डा. रमेशचन्द्र अधिकारी संस्कृत भाषामा नेपालबाटै पहिलो पिएचडी गर्ने व्यक्ति हुनुहुन्छ । संस्कृत भाषामा राम्रो दख्खल राख्नु हुने अधिकारी सीतायन जस्तो ठूलो महाकाब्य लेख्ने व्यक्ति समेत हुनुहुन्छ । रामका विषयमा धेरैले लेखे र त्यसको बाटो सबैले थाहाँ पाए भनेर सीताको विषयमा उहाँले लेख्नुभएको महाकाब्य १० हजार पृष्ठ लामो छ । अझै पनि सीतायनका बाँकी खण्डहरु लेखिरहनुभएका अधिकारी सीतायन व्यक्ति लेखनमा संसार भरीमै आजसम्मकै ठूलो महाकाब्य भएको बताउँनुहुन्छ ।  धादिङ सुनौला बजार गा. वि. स. १, नेवारपानीमा २०११ श्रावण १८ गते जन्मिनुभएका अधिकारीले राजनीतिशास्त्र,  साहित्याचार्यमा विद्यावारिधि गर्नुभएको छ । उहाँका सीतायन महाकाव्य (प्रथमदेखि चौधौं खण्डसम्म प्रकाशित छ । उहाका  राजतन्त्र र प्रजातन्त्रका सिद्धान्त, भामहते काव्यस्य स्वरुपम, पद्मदुर्गा महाकाव्य, राजनैतिक दर्शनको इतिहास, कौटल्य(मनु(ज्ञवल्क्यसिद्धान्तमूलकस्य लिच्छविकालिकशासनप्रबन्धस्य विश्लेषणात्मकमध्ययनम जस्ता कृति र १०० भन्दा बढी अनुसन्धानात्मक लेखहरु  प्रकाशित छन् । संस्कृत भाषा, साहित्य, दर्शन र महाकाब्य सीतायनको सेरेफेरोमा रहेर चक्रपथ डककमका लागि दिनेश घिमिरेले उनै भाषा विज्ञ एवं साहित्यकार डा. रमेशचन्द्र अधिकारीसँग गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

संस्कृत भाषामा आकर्षण घटिरहेको अवस्थामा नेपालबाटै संस्कृत भाषामा पहिलो पिएचडी गर्नु भयो संस्कृत भाषाको अवस्था कस्तो छ ? 

संस्कृत भाषा विश्वकै सबैभन्दा पुरानो भाषा हो । यसलाई जननी भाषा पनि भनिन्छ । नेपाली हिन्दी लगायतका कयौ भाषाहरुको माउ भाषा पनि संस्कृत नै हो । हाम्रा अन्य भाषामा आउने शब्दहरु संस्कृतबाटै आएका हुन् ।  वेद र पुराण र उपनिषेद्हरु सबै संस्कृतमै लेखिएका छन् । संस्कृत भाषा भनेको महान भाषा हो र यो पुरानो भाषा हो यसको आदी ग्रन्थ भनेको वेद हो । वेदलाई चार भागमा विभाजन गरिएको छ । वेदपछि उपनिषेद्काल  आयो, त्यसपछि धर्म शुत्रहरु, पुराणहरु आए । त्यो बेला संस्कृत भाषामा मानव समाजका सबै ज्ञान गुनका कुराहरु, जिव र जगतका कुराहरु सबै आए ।

त्यतिबेला संस्कृत भाषा अहिले अग्रेजी भाषा जस्तै विश्व भाषा थियो । वेद उपनिषेद र पुराणहरुपछि गणितमा फलित र जोतिष गणित आयो । व्याकरणमा पाणिनीको व्याकरण आयो । पाणीनीको व्याकरणलाई अहिलेको आधुनिक र वैज्ञानिक यूगमा पनि सबैभन्दा वैज्ञानिक व्याकरणको रुपमा चिनिन्छ । त्यस्तै गरी साहित्यहरु आए जस्तै कालिदाशहरुका साहित्यहरु आए । ठूलाठूला साहित्यिक रचनाहरु आए । कालिदाशले संस्कृत भाषमै विश्वविजयी महाकाव्य र खण्डकाब्यहरु लेख्नु भयो । आयूर्वेदहरु आए, अर्थशास्त्र, कुटनीति तथा नीति शास्त्रहरु पनि आए । अहिलेपनि जर्मर्नीमा संस्कृतको महत्व उत्तिकै छ । यूरोप भएर पनि त्यहाँ संस्कृत भाषा पढाईन्छ । पढाईको विधि भने फरक होला तर संस्कृतको महत्व विश्वमै हिजोपनि थियो आजपनि छ र भोली पनि हुनेछ । हिजाको जस्तो भोलम नभएपनि संस्कृत भाषाको महत्व आजपनि उत्तिकै छ । 

तपाई संस्कृतको भाषा महत्व बताइरहनुभएको छ तर यो भाषा त निश्चित जात जातीको त्यसमा पनि पुरुषहरुको कर्मकाण्डी भाषा मात्र भइरहेको छ नी हैन र ?   

संस्कृत वाङमयमा कुहिल्यैपनि जाति विभेद र बर्गविभेद  छैन । संस्कृतका श्लोकहरुमा जहाँ नारीहरुको सम्मान हुन्छ त्यहा देउताहरु पनि खुसी हुन्छन् भनिएको छ । संस्कृतमा दुर्गा काली भगवती आदि नारी देवीहरुको कति आदर छ त्यो सबैलाई थाहै छ  । समयक्रममा कर्मकाण्डी सोचले यो भाषा  एउटा जाती र बर्गको भाषा जस्तो बनाइयो । अभ्याशका शिलशिलमा केही विकृतिहरु पनि आए । जस्तै छुवाछुतहरु आए तर, त्यो वैदिक दर्शन वा संस्कृत भाषाले ल्याएको होइन । परासर श्रृषीले मगरको छोरीसँग विवाह गरेर व्यास जन्मिएका हुन् नी । त्योबेला त जातिप्रथा रहिन्छ नी हैन र । समाजमा देखिएको जातिय छुवाछुत, नारीप्रतिको भेदभाव हाम्रो वाङ्मयले ल्याएको होइन त्यो त अभ्यासका क्रममा केही वर्गले प्रयोगमा लाउँदै गर्दा रुढीको रुपमा आएको हो । आज क्रिश्चियनहरुले पनि संस्कृत भाषा पढिरहेका छन् । गिताको विषयमा आज संसारभरी पढाइ भइरहेको छ । गितामा संस्कारका सबै चिज रहेछ नी । आज उनीहरु पनि गितालाई अहोरात्र जपिरहेका छन् । अब समयक्रममा वैज्ञानिक प्रविधिको विकासका क्रममा पश्चिमिकरण बढ्यो । अग्रेजी भाषाको दवदवा बढ्यो । संस्कृत भाषा संसारकै पहिलो र वैज्ञानिक व्याकरण भएको भाषा भएकाले र वौदिक दर्शनहरु सबै संस्कृत भाषामै भएकाले यसको महत्व कहिल्यै सकिन्न ।   

संस्कृत भाषामै नेपालबाट पहिलो पिएचडी चाँहि किन गर्नुभयो ?

म तीन धारा क्याम्पस र वाल्मिकी क्याम्पसमा पढेको मान्छे । साहित्यमा आचार्य गरे । त्यो समयमा नेपालबाटै कसैले संस्कृतमा पिएचडी गरेका थिएनन् । संस्कृत विश्वविद्यालय नेपालको दोस्रो विश्वविद्यालयको रुपमा भर्खरै मात्र खुलेको थियो । मलाई साहित्य र संस्कृतमा रुची भएकाले पढे । सयोंग भनौ न मलाई नेपालभरबाट पहिलो हुने अवशर मिल्यो । 

संस्कृत भाषाको कुन विषयमा पिएडी गर्नु भयो ?

मैले संस्कृतमा कौटल्य, मनु याज्ञावल्वभको शास्त्रहरुले नेपालको लिच्छवीकालिन राजनीतिमा कति प्रभाव पर्यो भनेर थेसिस तयार गरेको हुँ । लिक्षिवी काल नेपालको विकासको लागि स्वर्ण यूग भनिएको छ नी । कौटिल्यको शास्त्रहरुमा शासन गर्नेहरुले जनताको आँसु देखेर त्यसलाई समाधान गर्न  सक्नु पर्दछ भनिएको छ । शासकहरुले आफू रुखजसरी उभिएर जनताको घाम पानी सबै छेक्न सक्नु पर्दछ भनिएको छ । जसरी रुखले सबै घामपानी आफूले खेपेर जनतालाई सितलता  दिन सक्छ त्यसैगरी जनतालाई सेवा गर्न सक्नु पर्दछ भनिएको छ नी । राजनीति गर्नेको छाती  ठूलो हुनुपर्दछ र सेवक हुँ भन्ने भाव हुन पर्दछ भनेर कौटिल्य ले भन्नु भएको छ । त्यसको प्रभाव त्यो बेलाको राजनीतिमा परेको देखिन्छ । चाणक्यले गरिबलाई ट्याकस नलगाउ भन्न्ुभएको छ । आम्दानी हेरेर ट्याकस लगाउनु पर्छ । हुनेलाई ट्याक्स लगाउ, नहुनेलाई नलगाउँ भन्नुभएको छ । पृथ्वीलाई कसरी पाउने र उपयोग गर्ने भन्ने कुरा नै अर्थ हो भनेर कौटिल्यले लेख्नुभएको छ । पैसा कमाउनका लागि शासन गर्ने होइन । सुख सयल र मोजमस्ती गर्नका लगि साशसन गर्ने होइन । त्यही शास्त्रको प्रभाव नेपालको राजनीतिमा कत्तिको पर्यो भनेर पहलिे अध्ययन गरेको हुँ । शासक किन बदनाम हुन्छ । शासक किन च्युत हुन्छ भनेर चाण्डक्यले भन्नुभएको छ ।स बै सन्दर्भ सामाग्री खोजेर महिले ४३ सालमा पिएचडी गरेको हुँं  । 

