काठमाडौँ, २२  मङ्सिर - तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ ।    
    
यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन् ।    
    
नेपालले शनिबार म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जित्नुभएको हो । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो ।

यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जित्नुभएको थियो । यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जित्नुभएको हो । उहाँले बङ्गलादेशका खेलाडीलाई पराजित गर्नुभयो । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।    
    
साग पदक तालिका  :

देश          स्वर्ण          कास्य        रजत       जम्मा    
भारत         १०६           ६९            ३५          २१०    
नेपाल         ४३             ३३            ६२          १३८    
श्रीलङ्का      ३०            ५४             ८३          १६७    
पाकिस्तान    २१            १८            ३४          ८३    
बङ्गलादेश     ७             २२            ५४          ८३    
माल्दिभ्स       १              ०              २            ३   
भूटान            ०              ०              ६              ६