२२ प्रतिशत क्षमतामा चलेको उदयपुर सिमेन्ट कारखानालाई १०० प्रतिशतमा पुर्याएर सफल कार्यकारीको रुपमा आफूलाई स्थापित गर्नुभएका आयल निगमका कार्यकारी निर्देशक सुरेन्दकुमार पौडेल उदयपुरमा कायम रहेको उक्त छवी निगममा पनि राख्ने प्रयत्नरत हुनुहुन्छ । निगममा यसअघिका कार्यकारी कुनै न कुनै विवादमा तानिएका छन् । सिमेन्ट उद्योगमा पाएको सफलतालाई निरन्तरता दिन आयल निगममा कत्तिको सहज छ ? चारबर्षको आफनो कार्यकालमा निगमलाई कायापलट गर्न उहाँ कतिको सफल हुनुहनेछ ? कार्यभार सम्हाल्नुभएको साढे दुईमहिनामा निगममा के कस्ता समस्या र चुनौती देख्नुभएको छ, यिनै बिषयमा चक्रपथ डटकमका लागि कविता अधिकारीले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश ।

सर्वसाधरणको दैनिक अत्यावश्यक वस्तुसँग जोडिएको नेपाल आयल निगममा साढे दुइमहिनाको तपाईको अनुभव कस्तो रह्यो ?

म निगममा आएको साढे दुइमहिनामात्रै भएको छ ।  अनुभवको कुरागर्नुहुन्छ भने यो धेरै स्थापित संस्था हो । यसको धेरै स्ट्रेन्थहरु  छन । यसको कमजोरी भन्दा पनि यहाँ क्षमतावान् कर्मचारी साथीहरु हुनुहुन्छ । सुरुमा धेरेै कामहरु अनुसन्धानात्मक हुन्छन् । त्यसपछि गर्ने कामहरु पहिचान हुदै जान्छन् । अहिले हरेक व्यवस्थापनको सुरुको गृहकार्य भनेको धेरै बुझने नै हो । मैले बुझेको के हो भने हाम्रो वितरण प्रणालीलाई प्रभावकारी बनाउने हो । नेपाल आयल निगम एउटा सानो कम्पनि हो । सबभन्दा ठुलो कम्पनी इन्डियन आयल कर्पोरेशन हो । व्यवसायी टयांकरदेखि लिएर उद्योगी,ब्रोकर, सार्वजनिक विक्रेता गाँउ गाँउसम्मको सप्लाइमा पनि ध्यान दिनुपर्छ । त्यसैले कुनै एउटा वितरण प्रणालीमा पनि सानो घाउ लाग्न दिनु भएन । वितरण प्रणालीका सबै प्रकृयालाई ठिकठाक राखी हामीले सेवाहरु प्रधान गर्ने अवस्था सधै राखिरहनु पर्दछ । यसमा निगम सरकारको समन्यकर्ता र सहजकर्ताको  भुमिकामा रहेको हुन्छ  र आयल निगमको अहिलेको टिमले धेरै काम गर्न सक्छ भन्ने विश्वास पनि बढेको छ ।

आयल निगममा धेरै भष्ट्राचार हुन्छ, चुहावट छ भनिन्छ, मुख्य समस्या के रहेछ ?

हाम्रो समाज कस्तो छ भने नकारात्मक कुराको धेरै चर्चा हुन्छ । हिजो इतिहासको कालखण्डमा त्यस्तो परिस्थिती थियो होला तर विगत दुईतीनबर्षदेखि त्यस्तो समस्या छ भन्ने मलाई लाग्दैन । अहिले निगमको कारोबार एक प्रतिशत नाफामा छ । पहिला घाटामा भएपनि विगत चारबर्षदेखि यो निरन्तर नाफामा छ । गत आर्थिक बर्षमा हेर्ने हो भने नाफा १ प्रतिशत छ भनेको २ खर्बको बार्षिक कारोबारमा २ अरब नाफामा छ । सवै हेर्ने हो भने घाटा केमा छ भन्दा टयांकर चुहावट, प्रेटोलियम पर्दार्थको वैज्ञानिक आधारमै पनि केही न केही क्षती भइरहेकै हुन्छ । कसरी भने पानीको बोतल तीन पटक अर्को बोत्तलमा खन्याउनुस् फेरि त्यो बोत्तल भरिदैन । केही न केही गुमेकै हुन्छ,  यो विज्ञान नै हो । त्यसैगरी उचाईको आधारमा पनि प्रेटोलियम पर्दार्थमा केही द्दटबढीहुनु स्वभाविक मानिन्छ । 

