन्छन् । न्यायलय किन भ्रष्ट हुदैछ ? किन भ्रष्टहरु कार्वाहीमा पर्र्र्दैनन् ? किन श्रोत विनाको धन थुपार्ने सम्मानित र पुजनीय छन् ? यो सबैको जग भनेको राजनितिज्ञको आचरण भ्रष्ट र जीवनशैली विलासी हुनु हो ।

म एक समय एउटा मावि स्कुलको व्यवस्थान समितिको अध्यक्ष थिएँ । त्यहाँ राखिएको चौकिदारले कक्षा कोठामा राखिएका पंखा चोरेर बेचेछन् । खोजी भयो, पत्ता लाग्यो । चौकिदान थुनामा परे, उनको जागिर गयो । मेरो विचारमा ती चौकिदारको अपराध र देशका मन्त्री, विधायक, सभामुख, सभापतिहरुको अपराध उस्तै हो  । यदि आपैmंले बनाएको कानुनले तोकेको भन्दा बढी सुविधा लिएर देशको सम्पतिको दोहन गर्छन् भने ।

देशले समृद्धिको कल्पना गरेको छ । तर असल आचरण विना न समृद्धि आउँछ न टिक्छ । विकास, समृद्धि आपैm आउदैंन, ल्याउनुपर्छ । यो अभियान हो । निरन्तर चलिरहन्छ । अभियानमा नेता हुन्छन्, अनुयायी हुन्छन् । नेताले नीति नियम बनाउँछन् र त्यसको पालना गर्छन् । अरुले त्यसको अनुसरण गर्छन् । नगर्ने पनि हुन सक्छन् । 

त्यसैले त्यस्ता नियम कानुन नमान्नेलाई राज्यले बल प्रयोग गरेर मान्न वाध्य गराउँछ । यो साधारण कुरा हो । तर, विडम्वना जो चोर उसैको ठुलो स्वर भनेभैm मन्त्री, विधायक, सभामुख, सभापतिहरु जो समृद्धिका अगुवा हुन्, देश र समाजका नेता हुन् तिनको आचरण नियम कानुनभन्दा भिन्न र जीवनशैली विलासी हुन्छ  । तब विकास र समृद्धिका वाधक तिनै हुन पुग्छन् । अहिले हामी सर्वसाधरण नागरिक यही नियति भोगिरहेका छौं ।

समृद्धि हामी सबैलाई चाहिएको छ । यो साझा विषय हो । सवाल यो कसले ल्याउने भन्ने पनि होइन । यो हामी सबै लागेर, मिलेर, कर्म गरेर ल्याउने हो । सवाल यसको नेतृत्व ककसले गर्ने भन्ने हो । हो, वर्तमानमा प्रधानमन्त्री केपी ओलीले यसको मुख्य नेतृत्व गर्नुभएको छ । तर देशको समृद्धि कुनै एक नेताले गरेर पुग्दैन । जिम्वेवारीका आधारमा धेरैले यसको नेतृत्व लिनुपर्छ । सबैले आ–आफ्नो जिम्वेवारी ठिकठिक ढङ्गले पुरा गर्नुपर्छ । गर्दै जानुपर्छ । नेतृत्वको आचरण र नीतिविधिमा एकरुपता हुनुपर्छ । त्यसमा अरुले विश्वास गर्नुपर्छ । विश्वास भएका मात्रै अनुयायी हुन सक्छन् । विश्वास जगाउने काम नेतृत्व गर्नेले गर्नुपर्छ । नेतृत्व गर्ने अवसर सबैलाई जुट्दैन । विश्वास आर्जन गर्नेले नेतृत्व गर्ने मौका पाउछन् ।

लुटेरा, ठग, ढाँट, ढोंगी, भ्रष्ट, घुस्याहा, स्वार्थीहरुको पनि एकता हुन्छ । उनीहरुको पनि नेता हुन्छ । विश्वास लागेकालाई नै उनले नेता बनाउने र मान्ने हो । आपूmले भनेजस्तो भएन भने उनीहरुले आपूmसँग चरित्र नमिल्नेलाई नेता मान्दैनन् । यो स्वभाविक हो । व्यक्तिगत स्वार्थ, आप्mनो हित उनीहरुको उद्देश्य हुन्छ । त्यसका लागि देश, समाज र अरुलाई लुट्नु, ठग्नु उनीहरुको आदर्श हो । 

यस्तो समुह देशको समृद्धिको वाधक हो । यो समुह देशको उपल्लो निकायसम्म सकृय छ । यसले अरुलाई पथभ्रष्ट बनाएर आप्mनो स्वार्थ पुरा गर्ने हो । तर देशको समृद्धि चाहने नेताले, जिम्मेवार व्यक्तिले यस्ता प्रबृत्तिबाट बच्नुपर्छ । ठिकबेठिकको छानविन गर्नुपर्छ । लिन मिल्ने मात्र लिनु पर्छ, खान मिल्ने मात्र खानुपर्छ । दिए खाएँ भन्ने कुरा लवस्तराको मात्रै हुन सक्छ । मलाई थाहा नै भएन भनेर नकच्चराले मात्रै भन्न सक्छ । 

इमान अरुका लागि होइन, आप्mना लागि र देखाउनका लागि होइन आपूmले पालन गरेर आत्म सन्तुष्टि लिने विषय हो । मैले अरुलाई सपार्न सकिन होला, मेरो प्रयासले पुगेन होला, मैले दुनियाँ बनाउन सकिन होला तर म इमान्दार भएर बाँचेको छु भनेर गर्व गर्ने छाती, मन, चेत आपूmसँग छ भने म, हामी देशको समृद्धिका संवाहक हौं । 

हामी अरुका नभए पनि आफ्ना लिडर हौं । परिवार, समाज, संस्था र अझ देश कै नेता, विधायक, माननीय, सभामुख, सभापति, राजनीतिक नेता, मन्त्री जस्तो जिम्मेवारीमा बसिसकेका र बहालमा रहेकाहरुमा यदि उच्चस्तरको नैतिकता छैन भने बुझे हुन्छ तिनले देशको समृद्धिको अगुवाई गर्न सक्दैनन् । अझ यस्ता जिम्वेवार ओहदामा बस्ने मानिसको आचरण विधिसम्वत, निति सम्वत छैन भने समृद्धिका बाधक नै यिनै गतल र फरक आचरणबाट भएको छ भनेर ठोकुवा गर्न सकिन्छ ।