काठमाडौं, ९ माघ– उर्जामन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्डले मांसाहारी आन्दोलन गर्ने धम्की दिनु ‘पाखण्डीपन’ भएको बताउनुभएको छ ।

बिहीबार केपी शर्मा ओली निकट प्रेस संगठनको दोस्रो भेलालाई सम्बोधन गर्दै उहाँले सम्मृद्धिको यात्रामा हिँड्नुपर्ने बेलामा ‘शाकाहारी आन्दोलनले नहुनेभन्दै हिड्नु गलत भएको बातउनुभयो ।    

‘आफ्नो सरकार आफैं ढाल्न खोज्ने एकथरी साथीहरु अहिले सडकमा शाकाहारी होइन मांशाहारी आन्दोलन गर्ने भनिरहनुभएको छ । यो जस्तो ठुलो पाखण्ड के हुन्छ ?’ मन्त्री रायमाझीले प्रश्न गर्नुभयो  । उहाँले  ढुंगामुढाको बाटो हिँडेर कहीँ नपुगिने बताउनुभयो । 

ओलीलाई नेकपाको सर्वसम्मत नेता भन्दै रायमाझीले कसैलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्न मन लागे पार्टी प्यालेसमा नभई विधिविधान अनुसार चल्न आग्रह गर्नुभयो ।