घाटाको कुरा आउछ, चुहावटको कुरा आउछ ,त्यो चुहावट हैन, यहाँ नेर दुइवटा घाटाको कुरा आउछ एउटा समान्य घाटा (नर्मल लस) अर्को एवनर्मल लष्ट (असामान्य घाटा) भरी बोतलको पानी तीन पटकसम्म हाल्दै निकाल्दै गर्दा भरिदैन त्यस्तै चुहावट पनि दुईवटा नर्मल लस र एवनर्मल लसलाई भनिन्छ । हामीले नर्मल लसलाई चाँहि हाम्रो अनुसार गर्न मिल्छ तर सामानय घाटा भनेको चाँहि रोक्न सकिदैन यो स्वभाविक हो ।  हामीमा धारणा के भयो भने नर्मल लस पनि एवनर्मल लस जस्तै भयो। यसलाई निगमले पनि बुझाउन सकेको छैन । बोत्तलको कुरा किन गरेको भने पानी सबैभन्दा ढिलो तात्ने चिज हो । तर तेल भनेको सानो डिग्रि मै तात्छ  । तीनप्रतिशत भ्यायुइडिसनमा निगमले काम गरिरहेको छ । कर्मचारीको खर्च , टोटल घाटापनि त्यही भित्र छ  । तपाई संसारमा कुनै पनि व्यापार देखाउनुस् त्यो तीनप्रतिशत नाफा भित्र बसेकै हुदैन । त्यसरी हेर्दा निगममा कसरी गल्ति छ ?

आयल निगमलाई आर्थिक कारोबार हुने ठाँउका रुपमा पनि बुझिन्छ, यहाँ आउनुभन्दा अगाडीका कार्यकारीहरु केही न केही समस्यामा मुछिएर, विवादमा परेर जानु भएको छ । सिमेन्ट फ्याक्ट्रीमा तपाईले कायापलट गर्नुभयो भन्ने चर्चा थियो ।  त्यही विश्वासले तपाई यहाँ तानिनुभएको छ । यति धेरै वेतिथी र विवाद भएको संस्थामा तपाईलाई कतिको सहज होला ? त्यहाँको ख्याती (इमेज) यथावत राख्न सक्नु हुन्छ ? 

सिमेन्ट कारखानमा प्राप्त गरेको मेरो सफलता यहाँपनि १०० प्रतिशत अझ भनौं २०० प्रतिशत नै हुन्छ । पहिलो त जनताको मुद्दा सुन्ने हो, यसको परिर्वतन म गरेरै छोड्छु त्यसमा ढुक्क भए हुन्छ । सवभन्दा पहिलो कुरा हरेक ठाउमा मनिटरिङ्ग हुन्छ । पहिलो शुरुवात तेलको हरेक थोपामा हरेक लिटरमा पोलिटिकलली इन्टेस्ट (राजनीतिक स्वार्थ ) र संस्था प्रमुखको इन्टेष्ट (स्वार्थ) छ भन्ने बुझनु भएको यदि हो भने म त्यसलाई पुर्णरुपमा निमिट्यान्नै गर्छु । म कहाँ कसैले यस्तो, उस्तो दबाब दिने भन्ने खालको केही पनि छैन । बरु कसैले निगममा यस्तो उस्तो भष्टाचार चुहावट हुन्छ भन्छन् भने त्यो बुझाइ चाँही गलत हो कि जस्तो चाँहि लाग्न थालिसक्यो । सवभन्दा पहिला हरेक प्वाइन्टमा संस्थाको प्रमुख र त्यो भन्दा माथिको व्यक्तिको इन्टेष्ट हुन्छ भन्ने जुन बुझाई छ नी त्यही सवैभन्दा पहिला सुधारको प्रयास गर्नुपर्छ । मलाई त गुड स्लिप (मिठो निन्द्रा) चाहिएको छ ।

