चीनियाँ रक्षामन्त्री वेई फेङ्गवे  काठमाडौं आइपुगेका छन् । उनी चीनको केन्द्रीय सैन्य आयोगमा राष्ट्रपति सी पछिको वरियतामा रहेका छन । नेपाल-चीन  सम्बन्ध सबल र सुद्रिढ राख्न यस्ता उच्च स्तरका भ्रमणको अहम भुमिका रहिरहन्छ ।

नेपालले लिम्पियाधुरा समेटिएको अध्यावधिक नक्शा प्रकाशित गरेपछि भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेज्यूले नेपालको भ्रमण गर्नु भएको थियो । एक नेपाली नागरिकको हैसियतले मैले उहाँलाई नेपालको लिम्पियाधुरा समेटिएको अध्यावधिक नक्शाको  प्रसंग राखि एक लेख मार्फत स्वागत गरेको थिएँ । त्यसैगरि, हाल नेपाल भ्रमणमा आउन लाग्नु भएका चीनियाँ रक्षामन्त्री वेई फेङ्गवे लाई नेपालको लिम्पियाधुरा समेटिएको अध्यावधिक नक्शाकै प्रसंग सहित यस लेख मार्फत स्वागत गरेको छु ।


सन २०१५ मे  को बूँदा न २८ को लिपुलेकलाई भारत-चीनको ट्रान्जिट रुटमा समावेस गरिने भन्ने ब्यहोरालाई चीनको तर्फबाट नल एन्ड भ्वाईड गरिदिनु हुन तपाईले आफ्नो सरकारलाई सुझाब दिनु भै नेपालको सार्भौमिकताको सम्मान गरिदिनु होला ।

नेपालका दुई छिमेकी देशका उच्च संमानित ब्यक्तित्वलाई अध्यावधिक नक्शाको प्रसंग जोडन पाउँदा ज्यादै खुशी लागेको छ ।  स्वागत गरिरहँदा मेलै मे १५ २०१५ को भारत-चीन बीचको  निम्न सयूक्त ब्यक्तब्यको प्रसंग जोडिरहेको छु ।

Point No 28 of Joint Statement between the India and China during Prime Minister (Modi)’s Visit to China, 15 May 2015 reads as follows.

“The two sides recognized that enhancing border area cooperation through border trade, pilgrimage by people of the two countries and other exchanges can effectively promote mutual trust and agreed to further broaden this cooperation so as to transform the border into a bridge of cooperation and exchanges. The two sides agreed to hold augmenting the list of traded commodities, and expand border trade at Nathula,  Qiangla/Lipu-Lek Pass and Shipki La.”

एसियाका प्राचीन दुई मुलुक नेपाल र चीन नजिकका छिमेकी असल मित्रराष्ट्र हुन् । यी दुई बीचको सम्बन्ध शताब्दियौँ पुरानो छ । सन् ३९९ मा चीनबाट फा स्यानको टोली बुद्धधर्म अध्ययनका लागि नेपाल आएको थियो । सन् ५९२ तिर राजा अंशुवर्माकी छोरी भृकुटीको विवाह तिब्बतका राजा स्रङ चङ गम्पोसँग भएको थियो । सन् ६२९ तिर चिनियाँ यात्री हुएन साङ नेपाल आएका थिए । नेपालका प्रसिद्ध कलाकार अरनिकोले चीनको राजधानी पेइचिङमा सन् १२७९ मा श्वैत चैत्य निर्माण गरेका थिए । जस्ले मैत्रि सम्बन्धको गौरब दर्शाईरहेको छ ।

सन १९४९ मा चीनमा कम्युनिस्ट पार्टीले सत्ता सम्हाले पछि असंलग्न राष्ट्रहरूको बाङडुङ सम्मेलनले अघि सारेको ‘पञ्चशील’ को सिद्धान्तलाई नेपाल र चीनले अवलम्बन गर्दै सन् १९५६ सेप्टेम्बरमा १९५७ जनवरी १७ देखि नेपाल–चीन दुई मुलुकबीच मैत्री सन्धि भएको थियो ।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको चीन भ्रमणका बेला सन् १९६० मार्च २१ मा नेपाल–चीनबीच पहिलो सीमा सन्धि भएको थियो । सन् १९६१ अक्टोबर ५ को अर्को सीमा सन्धिमा दुई देशबीचको सीमारेखा कहाँबाट जान्छ भन्ने कुरा खुट्याइएको थियो । त्यसपछि सन् १९६१–१९६२ बीचमा स्थलगत सीमाङ्कन सम्पन्न भएको थियो ।

