काठमाडौँ, ३० जेठ–काठमाडौंको जडीबुटीमा टिपरले स्कुटरमा ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बा ४ ख ३५५८ नम्बरको टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा ती महिलाको मृत्यु भएको हो । स्कुटीमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता डिएसपी नवीन राईले जानकारी दिए ।

घटना लगत्तै आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन् । मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन ।

यसैबीच ट्राफिक प्रहरीले जडिबुटीमा भएको सडक दुर्घटनाको कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएकाले वैकल्पिक रुटको प्रयोग गर्न अनुरोध गरेको छ ।