गुड स्लिप कतिखेर हुन्छ भने जब तनाव हुदैन, टेन्सन हुदैन र आफुले कमजोरी कही छोडेको हुदैन भने राम्रो निन्दा लाग्छ म राम्रो निन्द्रा लिन चाहन्छु ।  तनाव के के बाट हुन्छ त्यो म गदै गर्दिन । अर्को के छ भने निगमको इमेज सुधारको प्रयास हुनेछ । नकारात्मक प्रचारगर्ने क्रम बन्द गरिनुपर्छ । त्यो सामाजिक वितरण (सोसियल मार्केटिक) को विकास गर्ने । अर्को सबै स्टेक होल्डरहरुलाई एकै ठाउँमा ल्याउने किनभने उहाँहरुबाट नै हो निगम बनाउने देश बनाउने । म के चाहन्छु भने मेरो कारणले राज्यले शिर निहुँराउनु नपरोस् र जसले मलाई यो काम पुरा गर्छ भन्ने विश्वासले निगममा पठाउनु भएको छ  त्यो विश्वास कायमै राख्ने हो । कस्तो मान्छेलाई निगममा पठाएछ भनेर गुनासो गर्ने अवशर चाँहि  म  दिन्न। 

म प्रत्येक हप्ता सवै डिपोको भ्रमण गरिरहेको छु । विहान ८ निस्कन्छु, वेलुका ९– १० बजे फर्किन्छु । मैले कसरी योजना बनाइरहेको छु भने कार्यालय समयमा मिटिङ्गगर्ने , व्यवसायीक छलफल गर्ने विहान वेलुकीको समयमा चाँहि व्यवसायीक प्लान बनाउने गरेको छु । नीति नियम बनाउछु र मेरो सबै समय निगमकै लागि लगाएको छु । अहिले हाम्रो कायार्लालयमा आएर हेर्नुस हरेक विभागका कर्मचारी काममा निक्कै नै मेहनत गरिरहेका हुन्छन् । उनीहरु कोही पनि खाली देख्नुहुन्न । धेरै कुराको योजना गरिरहेका छौ । अहिले हामी चाहनाको स्टेजमा छौ र चाहना के हो भने हामीले करिब करिब पत्ता लगाइसक्यौ । अब त्यसको कार्यान्वयनमा लैजाने सोंचमा छौ । ठुलो, सानो योजना बनाएर कार्यान्वयनमा लैजाने प्रक्रियामा छौ । 

अब उदयपुर र यहाँको तुलना गर्ने हो भने समस्या र डेडिकेसन चाँहि उदयपुर सिमेन्टमा बढि चाहिन्थ्यो । तर उदयपुर सिमेन्ट कारखाना सानो ठाँउमा भएकाले त्यो बन्द हुँदा नहँुदा राज्यको अर्थतन्त्रमा खासै ठुलो असर पर्दैन थियो । होला त्यहाँको समाज त्यहाँ कामगर्ने कर्मचारी त्यहाँको संघसंस्थालाई त्यसले असर पाथ्र्यो । त्यो हिसाबले आयल निगमप्रतिको आश अति नै ठुलो छ । तर संस्था चलाउने हिसाबले सिमेन्ट फयाक्ट्री यो निगम भन्दा पनि टप हो । त्यहाँ दश हजारवटा मेशिनलाई एकै चोटी चलाएपछि मात्रै प्लान बन्थ्यो त्यो धेरै कठिन हो । त्यहाँ कार्यकारी प्रमुख एक्लै थियो भने यहाँ त सारा राज्य छ, सारा व्यापारीहरु हुनुहुन्छ स्टेकहोल्डर छन् ।  त्यस हिसाबले काम गर्न यहाँ सजिलो छ । आयल निगम एकदमै सेन्सेटिभ (संवेदनशिल) छ  तर कामगर्न यहाँ सजिलो छ । 

