काठमाडौं, ३१ भदौं–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छ्रिङ्खल गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उच्छ्रिङ्खल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गर्नुभएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औँ प्राज्ञ सभाको मंगलबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले समाजमा हुने अराजकता र उच्छ्रिङ्खल खालका गतिविधिले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने हुनाले त्यस्ता खालका गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुनेभएकाले त्यस्ता कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँढीलाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो ।