काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र आफ्नो आधिपत्य जमाउन शुरु गरेका छन् ।

सभापति शेरबहादुर देउवा निकट मानिने निधिले आफू अनुकूलका निर्णयहरू कांग्रेसभित्र गर्न थालेको आरोप छ । कांग्रेसको सभापति पद हत्याउनका लागि आफ्नै लगानीमा एउटा अनलाइन चलाउन थालेका निधिले पार्टीभित्रका विरोधीहरूलाई त्यहीबाट तेजोबद्ध गर्ने योजना बनाएका छन् ।

निधिले अनलाइन चलाउनका लागि ८० लाख पैसा उपलब्ध गराएको स्रोतको भनाइ छ । तर, जुन अपेक्षा लिएर निधिले अनलाइनको शुरुवात गरेका थिए त्यो अनलाइनले खासै दम देखाउन सकेको छैन ।

निधिले महासमिति बैठक प्रभावित बनाउन देउवालाई उकासेको आरोप छ । निधिले विधान मस्यौदा समिति बनाउन पनि बखेडा गरेको स्रोतले जनाएका छन् । देउवालाई विरोधी नेताहरूको मागलाई धेरै ध्यान नदिन दवाव दिँदै आएका छन् ।

निधिले प्रदेश दुईमा आफ्नो अखडा बनाउन सक्रिय छन् । विरोधी नेताहरूलाई एकएक गरेर निधिले सिध्याउने गरेर योजना बनाएको एक केन्द्रीय सदस्यले बताएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोसँग प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका निधिले बलियो बन्दै गएको कांग्रेसलाई समस्यामा पार्न खोजेको भनेर आरोप लागेको छ । मिडिया डबली डट कमबाट