निगममा तपाई आइसकेपछि के कस्ता समस्या र चुनौती पाउनुभयो ?
हामी भित्रै सिर्जित भएका केही समस्या छन् । व्यवसायीका टयांकर बनाइसक्नुभयो बाटोमा छ भन्नुहुन्छ, आधिकारीक कागज बनाएको छैन । पम्पहरु बनिसक्यो उहाहरु के आधारमा बनाउनुभयो ? लाइसेन्स चाहिन्छ, त्यही छैन । यस्ता खालका समस्याहरु छन् । कर्मचारीभित्र पनि बषौसम्म एकै ठाउमा बस्दा कामप्रतिको रुची कम भएको अवस्था पनि छ, यी सबै चिजलाइ उठाउन चाँहि चुनौती छन् । रोकिएका (पेन्डिङ) फाइलहरु सकाउनुछ । कर्मचारीको मनोबल खस्किएको छ त्यसलाई बढाउनुछ । कर्मचारीमा मोनोटोनस छ । मोटिभेसन तालिम टेनिङ्ग लगायतका कारण नहुदा केही समस्या देखिएका छन् । 

अर्को सबभन्दा ठुलो समस्या भनेको निगमले हामी निजिलाइ मात्रै दोष दिन्छौ या अरुलाइ नराम्रो भन्छौ । तर हामीले उनिहरुलाइ दोष दिनुभन्दा के नराम्रो हो भनेर भन्छौ । निगमसँगै इन्टरभेन्सनगर्ने नक प्वाइन्टहरु एकदमै थोरै छन् । किन थोर छन् भने हामी बढि स्टेकहोल्डरहरुसँग डिपेन्ड छौ । हामीले उहाँलाई इन्करेज गरेर उत्साह दिएर मात्रै सिस्टममा ल्याउन सकिन्छ । त्यसो भएकाले हामीले नै छलफल नगराइकन हामी धेरै ग्रोथ गर्न सक्ने  अवस्थामा छैनौ । जस्तो भारतीय साइडमा व्यवसायीहरुले ट्याकरमै बिभिन्न ठाउमा सहज आपुर्तिका लागि दिएका छन् ।  धेरै झन्झट पनि व्योहोर्नुपर्ने, भन्सारमै दुईतीन दिनसम्म बसिदिनुपर्ने अनि उता फयुल भर्ने ठाउमा पनि एक किसिमको कमजोर महशुस गर्नुपर्ने जस्ता समस्याहरु सबकोै पहिचान छ । तसर्थ व्यवसायीका समस्या लक गर्ने, टयांकरको समस्या के हो त्यसलाइ लक गर्ने, चुहावट त म भन्दै भन्दिन,  हिजो  समस्या थियो होला अहिले छैन । हामीले त्यसमा पुर्ण रुपमा लक लगाइसकेका छौ । चालकहरुका समस्या कसरी समाधान गर्ने ? भन्सारहरुमा देखिने अप्ठ्याराहरु रोक्ने आदि समस्याहरु समाधान गर्नु नै आजको माग हो ।   

समस्या समाधान गर्छु त भन्नुभयो तर कतिपय अवस्थामा कर्मचारीकै मिलोमतोमा पनि आयल निगमलाई घाटामा पुर्याउने चलखेल पनि हुन्छ भनिन्छ नी ? 

मलाई कसैले दबाब दिएको छैन, गुनासो एउटा पनि छैन । चुहावट पुर्ण रुपमा रोकिएको छ । चुहावटलाई रोक्न वा भन्नलाई उजुरी आउनु पर्यो । अहिलेसम्म त्यस्तो आएको छैन । आयल निगम त्यो पञ्जाबाट मुक्त भइसकेको छ । अहिले त पुर्णरुपमा नै रोकिसकेको छ । त्यो धेरै पहिला थियो होला म आउनुभन्दा अगाडि नै चुहावट रोकिइसकेको छ ।  व्यवसायी र स्टेक होल्डरलाई सहज रुपमा आपुर्ति बनाउने जस्ले जति माग्यो त्यती दिने भनिएको छ त्यो पुर्णरुपमा लागू भइसकेको छ । कुनै पम्पको कति भण्डारण क्षमता  छ त्यसका आधारमा भण्डारण क्षमताभन्दा कम तेल राखेको लाई बढि राख्नुस् भन्ने स्थितीमा हामी पुगिसकेका छौ ।  

आयल निगमलाई राजनीतिक आर्थिक हरेक किसिमको चलखेल हुने ठाँउ भनिन्छ । त्यो विकृती र विसंगती हटाउन के गदै हुनुहुन्छ ?

