‘नेपाल भ्रमण वर्ष २०२०’ का संयोजक सुरज वैद्य पर्यटन बर्ष २०२० सफल हुने नहुने नेपाली मिडियामा निर्भर रहेको बताउनुहुन्छ । ‘सरकारले भ्रमण बर्षको तयारी तिब्र पारेको छ, अब यो  सफल हुन्छ हुदैन त्यो मिडियाको हातमा छ ।’ मिडिया जगतले माइन्ड सेटको काम गर्ने बताउँदै उहाँ भन्नुहुन्छ,–यसका लागि नेपाली मिडिया जगत उत्साहित भएर लाग्नुपर्छ, नेपालीहरु गरिब हैन धनी छन्, यहाँका सम्पदा, संस्कृति, सुन्दरताहरु र देखाउन सकिने जे जति छन् त्यसका लागि मिडियाकै भूमिका अहंम् हुने उहाँको बुझाई छ । 

पर्यटनबर्ष २०२० को तयारी 

भ्रमणबर्षको मुख्य उदेश्य भनेको विदेशी पर्यटक ल्याउनु हो । पर्यटनबर्षमा १० करोड खर्च गरेर १ अरबको काम गरिने योजना छ । लगानी बिना नेपालमा पर्यटन विकासको सम्भावना छैन । सम्मेलनबाट लगानी जुटाउने प्रयत्न हुन्छ । प्रचारका लागि विभिन्न देशमा राजदुतहरुको नियुक्ति गरिने काम पनि हुन लागेको छ । 

नेपालको पर्यटनमा सहयोग गर्ने मानिसलाई  सम्मान गर्ने योजनामा पर्यटन बोर्ड रहेको छ । भ्रमण बर्ष सफल बनाउन  विभिन्न देशमा नेपाल महोत्सवहरु हुँदैछन् । चाइनामा नोभेम्बर १५ देखी १७ सम्म नेपालको प्रस्तुती देखाउने तयारी भइरहेको छ । चीनको ‘जी–ट्रिप’ अर्थात् ट्राभल एजेन्सीको सहकार्यमा भ्रमण वर्षमा नेपालमा पर्यटक भित्र्याउने काम भइरहेको छ ।  यी एजेन्सीले पर्यटन प्रबर्द्धनको काम गर्नेछन् । अर्को छिमेकी राष्ट्र भारतमा पनि पर्यटन प्रबर्द्धनको लागि नेपाली दूतावासको सहकार्यमा नेपाली महोत्सव गर्ने बताइएको छ । महोत्सवमा नेपाली संस्कृति, नेपाली खाना र नेपालको पर्यटन क्षेत्रलाई विस्तार र प्रबर्द्धन गर्ने काम हुँदैछ । भारत– नेपालको बीचमा ‘उच्चस्तरीय पर्यटन टक शो’ को तयारी पनि भइरहेको छ । 

लुम्बिनीमा बिभिन्न कार्यक्रम गर्देर्छौ । पर्यटक आउदा ट्राफिक जाम र धुलोको समस्या नहोस् भनेर त्यसको समाधानका लागि लागिरहेको छौ । काठमाडौ भ्याली नाइट भन्ने नयाँ कार्यक्रम पनि गर्दैछौ । पर्यटनबर्षलाई नै लक्षित गरेर प्रदेशस्तिरीय कार्यक्रम तिव्र पारिदैं छ ।  आउँदो नोभेम्बर महिनामा जानकी मन्दिरमा ब्रिटिश काउन्सिलको सहकार्यमा ‘विमिन अफ वण्डर’ को कार्यक्रम गर्न लागिएको छ ।  कर्णालीमा अहिले सम्मकै लामो ¥याफटिङ हुँदैछ । काठमाडौं, भक्तपुर र ललितपुरमा धार्मिक र सांस्कृतिक पर्यटनको अथाह सम्भावना रहेकाले यही अनुरुप तयारी भैरहेको छ । यी र यस्ता थुर्पै योजनाहरु छन् । अहिलेसम्म हाम्रो पर्यटकहरु एभरेष्ट, अन्नपुर्ण , चितवन, काठमाडौं लगायतमै सिमिति छन् । नयाँ डेस्टिनेशनको रुपमा समेत भ्रमण बर्ष केन्द्रित हुन्छ । ‘पर्यटन भन्ने चिज शहरमा मात्रै केन्द्रित हुनुहुँदैन ।’ हामी यस तर्फ सचेत छौ । 