संस्कृत भाषामा जुन किसिमको रौनकता हुनु पर्ने हो छैन नी ?

अहिले संस्कृृतप्रतिको आर्कषण बढ्दै गइरहेको छ । अहिले दलित, महिला, क्षेत्री सबैले संस्कृत पढिरहेका छन् । क्रिश्चियनहरु ले नै अहिले गिता बढिरहेका छन् । अब रौनकको कुरा जुन गर्नुभयो यसमा के छ भने मणीले कसैलाई खोज्दैन, मानिसहरुले नै मणी खोज्ने हो नी । असल मान्छेलाई अरुले खोज्छन्, नजान्नेले प्रचार गर्दै हिड्छ,  जान्नीलाई त  अरुले खोज्छन् खोज्छन् । संस्कृत भाषा त्यही मणी हो उसले कसैलाई खोजेर हिड्दैन जस्ले मणीको महत्व बुझेको छ उस्ले खोज्दै हिड्छ । 

तपाई संस्कृत भाषा मणी हो भन्नु हुन्छ तर यसका उपभाषाहरु विकास भईरहेका छन् तर संस्कृत शास्त्रमै थन्किने अवस्थामा देखिन्छ त ? 

संस्कृत भाषा हाम्रो आमा हो । आमाबाट छोरा छोरीहरु जन्मिदैमा आमाको अस्तित्व नहुेभन्ने हुँदैन । आमा बुढि हुँदै जान्छछिन्, छोराछोरी भर्खरका हुन्छन् तर आमा त आमा नै हो नी । हजुरबा बुढा भए भए भनेर उनको आदर घट्छ र ? हिजो भाषै नभएको बेलामा भानुभक्तले रामायण लेखर कोकिल कण्ठ बनाइदिए । पछि त्यसैको प्रभावले नेपालमा ठुलाठुला कवि कवियत्री र साहित्यकार जन्मिए नी त्यसको मतलब अब भानुभक्तको ईज्जत त जाँदैन नी । त्यसैले संस्कृत भाषा भनेको आमा भाषा हो । आमाबाट छोरा छोरी हुन्छन् । आमा बुढि भइन भनेर आमाको इज्जत त जादैननी । आमा आमाकै ठाउँमा हुन्छिन नी । समय सबैभन्दा बलियो हो ।

संस्कृत भाषा हाम्रो आमा हो । आमाबाट छोरा छोरीहरु जन्मिदैमा आमाको अस्तित्व नहुने भन्ने हुँदैन । आमा बुढि हुँदै जान्छिन्, छोराछोरी भर्खरका हुन्छन् । आमा बुढि हुँदैमा आमाको अस्तित्व सकिन्न, आमा त आमा नै हुन् नी । 

यो साइकल जस्तै हो । समयभन्दा बलवान कोही पनि छैन ।  जसरी हिजो सबै धर्मगन्थ किताबहरु र भाषाको लागि संस्कृतको व्यापकता थियो भोली त्यो समय फेरि पनि आउँछ आउँछ । हरेक भाषा व्याकरण र साहित्यको समय अनुशार क्लाइमेक्स ( स्टेज) हुन्छ ।  त्यो स्टेज पार गरेपछि त्यो मन्ध हुँदै जान्छ र फेरि समयक्रममा त्यो भाषाको पुनः आवश्यकता बोध हुन्छ । अब कुनै समय संस्कृतहरुको भाषा वाहुनहरुको भाषा मात्र भनिथ्यो  तर अहिले सबै बोर्डिङहरुले नै संस्कृत भाषा नैतिक शिक्षाको लागि नभइ नहुँदो रहेछ भनेर सुरु गरेका छन् नि । सबै सुखी हुन्, सबै निरोगी रहन्, सबैलाई कल्याण होस् , कसैले दुख नपाहोस् भनेर संस्कृतमै भनिएको छ नी । १८ पुराणको सार नै अरुलाई उपकार गर्नु पुन्य हो, अपराध पाप हो भन्ने छ नी । मानिसहरुलाई चाँहिने जति नैतिक शिक्षा संस्कृतमै छ नी त्यसैले संस्कृत भाषाको महत्व कहिल्यै सकिदैन । संस्कृत भाषा जननी भाषा हो । आमाले च्यातिएको फरिया लाए पनि आमा त आमा नै हो नी । 