नेपाल र चीनबीच सीमाङ्न ऐतिहासिक दस्ताबेज, स्थलगत अध्ययन गर्ने, पानीढलो, प्राकृतिक चुचुरा, नदी सिद्धान्त र आपसी समझदारीका आधारमा गरिएको यहाँलाई अवगतनै छ ।  पछिल्लोपटक नेपालले आफ्नो अध्यबधिक नक्सा जारी गरेपछि लिम्पियाधुरा सीमा अतिक्रमणलाई विषयान्तर गर्न षडयन्तर भ्रम फैल्यउन खोजिएको छ र चीनले पनि नेपाली भूमि मिचेको झूटा समाचारहरु आईसकेका पनि छन । रुई र तेघा गाउँ र नाम्खा–लिमी प्रकरण केही उदाहरण हुन । तर यस्ता कहीँ कतैबाट नेपाल-चीन सीमा विवादमा भ्रम श्रृजना गर्ने प्रयासलाई दुबै देशले यथोचित सम्बोधन गरि भ्रमलाई चीरफार गरि दुई देश बीचको सुमधुर सम्बन्धमा दरार आउन सम्बन्ध छैन ।

महामहिमज्यू, तपाईलाई नेपालमा नेपालको अध्यबधिक नक्शा उपहार सहित स्वगत छ । साथै यो पनि स्मरण गराउन चाहन्छु कि  सन २०१५ मे १५ को भारत-चीनको संयूक्त समझदारि पत्रको बूँदा न २८ मा परेको लिपुलेक शब्दले हामी तीन करोड नेपालीको चित्न दुखेको छ । नेपालको सार्वभौमिकतामा चोट लागेको महसुश भएको छ । त्यो संझदारी पत्र प्रकाशन भए पछि तीन करोड नेपालीहरुले एकै स्वरमा बिरोध गरेका थियौँ। तत्कालीन सरकार प्रमुख शुशिल कोईरालाबाट फोन बाटनै बिरोध जनाईएको संचार माध्यममा समाचार आएका पनि हुन ।

माहामहिम  वेई फेङ्गवेज्यू, लेपुलेक भज्यागंसंम भारतको सीमा पुग्दैन र लेपुलेक क्षेत्र भरतको होईन भनि बुझिदिनु होला । सन २०१५ मे  को बूँदा न २८ को लिपुलेकलाई भारत-चीनको ट्रान्जिट रुटमा समावेस गरिने भन्ने ब्यहोरालाई चीनको तर्फबाट नल एन्ड भ्वाईड गरिदिनु हुन तपाईले आफ्नो सरकारलाई सुझाब दिनु भै नेपालको सार्भौमिकताको सम्मान गरिदिनु होला ।

हो, निश्चयनै २०१५ मा नेपालको नक्शामा केहि अस्पष्टता थियो । कालापानीमा भारतीय अतिक्रमणको बिरोध भैरहेको त थियो नै, तर लिम्पीयाधुरा सुगौली सन्धिको ब्याख्यामा  अल्मलिएको थियो । अहिले नेपालको लिम्पियाधुरा समेटिएको नक्शा सुगौली सन्धि र ऐतिहासिक तथ्य प्रमाणका आधारमा अध्यावधिक गरि नेपालको संसदबाट सर्वस्ममत अनुमोदन भएको छ ।

तसर्थ भारतको सीमा लिपुलेकबाट करिब २२ किमि दक्षिण पस्चिम गुन्जि दोभानसंम मात्र हो । नेपालको सहमति बेगर नेपालको करिब २२ किमि भूमी हुँदै लिपुलेकबाट ब्यपारिक नाकाको प्रशंग आउनु नेपालीको लागि पच्न सक्ने बिषयनै होईन । नेपालीहरू यस बिषयमा गंभिर छन भनेर बूझिदिनु हुने छ ।

सुगौली सन्धी नेपाल–भारतको सीमा निर्धारण गरेको छ । पूर्वमा मेची सीमा नदी हो र पश्चिममा काली सीमा नदी हो । ब्रिटिस कम्पनी सरकारको तिब्बत जोड्ने र ब्यापार बढाउने सजिलो नाकाको खोजी र स्वतन्त्र भारतको सुरक्षा र तिर्थयात्री पथको लालचाको कारणले सीमारेखा परिवर्तन षड्यन्त्र सुरु भएको देखिन्छ । र पछिल्ला काल खण्डमा लिपुलेकपासको मोह र सन् १९५० को दशकपछि कालापानी बगरको मोहले भारतबाट विभिन्न षड्यन्त्रका प्रयास भएको  हुन । सन २०१५ को संझदारी पत्रमा भारतले लिपुलेक सुटुक्क पारिनु पनि त्यसैको श्रृखला रहेछ भनि बुझि दिनु  हुनेछ ।

