ललितपुर, २७ साउन - ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षाको नक्कली परीक्षार्थी प्रहरीले पक्राउ गरेको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संचालन गरेको सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा अर्काको नाममा ट्रायल दिने काठमाडौं डल्लु बस्ने सुर्खेत घर भएका १८ वर्षीय बिनोद शाहीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत घर भई बस्ने २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल परीक्षा दिने क्रममा फेला पारी शाहीलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।