पर्यटकको संख्या कि गुणस्तर 

पर्यटकको संख्या मात्रै बढाउने कि गुणस्तर पनि बढाउने भन्ने प्रश्न उठन थालेको छ । अहिले तत्कालका लागि मात्र पर्यटक भित्र्याउने नभइ दीर्घकालीनरुपमा पनि सोच्नुपर्छ । नेपालले भ्रमण वर्ष २०२० मा मात्र पर्यटक भित्र्याउने होइन, ती पर्यटकलाई दीर्घकालीन पाहुना बनाउनुपर्छ र यसका लागि हामीले धेरै सुधार गर्नुपर्छ ।

२० लाख पर्यटक आउलान् या नआउलान्, त्यो कुरा आफ्नो ठाउँमा छ तर पर्यटकको सहजताका लागि भौतिक पूर्वाधारदेखि पर्यटकमैत्री वातावरण र असल संस्कारको विकास गर्नुपर्नेछ । ‘नेपाल घुम्न आएका पर्यटकले नेपालका केही राम्रा कुराहरु आफ्नो देशमा लाने हो न कि नेपालका बेथिति र खराब पक्ष ।’  

हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उहाँको स्थान खाली हुँदा  भ्रमण वर्षका कतिपय कामहरु चुनौतीपूर्ण पनि भए तर हामीले त्यसलाई सहज ढंगले काम अगाडी बढाइरहेका छौ । ‘सडकको अवस्था, ट्याक्सी सेवाको अवस्था, राजधानी केन्द्रित एयरपोर्ट, हरियालीको अभावलगायतले गर्दा पर्यटकलाई स्वतः प्रभाव पार्छ नै, हामीले २० लाख पर्यटक भित्र्याउने भनिरहँदा आफूसँग भएको स्रोत साधनलाई पनि ख्याल गर्नुपर्छ । अभावै अभावकाबीच यो सम्भव हुन्न, हामीसँग भएको पूर्वाधारको स्तरोन्नति गर्दै व्यापक सुधारको जरुरी छ ।’ केन्द्रिकृत विकासलाई देशैभरि विस्तार गर्नुपर्छ । धेरै सेवा र सुविधा केन्द्रमा मात्र भएको हुँदा यसले अरु क्षेत्रमा पर्यटकको संख्यामा ह्रास ल्याउन पनि सक्छ ।

पाइला टेक्दै समस्या नहोस् 

पर्यटकहरु नेपालमा पाइला टेक्दै समस्या भोग्नु प¥यो भने त्यसले नराम्रो सन्देश जान्छ, त्यसतर्फ ध्यान दिनुपर्छ ।  ‘हामीले नेपालमा आउनुस् भनेर उनीहरुलाई बोलाउँदा पहिला आफुलाई एक पर्यटककै रुपमा सोच्न जरुरी छ । ताँकी पर्यटक नेपालमा छिर्ने बित्तिकै नेपालको एयरपोर्टको अवस्था कस्तो छ ? त्यहाँका प्रहरी कस्ता छन् । उनीहरुले हाम्रा पर्यटकहरुलाई कस्तो व्यवहार गर्छन् ? एयरपोर्ट छिरेपछि इमिग्रियसनमा कस्तो व्यवहार हुने रहेछ  ? व्यागहरु दिने बेलामा दुई तीन घण्टा लगाएर आउँछ कि तुरुन्तै आउछ । यस्ता कुराहरुले नेपालको बारेमा के इमेज लान्छ ? हामी हाम्रा गल्ती सुधारेर व्यवस्थित बन्न जरुरी छ । हाम्रा प्रधानमन्त्रीले बुटीक एयरपोर्ट बनाउनुपर्छ भनेर हाम्रो कमिटी बन्यो र हाम्रो अहिलेको उदेश्य सामान्य साधारण आवश्यकता पुरा गरौं भन्ने म चाहन्छु । अहिलेको विकास भनेको चार वटा अन्तराष्टिय एयरपोर्ट आउदै छ । हामी भ्रमण बर्षलाई सातै प्रदेशमा लगेर खाली भ्रमणबर्षमात्र हैन नयाँ डेस्टिनेशनको रुपमा लाने तयारीमा छौ । 

