काठमाडौं, २५ जेठ – विश्वकपको चार्चासँगै ब्राजिलका महान फुटबलर पेलेले ब्राजिलियन टिमले विश्वकप जित्न नसक्ने दाबी गरेका छन् । विभिन्न सर्वेक्षण तथा एक्जिट पोलहरूले ब्राजिल रूस विश्वकपमा उपाधिको सबैभन्दा प्रबल दाबेदार देखाइरहेको बेला ब्राजिलकै महान खेलाडी पेलेको यो भनाई बाहिर आएको हो । 

‘हामी सँग विश्वकप जित्न सक्षम टीम नरहेको पोलेको भनाइ छ ।’ एक खेलाडी (नेयमार) को भरमा मात्र विश्वकप जित्न सकिन्न,’ पेलेले भने । यध्यपी यही बेला पेले नेयमारका लागि निक्कै प्रशासा गर्न भने चुकेका छैनन् । उनले भनेका छन्  ‘नेयमार मेरा लागि विश्वका सर्वश्रेष्ठ खेलाडीमध्येको एक हो । 

ऊ अहिले अधिक परिपक्व र अनुभवी पनि छ । तर उसले एक्लै विश्वकप जित्न सक्दैन । यसका लागि समग्र टीमको प्रदर्शन चाहिन्छ ।’ पेलेको नजरमा सन् १९७० मा विश्वकप जितेको ब्राजिलियन टोली अहिलेसम्मकै उत्कृष्ट टोली हो । 

टोस्टाओ, रिभेलिनो, गर्सन र पेले सबै क्लब टीमबाट १० नम्बर जर्सी लगाएर खेल्थे । विश्वकपभन्दा ६ महिना पहिले नै हामी एकसाथ भयौं । पूरा समय एकसाथ बितायौं । त्यसपछि सो कामलाई सही दिशा दियौं,’ पेलेले भने । पेलेले ब्राजिलका लागि १९५८, १९६२ र १९७० मा विश्वकप जितिसकेका छन् ।