म आएको साढेदुई महिना भयो । यो अवधिमा मैले त  कहीबाट पनि चलखेल देखेको छैन । कहाँ हल्लिन्छ देखाइदिनुस् न  बरु मलाई ।  न मैले कुनै चलखेल देखेको छु, न मलाई कुनै दबाब आएको छ, न मलाई कसैले यो गरीदे र उ गरिदे भनेका छन् । शायद म सरकारको स्थायीत्वसँगै जोडिएर भाग्यवानी कार्यकारी भएको पनि हुनसक्छु  । सरकारको स्थायित्वसँग संस्था जोडिन्छ त्यस हिसाबले म भाग्यवानी हुनसक्छु । मलाई कुनै त्यस्तो कामको दबाब छैन । 

आयल निगमलाइ कतिपय अवस्थामा सरकारको सफलता र असफलतासँग दाँजिन्छ, यो कत्तिको साचो हो ? 

त्यो अर्के पाटो हो । संस्थाको कुरा गर्दा  हामी सप्लाइको पार्ट हौ तर माइक्रोमेनेजमेन्टको हिसाबले गर्दा हैन । मेक्रोमेनेजमेन्टको हिसाबले गर्दा त तपाइले भनेको जस्तो त्यतिमात्र हैन की नेशनल इकोनोमी ग्रोथ (राष्ट्रिय अर्थतन्त्र) लाई नै असर गर्ने खालको फयाक्टर हो आयल निगम । उत्पादनलाई नै डिस्टर्व गर्ने फयाक्टर हो । 

आयल निगम दैनिक घाटामा छ भनिएको छ अहिलेको अवस्थामा के छ ?

अहिले हामी फाइदामा छौ । घाटा हुनुहुदैन किन भने हामी कम्पनिमा छौ । घाटाभयो भने उता पैसा पुग्दैन बैकबाट ऋण खोज्नुपर्यो त्यसले सन्देश पनि गलत जान्छ । हाम्रो मेनपावरको मुख्य समस्या भनेको फाइनान्समै जान्छ । त्यहीभएर फाइनान्सीयल क्राइसिस हुनु हुदैन र नोक्सानमा जान पनि हुदैन । अन्तराष्ट्रिय बजारमा पेट्रोलको मुल्य बढ्यो भने यहाँपनि बढ्छ घटयो भने त्यस अनुपात मूल्य घट्दैन  । आयल निगमले बढाउदा उस्ले बढाएको जति बढाएको पनि छैन र घटाउदा उताको जति घटाएको पनि छैन । तेलको क्राइस (घाटा) भनेको शेयरको क्राइस जस्तै हो । मेरो साढे दुईमहिनाको समयमा अहिले ८ रुपैया मूल्यबृद्धि भएर आएको छ । मैले २ रुपैयामात्रै बढाएको छु । यो घाटा नै भयो । त्यसैले तेलको क्राईसिस भनेको सेयर क्राइसिस जस्तै हो । यसको नाफा घाटाभन्ने कुरा परिर्वतन भइरहन्छ । 

म आयल निगममा आइसकेपछि मेरो लक्ष्य भनेको निगमलाई ३ प्रतिशत फाइदामा लैजानु नै हो । तर कहिले काँही भाउ बढ्दा घट्दा, घटाउदा घटाउने, बढाउदा बढाउने गर्दा अर्थतन्त्रमा पनि त्यसले असर पार्छ त्यही भएर पनि हामीले सँगसगै मिलाउँदै गर्नुपर्छ । त्यहाँ पनि मेकानिजम छ नि नत्र त किन कार्यकारी चाहियो ? हो त्यहानेर विवेकको कुरा प्रयोग हुन्छ नी । विकेकको कुरा प्रयोग गर्दा यसले बढाएन, घटाएन भन्ने हुन्छ । यसमा ठुलो आत्तिनुपर्ने केही छैन । यसले जति नाफा गरेपनि नेपाल सरकारको हो ।  यो त १०० प्रतिशत राज्यको हो त्यहींभएर जनतालाई समस्यामा पार्नेकाम राज्यले गर्दैन । जनताले पाउने त सरकारबाट नै हो नी निगममा समस्या भएपनि सरकारबाट सहयोग पाइरहेका छौ । 