सीतायन जस्तो ठूलो महाकाव्य पनि लेख्नु भयो नी  ? यो कुन भाषामा छ ? के हो सीतायन ? 

यो नेपाली भाषामा लेखिएको ठूलो महाकाव्य हो । यसमा १० हजार श्लोकहरु छन् । यसमा अझै लेख्दै छु म । १४ खण्डहरु चाँहि प्रकाशन भइसक्यो । यो महाभारतभन्दा दोस्रो ठूलो किताब हो । महाभारत संस्था लेखन हो । व्यक्ति लेखनमा सीतायन भन्दा ठूलो किताब संसारमै छैन । १५ बर्षदेखि लेखिरहेको छु अहिले यसको १५ औं भाग लैख्दैछु म । यसको पहिलो श्लोकमै जसरी बाछाले माउको दुध चुस्दा नदुखाई दुख लिन्छ त्यसै गरी प्रजासँग कर लिंदा पनि त्यसैगरी लिन सक्नु पर्दछ र जनताकै हितमा उक्त कर काम गर्नु पर्दछ भन्ने विषय उल्लेख छ । 

सीतायन लेख्नु पर्छ भन्ने भावना चाँहि कसरी आयो ? 

म कस्तो मान्छे हुँ भने म मानिसहरुको दुई जात छ भन्ने कुरालाई पनि म मान्दिन । म जातभेद होइन लिङ्गग भेद छ भन्ने कुरा लाई मान्दछु । छोरी नभई छोरा हुँदैन । छोरा नभई छोरी हुँदैन । नारी र पुरुष भनेका एक रथका दुईटा पाग्रा अरु सबे कविहरुले पुरुष प्रधादन महाकाव्यहरु लेख्नु भयो । मलाई नारी प्रधान लेख्न मन लाग्यो । नेपालकी छोरी हुनन् । राम त भारतको होनी । देश विदेशको कुरा गरेको होइन राष्ट्रवाद र कट्टरपन्थीहरुको कुरा गरेको पनि होइन । सिता एक महान व्यीक्त हो । लिङ्गग भेदको आधारमा कसैलाई कमजोर देख्नु हुन्न । रामायण त सबैले देखे,अब सिताको बाटो पनि हेरौंन भन्ने लागेको हो । यसमा अलि बढि राष्ट्रवाद पनि छ , नारीवाद पनि छ । 

सीतायन लेख्दै गर्दा यत्ति ठूलो हुन्छ जस्तो लागेको थियो ? 

मलाई लागेको थिएन । म लैख्दै गए यो बन्दै गयो । म कर्ममा विश्वास गर्ने मान्छे कर्म गर्दै गए यत्ति ठूलो बन्न पुगेछ । गितामा भनेजस्तो काम गर्नी हो फलको आश नगर्नी हो । अहिलेसम्म १० हजार पेज छापियो अब अरु पनि लेख्दैछु र कतिसम्म सक्छु हेरौं । 

सीतायन पढनु परेमा पाठकहरुलाई कति पर्छ ?

यसको १४ खण्ड प्रकाशन भएको छ । ती सबै खण्डहरु किन्नका लागि त्यस्तै  ९ हजार जति पर्छ । 

संस्कृत भाषा किन पढ्ने ?

संस्कृत एउटा प्रफेशनल भाषा हो । संस्कृतमै गणित छ । वैज्ञानिक व्याकरण यसैमा छ । नैतिक शिक्षा संस्कृतमै छ । दर्शन छ चिन्तन छ । ज्ञानको कुरा नै वेदमा छ ।  आयूर्वेद यसैमा छ । योग यसैमा छ । जीवन जिउने कला नै संस्कृतमा छ  । बाँच्ने कला सिकाउनकै लागि संस्कृत सिक्नु पर्यो । हामीसँग धेरै कुराहरु छन्  त्यो हामीले चिन्न सक्नु पर्दछ । कुनै समय गरिबहरुले,महिलाले दलितहरुले शिक्षा लिन सक्ने अवस्था थिएन तर आज सबैले शिक्षा लिन सक्ने अवस्था छ त्यसैले अहिले महिला दलित जाति जनजाति सबैले संस्कृत पढछन्, वेदहरु पढ्छन्  । जस्ले संस्कृतमा भएको ज्ञानको विषयमा चासो राख्छन् तिनीहरले त संस्कृत पढ्छन पढ्छन् ।

संस्कृत भाषा कसरी सिक्ने ?

