धनगढी २८ माघ –धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुदैछ  । आयोजक धनगढी क्रिकेट एकेडेमिले शनिबार धनगढीमा एक कार्यक्रम गर्दै डिपिएल-३ उद्घाटन गरेको थियो । तर बर्षाका कारण प्रतियोगिता दुई दिन पछाडी सरेको थियो  । 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन् । पहिलो खेल बिहान ९ बजे हुनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट मान्यता प्राप्त प्रतियोगितामा ६ टोली धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहेको छ ।