हामी कुन कुन पेट्रोलिय पदार्थमा फाइदा वा कुन कुनमा घाटामा छौ ?
हामी एलपी ग्यासमा मासिक १५ करोड घाटामा छौ । अब अहीले एउटा भाउ भनिन्छ ७ दिन पछाडि फेरि यही हुन्छ भन्ने स्थिती पनि हुदैन । तर मेरो स्टाटेजी के छ भने बार्षिक ३ प्रतिशत नाफामा लैजानु हो । अहिले एक प्रतिशत डेड प्रतिशत होला तर यो १५ दिनको हेरेर भएन मेरो लक्ष्य भनेको तीन प्रतिशत बार्षिक नाफा कमाउनु नै हो । ग्यासमात्रै नोक्सानमा हो । मट्टितेलको मुल्य घटाउने बितिकै अरु समस्या निस्किन्छ । आर्थिक क्षेत्रमा समस्या आउछ त्यही भएर त्यसमा नाफा नोक्सान हेरिदैन । अहिलेसम्मको कुरा गर्दा ग्यासमा मात्रै हामी घाटामा छौ । कति घाटा, कति नाफा भन्दापनि मेरो लक्ष्य बार्षिक तीन प्रतिशत फाइदामा लैजानु मात्रै छ ।

हाल कति लिटर तेलको आवश्यकता छ र कति आयात हुन्छ ? 

दैनिक करिब ६० देखी ७० लाख लिटर तेल आयात हुन्छ र त्यतिकै मात्रामा खपत पनि हुन्छ । कहिले अलि कम पनि खपत भइरहेको हुन्छ तर प्राय त्यतिकै मात्रामा गइरहेको हुन्छ । 

कहिले काँही बजारमा तेलको आपुर्तिमा हाहाकार देखाएर भित्रभित्र चाँहि व्यापारीहरु कमिसनको खेलमा हुन्छन् भनेको सुनिन्छ, वास्तविकता के हो ?

अस्ति हामीले ग्यासमा नै फेला पारयौ नी ? यहाँ के छ भने आवश्यकताभन्दा बढि व्यक्तिले कहिले काही सामानको जोहो गरिदिन्छन् ।  ५÷७ दिनका लागि पो जोहो गर्ने हो त । देशको बजार क्षमता तीनदिनका लागि छ । एउटा व्यक्तिलाई २ वटा ग्यास राख्नु ठिकै हो तर यहाँँ के भइदिन्छ भने ७–८ वटा ग्यासका सिलिण्डिर एउटै व्यक्तिको घरमा हुन्छ । यस्तो हुनु भनेको समाज नै स्वार्थीहुनु जस्तै हो, समाजमा पनि रुपान्तरण हुन जरुरी छ ।  व्यक्तिलाई ६÷७ वटा सिलिण्डर किन चाहियो ? अहिले समस्या के छ भने अलि हुनेखानेले सिलिण्डर घरमा लगेर राख्ने त्यसले त कन्जम्सन त बढदैन नी ? सिलिण्डर स्टक रहदा के भयो भने कन्ज्युमरले सिलिण्डर घरमा लगेर राख्दा कन्जम्सन बढदैन अनि बजारमा सिलिण्डरको साइकल कम भयो । समान बितरण भएन । बजारमा सिलिन्डरको अभाव हुन्छ । सिण्डिलर सर्वसाधरणको घरमा गएर बस्छ । त्यसले व्यवसायीलाइ पनि नोक्सान हुन्छ । उनीहरुलाइ जति रोल गर्न सक्यो त्यति फाइदा हुन्छ । व्यक्तिले छ÷ छ महिनाका लागि जोहो गर्न पर्दैन । मानिसले एक महिनाका लागि मात्रै सिलिण्डर राख्नुपर्छ । अहिले सबैले घरमा सिलिण्डर राखिदिनाले बजारमा सिलिण्डर नै छैन, कम छ , यसले अप्ठयारो हुन्छ नी । व्यक्तिले आवश्यकता अनुसार सिलिण्डरको प्रयोग गर्नुपर्यो । 

आयल निगम सधै घाटामा जानुपर्ने कारण चाँहि के रहेछ, तपाईले के पाउनुभयो ?