आवश्यकता नै आवश्यकताको जननी हो । जहाँ ईच्छा त्यहा उपाए भन्छन् नी ।

तपाई चाँहि कहिले पढ्नु हुन्छ ?

म रातको १२ बजेदेखि ४ बजेसम्म पढ्छु ।

अरु दिउसो पढ्छन् तपाई राती यो त उल्टो भएन र ?

उल्टो त हुनै पर्यो नी । तपाई दिउसो त कर्मकाण्डी हुनुहुन्छ । तपाईले बोलाउनु भयो , कसैले फोन गर्यो, बस चढे के के देखे कुरा गरे यो सब कर्मकाण्डी हो नी । रातको समयमा तपाई हामी कर्मकाण्डीबाट बँच्न सक्छौ । केही सिक्नका लागि एकाग्र हुन आवश्यक छ  । कर्मकाण्डीबाट बाहिर भएर मात्र मात्र केही कुरा सिक्न बुझ्न सकिन्छ । आफू आफैमा रमाएपछि खुसी हुन सकिन्छ । कसैले खुसी खल्तीमा हाल्दैन खुसी आफैले महशुस गर्ने हो । त्यसैले मलाई रातको समयमा त्यो एकाग्रता मिल्छ र त्यही समयमा पढ्ने लेख्ने र विषयवस्तुमा गहिरिने गर्दछु । 

आजकल पिएचडी गर्ने को होडवाजी छ नी ? 

सुकरातले भन्नुभएसजस्तै तपाईसँग ज्ञान छ तर विवेक छैन भने के अर्थ ? पिएचडी पढाईलाई अलि परसम्म लाने माध्यम त हो तर पिएचडी नै सबै थोक चाँहि होइन । सेक्सपिएरले एसएलसीसम्म पढनु भएको हो नी । लक्ष्मी प्रसादले विएसम्म पढनु भएको हो । डिग्रि सबै थोक होइन डिग्रि केही मात्र हो । जसरी लुगाले शरिरलाई तातो दिन्छ तर लुगा सबै थोक होइन नी । सेक्स पिएरले आजको ग्रामर लेभल (एसएलसीसम्म) पढ्नु भएको मान्छेका विषयमा लाखौं पिएचडीहरु भएका छन् तर जबकी त्यो लेख्ने मान्छे त ग्रामर लेभलसम्म मात्र त थियो नी । पिएचडी गर्दैमा जानिन्छ भन्ने पनि होइन । पिएचडी नगर्दैमा केही जानेको छैन भन्ने पनि हुँदैन । पिएचडी केही त हो तर सबैथोक भने होइन । 

विश्वमा संस्कृत भाषा र संस्कृत दर्शनको अवस्था कस्तो छ ?

एक दमै राम्रो छ । आज जर्मनीमा अग्रेजी भाषाकै माध्यमबाट वेद पढाइन्छ । चान्डक्यको विषयमा इन्डोलोजी भनेर लण्डनमा पढाईन्छ । हरेक यूरोपहरुमा गिता त अग्रेजीमाध्यमबाट पढाईन्छ पढाईन्छ । संस्कृत भित्र भएका जुन ज्ञानहरु छन् त्यो त संसारभर नै पढाईन्छ नी । संख्याको हिसाबले हेर्ने भने त ग्रिक र ल्याटिन भाषा हिजो संसारमै बढि बोलिन्थ्यो तर आज अग्रेजी छ ।

राज्यले संस्कृत भाषालाई उपेक्षा गरेजस्तो लाग्दैन 
मलाई त्यस्तो लाग्दैन ।  क्याम्पसहरु छन्, विश्वविद्यालयहरु छन् । राज्यले संस्कृत विद्यालयहरु, गुरुकुलहरु र विश्वविद्यालयलाई आजपनि सहयोग गरेर्क छ । संस्कृत पढ्न खुल्ला छ । जात धर्म लिङ्ग भेदका कारण संस्कृत पढ्न कोही कतै रोक तोक छैन । संख्यात्मक हिसाबले पढ्ने थोरै भयो होला तर संस्कृतभाषालाई राज्यले उपेक्षा भने गरेको छैन ।