भूकम्पबाट उभिएको देखाउन चाहान्छौ 

पर्यटनबर्ष २०२० मा २० लाख पर्यटकलाई नेपाल भित्रयाउने लक्ष्य छ । पर्यटन बर्ष २०२० सुरु हुँदा नेपालमा  भूकम्प गएको पाँच बर्ष हुनेछ । हामी विश्वलाई नेपाल भूकम्पबाट कसरी उठ्दैछ भन्ने देखाउन चाहान्छौ । भ्रमणबर्षमा नेपालका भत्किएका ऐतिहासिक धरोहरहरु बन्दै छन् भन्ने देखाउन खोजिएको हो । नेपाली जनतालाई जुन मर्का परेको थियो, जुन समस्या थियो त्यो समस्याबाट निस्किएको म्यासेज दिन खोजिएको हो । 

नेपालको पर्यटन व्यवसाय उत्साहित 

अन्तराष्ट्रिय हिसाबमा पर्यटन बृद्धि ६ प्रतिशतले भइरहेको छ । तर नेपालको पर्यटन बृद्धि भने २४.६ प्रतिशत छ । संसारको ६ प्रतिशत बृद्घिमा नेपालको २४.६ प्रतिशत छ भने हामीले के गल्ती गरिरहेका छौ त ? की राम्रो गरिरहेका छौ ? राम्रो गरिरहेका छौ भने त स्यावासी पाउनु प¥यो । नेपालका पर्यटक व्यवसायीहरुले धेरै राम्रो काम गर्नु भएको छ । नेपाल सरकारले पनि राम्रै काम गरेको छ । त्यो आधारले बुझन जरुरी छ । यस्लाई अझै बढाउनुपर्छ । हामी चाहन्छौ, नेपालमा पर्यटक आउदा यस्तो होस् की त्यो पर्यटकले एयरपोर्टबाट बाहिर निस्कदा त्यहाँका सुरक्षाकर्मी, टयाक्सी ड्राइभरदेखी घर घरमा होमस्टे वा होटलमा बस्दाखेरी उस्ले यस्तो संम्झिएर जाओस् कि म मात्रै फर्किएर हैन अरु धेरै साथीहरुलाई नेपाल घुम्न पठाउँछु भन्ने खबर लैजाओस् भन्ने गरी हामीले काम गरिरहेका छौ । कामहरु ढिलो शुरुभयो, मलेशियामा पनि भ्रमणबर्ष २०२० को तयारी छ । उहाँहररुको काम २०१७ मा शुरुभयो । हाम्रोमा भर्खर शुरुभएको छ । ढिलो शुरुभएपनि हामी नेपालीले अन्तिम समयमा धेरै राम्रो काम गरेका छांै । 

‘सडकको अवस्था, ट्याक्सी सेवाको अवस्था, राजधानी केन्द्रित एयरपोर्ट, हरियालीको अभावलगायतले गर्दा पर्यटकलाई स्वतः प्रभाव पार्छ नै, हामीले २० लाख पर्यटक भित्र्याउने भनिरहँदा आफूसँग भएको स्रोत साधनलाई पनि ख्याल गर्नुपर्छ । अभावै अभावकाबीच यो सम्भव हुन्न, हामीसँग भएको पूर्वाधारको स्तरोन्नति गर्दै व्यापक सुधारको जरुरी छ ।’

सगरमाथा बारेको भ्रम चिर्ने उत्तम विकल्प

भ्रमण वर्षले नेपालको आर्थिक पाटोलाई मात्र नभएर नेपाल बारे पछिल्लो समय देखिएको भ्रम चिर्न पनि सहयोग पुग्छ । पछिल्लो समय सगरमाथामा ट्राफिकका कारणले धेरै आरोहीहरुको ज्यान गएको सम्बन्धमा फैलिएको भ्रम पनि विश्वसमुदायलाई जानकारी दिइने छ । ‘हामीले नेपालको पर्यटनको आधारस्तम्भ नै मानिएको सगरमाथाको सरसफाइमा पनि जोड दिएका छौँ । योसँगै हामी प्रक्रियामा चल्ने हो भने सगरमाथा आरोहीले अनाहकमा ज्यान गुमाउनु पर्दैन,’ भन्ने सन्देश दिनेछौं । सगरमाथाले ज्यान लिंदैन भन्ने सन्देश दिन हामीले अब आठ हजारभन्दा कम उचाइका हिमाल आरोहण गरेको आरोहीलाई सगरमाथा चढ्न दिन नहुने र मौसम तथा चाप हेरेर मात्रै आरोहणको अनुमति दिइने बारेमा पनि छलफल चलाउनेछौ ।