किन्ने एक रुपैयामा अनि बेच्ने ९० रुपैयाँ भएपछि त घाटामा भएन ? तेलको मुल्य राजनीतिक मुद्दा बनाईएका कारण निगम घाटामा गएको हो । यो तेलको मुल्य राजनीतिक बस्तु भन्दा पनि व्यवसायीक बस्तु बनाउनुपर्छ । पहिला राजनीतिक बस्तु भयो तेल तर म चाँहि आर्थिक  बस्तु बनाउनुपर्छ भनिरहेको छु । अहिले नाफामा जानुपर्छ भनेर बोल्ने हिम्मत म राख्छु । हाम्रो समाज कस्तो छ भने मानिसले धाराको पानी छोडेर जारको पानी खान थालीसके । त्यसमा खानेपानी संस्थानलाइ अथवा कसैलाई केही भन्दैनन् ।  हाम्रो तेलमा चाँही भाउ बढयो भने ठुलै मुद्दा बनाइन्छ । तर सोच्ने हो भने पानीको ढुवानी १८ सय पर्छ त्यसको हिसाब कसैले खोज्दैन तेलको ढुवानीको हिसाव अनुसारमा भन्नुहुन्छ भने हामीले प्रयोग गर्ने पानी कति महंगो छ ? तर खै कसैले खासै आवाज उठाएको देखिदैन, ८ हजार लिटरको १८ सय ढवानीमा मात्रै पनि २५ पैसा लिटरको पानी हामी पिउँछोै त्यो भनेको धेरै हो । 

ढ्ुवानीको हिसावमा भन्नुहुन्छ भने, सिलगुढीबाट झापा आउने जति झण्डै झण्डै पानीको ढुवानीमा त्यस्तैमा लाग्छ ।  यो के रहेछ भने जो सानो छ उसलाई हेप्ने परिपाटी छ यहाँ । किन भने हाम्रो भ्वाइस सानो छ । पानी, गिटि वालुवा, चिनी त्यस्तै महंगो छ तर त्यसमा खासै आवाज उठदैन । किनभने उनीहरु कमर्शियल बस्तु भए तर यो चाँहि राजनीतिक वस्तु बन्यो । यो व्यवसायीक क्षेत्र हो तर राजनीतिक उत्पादन जस्तो भयो त्यस रुपमा लिन भएन । अहिले हामी राजनीतिक उत्पादन थियौ तर अब कमर्सियल वस्तु बनाउछौ भनेर लागेका छौ र सरकारको पनि यसमा सहयोग र साथ छ ।

बेलाबेलामा ग्यास पेट्रोल सटेज हुदैछ भन्दै बजारमा अभाव भएको पनि सुनिन्छ, कर्मचारीकै मिलेमतोमा चुहावट र साँठगाँठ हुन्छ भनिन्छ नी ?

यो आफनै व्यवसायीलाइ विश्वास गर्न नसक्केको परिणाम हो । कुनैपनि व्यवसायीले जनतालाइ असर पार्ने गरि गदैनन यो हल्ला मात्रै हो । यो हल्ला किन आउछ भने अलि बढि सचेत सर्तक खोजिले यो भएको हुन सक्छ । अब त कुनै दिनपनि डराउन पदैन । यो त राज्य हो नी जति खेर पनि ग्यास पेट्रोल पाइन्छ । अभाव त्यो कुनै समय थियो होला । यो भनेको सेयरको मुल्य जस्तै तलमाथी भइरहन्छ । कहिले बढ्ने कहिले घटने यसलाइ ठुलो बिषय बनाउन हुदैन । अन्तराष्ट्रिय बजार अनुसार कहिले बढ्ने कहिले घट्ने त हुन्छ नी । तर अब बजारमा समस्या आउदैन । किन अगाडिदेखि नै राख्न परयो ? सकियो भने तुरुन्तै पाइन्छ । र अर्को कुरा साँठगाँठको छ , म आएपछि त्यस्तो भएको छैन । यदि त्यस्तो आयो  भने म तुरुन्तै एक्सन लिईहाल्छु । समस्या त कहिले काँही आउँछन् । रुघाखोकी लाग्यो भने पनि समयमा उपचार भएन भने ठुलो बन्छ नी ?  त्यस्तै सबै समस्या चुनौती पूर्ण नै हुन्छ । त्यसलाई कसरी ट्याकल गर्ने भन्ने हुन्छ । समस्याको समाधान गर्ने क्षमता मैले बनाएको छु र मेरो टिमसँग त्यो क्षमता छ । उहाँहरुको कामप्रति मलाई विश्वास छ, म सफल हुन्छु ।

बैकल्पिक सोंचहरु केही बनाइरहनुभएको छ की, हामी सधै परनिर्भर नै हुने हो ? 