सुगौली सन्धी १८१६ र नदी जलविज्ञानको हिसाबले नेपालको सीमाना लिम्पियाधुरासम्म पुग्छ । कालापानी, लिपुलेक लगायतका भुभाग नेपालका हुन भनेर नेपाल सरकारले सधै दाबी गरिरहेकोनै थियो । बुढापाकाहरु, चौतारिया  बमशाहको दावी देखिनै राणाकाल, राजाकाल र बहुदलकाल सम्म नै लिम्पियाधुरासम्मको भूभाग नेपालको हो भनेर भनिरहेका रहेछन् । नेपालका केही सीमाविद्हरुले वि.सं. २०५५ पछि मात्रै नेपालको भूभाग लिम्पियाधुरासम्म रहेको थाहा पाएर होहोल्ला गर्न थालेका रहेछन । भारतलेनै बनाई दिएको बुच्चे नक्शालाई आधार लिई जान-अन्जानमा नेपालको बुच्चे नक्शामा लिंपियाधुरासम्मको भूभाग छुटेको कारण केही कोहिमा भ्रम पैदा भएको रहेछ । तर यस लेखकले २०५३ साल कार्तिक १८ गते (३ नोभेम्बर १९९६) को दिन एक लेख “महाकाली नदीको उद्गमस्थल” कान्तिपुर दैनिकमा  प्रकाशित गरि नेपालको सिमाना लिम्पियाधुरा सम्म पुग्ने तथ्य प्रकाशित गरेको थियो ।

तर, अहिले तीन करोड नेपाली सबैले थाहा पाइसकेका छन् । हाल उपलब्ध प्रविधिले परिस्कृत र लिम्पियाधुरा समेटिएको अध्यावधिक नक्शा आइसकेको छ र मेरो हिसाबमा करिब ४०० वर्ग किलोमिटर जमिन अतिक्रमित भइरहेको छ भन्ने बिषय अनौपचारिक रुपले बुझिदिनु होला ।

विश्वास छ कि तपाईको नेपाल बसाईमा तपाईबाट सुगौली सन्धीको ऐतिहासिक वास्तविकता अनौपचारिक रुपमा जानकारी लिनुहुने छ, । त्यो भूभाग नेपालको रहेछ भनेर सहजै एकिन गर्नुहुने छ र  संझदारी पत्रमा रहेको लिपुलेक लाई हटाई दिई भ्रमलाई चिरिदिनु होला  हो भनेर नेपालीले बिझेका छौ ।

पहाडको चुचुरामा पर्ने त्रिदेशीय बिन्दु त्यो हो, जहाँ परेको पानी बराबर बाँडिएर तीनवटै देशमा झर्छ । नदीको शिर पनि त्यही बिन्दु सम्म पुग्छ, जुन बिन्दुमा परेको पानी नदीमा मिसिन आउँछ । माथिका सबै तथ्यले नेपालको पश्चिमोत्तरको नेपाल–भारत–चीनको त्रिदेशीय बिन्दु करिब ६ हजार मिटर माथि लिम्पियाधुरा चुचुरामा पर्छ र यो बिन्दु लिपुलेक पासबाट सिधा करिब ५३ किमी दूरी र सीमारेखा करिब ६६ किमी पश्चिमोत्तर दिशामा पर्न आउँछ भन्ने पनि बुझिदिनु होला । सन १९६३ को नेपाल-चीन सीमा प्रोटोकलमा त्रिदेशीय बिन्दुको बारेमा केहि अपष्टता र केही भ्रम रहेको छ । त्रिदेशीय बिन्दु लिम्पियाधुरा चुचुरामा पर्छ भन्ने बिषयमा स्पष्ट भैदिनु होला र तपाईको सरकारलाइ यो यथार्त बुझाइ दिनु होला ।

सन २०१५ मे १५ को भारत-चीनको संयूक्त समझदारि पत्रको बूँदा न २८ मा परेको लिपुलेक शब्दले हामी तीन करोड नेपालीको चित्न दुखेको छ । नेपालको सार्भौमिकातामा चोट लागेको महसुष भएको छ ।

चीन नेपालको एक असल, गहिरो संबन्ध भएको मुलुक हो । नेपालको अखण्डता अक्षुण राख्न चीनको सदभाव रहिआएको छ ।

नेपालका जेजति कमजोरी र भारतका जेजस्तो मनसायले नेपालको सीमा अतिक्रमित भएको भएपनि भारतलाई असल छिमेकीको हैसियतले नैतिक र कूटनीतिक दवाव दिएर नै नेपालले आफ्नो भूभाग फिर्ता लिनेछ भनेर बुझिदिनु होला । अन्त्यमा, पुनः तपाईलाई नेपालको लिम्पियाधुरा समेटिएको अध्यावधिक नक्शाले स्वागत छ । तपाईले गर्नु भएको यो भ्रमणले नेपाल-चीन बीचको संबन्धलाई थप मजबुत गरेको छ ।