वैकल्पिक सोचहरु त छन् तर त्यो बैकल्पिक खानीहरु हाम्रो हैन । सरकारले हामीलाई गर भन्यो भने हामी गर्छाै । अब बैकल्पिक स्रोतमा अटोमेशिनमा जाने र पाइपलानइनबाटै पेटे«ल ल्याउने सोंचमा छौ । त्यसले धेरै समस्या समाधान हुन्छ । चारहजार टयांकर चल्ने ठाउँमा दुइहजार मात्रै घटायौ भने पनि त केही सहज त हुन्छ नी । अहिले २५ सय टयांकर दैनिक ओहोरदोहोर गर्छन् त्यसलाइ हजार १२ सयमा झा¥यौ भनेपनि यसको ग्रोथलाइ रोक्यौ भनेपनि धेरै बचाउन सकिन्छ । ट्यांकरलाई घटाउने, पाइपलाइन जोडने, यहाँ विजुली आइसकेपछि बैकल्पिक मोटरगाडीहरुको व्यवस्थापन गर्ने,  गाडीमा इलेक्टीसिटि जडान गर्ने, जतिखेर बिजुली सहज र विजुलीको मुल्य घटछ त्यो भयो भने सहज हुन्छ । अनि इलेक्टिकल सवारी साधनको प्रयोगका बारेमा पनि हामीले छलफल गरिरहेका छौ । 

हिजो निगममा रहनुभएका कार्यकारीहरु प्राय विवादमा नै मुछिनुभएकोे छ तपाई चोखो रहनुहोला भनेर कसरी विश्वास गर्ने ? आफु सफल हुन्छु या विवादमा पर्दिन भन्नलाई के के गदै हुनुहुन्छ ?

मलाई केही डर छैन, म जनताको छोरो हुँ । मैले अघि नै भनिसके नी म गुड स्लिप चाहन्छु ।  त्यो भनेको नै ५० प्रतिशत समस्याको समाधान हो । म हाइमोरलमा काम गर्न रुचाउछु । मानिसको जीवनमा ५० प्रतिशतभन्दा बढि रोग लाग्ने भनेकै गुड स्लिप भएन भने हो त्यही भएर म त्यो मेरो जीवनमा आउन दिदै दिन्न । त्यस कारण मैले ५० प्रतिशत त हटाइसके नी  । बाँकी  ५० प्रतिशतले सफलता हात लागिहाल्छ नी । 

जनतामा अनुभूति हुने खालको काम देखाउन के के गदै हुनुहुन्छ ? 

अनुभूति दिलाउने काममा चाँहि पहिलो नम्बरमा त्यो पाइपलाइन जसरीपनि बिछ्याउने योजनामा छु । आयल निगमको  सबै संरचनालाई टेक्नोलोजिफे्रण्डी (प्रविधिमैत्री) बनाउने भन्ने छ । अहिले पाइपलाइन बिछयाउने कार्य सकिने समयभन्दा दुईबर्ष अगाडि छौ । नेपालमा यो भन्दा छिटो कुनैपनि प्रोजेक्ट भएको छैन । भारतदेखि अमलेखगञ्जसम्म पाईपलाइनबाट पेटोल ल्याउने प्रोसेसमा हामी काम गरिरहेका छौ । पाइपलाइन मार्फत हाम्रो पुरै डिमान्ड त मिट गर्दैन तर ५० प्रतिशतजति मिट गर्छ यसले धेरै ठुलो राहत हुन्छ । हामीले यो वैशाश मसान्तसम्म यो काम सकाउँछौ । त्यसपछि भन्सारमा हुने फर्मालिटि पुरा गरेर जेठ असारसम्ममा सकाईन्छ । अर्को सेवाग्राहीलाई निगममा आइसकेपछि कर्मचारीसँग भन्दा पनि प्रविधिसँग मैत्री बनाउने हो । अर्को, भण्डारण क्षमताको विकास गर्ने हो । अहिले भण्डारण कम छ त्यसको क्षमता बढाउने यसको योजनापनि हामी गर्दैछौ ।