सिंगापुर,२९जेठ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्व नेता किम जोङ उनबीच मंगलवार पहिलो पटक सिंगापुरको कापेला होटलमा शिखर वार्ता भयो । 

दुवैै नेताले करीब १२ सेकन्डसम्म  हात मिलाएका थिए । यसपछि उनीहरुबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । ६५ सालसम्मको विवादपछि अमिरिका र उत्तर कोरियाबिच यो भेटभाट भएको हो । 

दुई नेताको यो भेटघाटको आकस्मिक थिएन । यसका लागि ६ महिनादेखि तायारी भइरहेको थियो । अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहाँवर (१९५३) देखि बाराक ओबामा (२०१६) सम्म ११  अमेरिकी राष्ट्रपति चुनिए ती सबै राष्ट्रपतिहरुले उत्तर कोरियासँग विवाद सुल्झाउन प्रयासहरु त गरे तर कुनै पनि राष्ट्रपतिले कुराकानी अगाडि बढाउन सकेनन् । 

भेटघाटका रोचक दृश्य (समाचार एजेन्सीहरुको सहयोगमा)
ट्रम्पको हात मिलाउने शैली फरक थियो
७१ बर्षका ट्रम्प र ३४ बर्षका किम जोङ–उन बीच यो भेटघाटमा दुबैको हाउँभाउ केही नमिलेको देखिन्थ्यो । दुबैले पहिलो भेटघाटमा १२ सेकेन्टसम्म हात मिलाए । डोनाल्ट ट्रम्प अन्य राष्ट्रका राष्ट्राध्यक्षसँग हात मिलाउँदा अलि धेरै बेर हात मिलाउँथे र निक्कै बेरपछि जोडले अर्को साथीको हात हल्लाउँथे ।  

जापानका प्रधानमन्त्री सिन्जो आवेसँग ट्रम्पले १९ सेकेन्टसम्म हात मिलाएका थिए । यस पटक किमसँग हात मिलाउँदा ट्रम्प अल्लि नर्भस देखिए । अरुको हात जोरले हल्याउने ट्रमको हातचाँहि किमले यसपटक जोरले हल्लाएको देखियो  । 

किम समयभन्दा ७ मिनेट अघि पुगे 
उत्तर कोरियाली मिडियाका अनुसार किम ट्रम्पको सम्मानमा राखिएको भेटघाटमा ७ मिनेट पहिला नै पुगेका थिए । भेटघाटका क्रममा ट्रम्प रातो टाईमा देखिए । ट्रम्पले किमको सम्मानमा यो बैठकमा रातो टाइ लगाएका थिए । रातो टाईको मतलव हुन्छ बहुतै खुसी छु र प्रसन्न भएको महसुस गर्छु ।

बैठकको उद्देश्य परमाणु निशस्त्रीकरण
यो बैठकको उद्देश्य भनेको परमाणु निशस्त्रिकरणसँग जोडिएको छ । यदी किम निशस्त्रीकरणको दिशामा अघि बढे भने यो ट्रम्पको जित हुनेछ । यो सम्भव भयो भने अमेरिकाले उत्तर कोरियाला लगाउँदै गरेको नाकाबन्दी अन्त्य गर्न सक्छ ।  उत्तर कोरियाको सिमाना नजिकै रहेका अमेरिकाका २३ हजार अमेरिकी सैनिक पनि फिर्ता हुन सक्छन् । 

ट्रम्पको प्रतिकृया 
ट्रम्प र किम बीच करिब  मंगलवार सिंगापुरको होटलमा  भएको  भेटघाटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले दुबै देशको समस्या समाधानका लागि आफूहरु मिलेर लाग्ने बताए । उनले भेटघाट फलदायी भएको र आफू धेरै खुसी भएको प्रतिकृया दिए । ‘हामी बीच धेरै ठूलो सम्बन्ध छ र हामी मिलेर ठूलाभन्दा ठूला समस्याको हल निकाल्ने छौ । हामी मिलेर काम गर्नेछौ । हामी हर तरिकाले उत्तर कोरियाको ध्यान राख्नेछौ । म यो भेटघाटबाट समस्या समाधानमा सक्षम हुनेछौ भन्ने विश्वास छ’ ट्रम्पले भने ।  सिएनएनका अनुसार दुबै नेताले एक्लाएक्लै ४५ मिनेट कुराकानी गरेका थिए । 

किमको प्रकिृया 
किमले संचारकर्मीसँग दुई नेताहरुको भेट हुनु त्यती सजिलो र समान्य नभएको प्रतिकृया दिए । ‘पुराना मान्यता र अडानहरुले हामीलाई भेट्न रोकिरहेको थियो तर हामी त्यो मान्यता र अडानबाट मुक्त हुन खोज्यौं र यो भेटघाट सम्भव भयो,’ किमले भने । 

को–को सामेल भए भेटमा
ह्वाइट हाउसका अनुसार भेटघाटका क्रममा ट्रम्पसँगै उनका क्याबिनेटका दुई  सदस्य पनि सामेल थिए ।  विदेशमन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाकार जोन बोल्टन । यद्यपी उत्तर कोरियाली पक्षबाट भने किमको साथमा को–को आए अहिलेसम्म बाहिर आएको छैन । 

भेटघाटका लागि सिंगापुर नै किन त ? 
दक्षिण कोरिया र उत्तर कोरियाबीच पन्मुजोम गाउँमा असैन्य क्षेत्र छ । पहिला यी दुबै देशका नेताबिच यही मिल्नसक्ने खबर थियो । तर अमेरिकी सुरक्षा अधिकारीहरु सुरक्षाको कारण देखाउँदै यसमा राजी भएनन् । त्यसपछि यस्तो क्षेत्रको खोजी सुरु भयो कि जँहा दुबै देशको राम्रो सम्बन्ध होस् । सिंगापुर नै त्यस्तो देश हो जहाँ अमेरिका र उत्तर कोरियाको राम्रो र घनिष्ट सम्बन्ध छ । त्यसैले गर्दा यि दुई नेताको भेटभाट सिंगापुरमा सम्भव भयो ।  

किन त भेटघाटप्रति संसारको चासो ? 
जब ट्रम्प सत्तामा आएका थिए त्यो बेला अमेरिका र उत्तर कोरियाको सम्बन्ध धेरै बिग्रिसकेको अवस्थामा थियो । उत्तर कोरिया लगातार  परमाणु परिक्षण  गरिरहेको थियो ।  

जनवरी २०१८ मा नयाँ आशा सुरु भयो । उत्तर कोरियाले शान्तिको पहल गर्यो । मार्चमा दक्षिण कोरिया र उत्तर कोरियाकाले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाकारलगायतको टोलीलाई  उत्तर कोरिया पठायो । त्यो बेला अघि बढेको सम्बन्ध बीचमा केही विग्रियो । त्यो बेला संसारभरीका मान्छेहरुका लागि अब यी दुई देश फेरि मिलन भन्नेमा शंका थियो । तर जुन १ मा ह्वाइट हाउसले दुबै नेताको भेट हुन लागेको  भेटघाटको पुष्टी गर्यो । अहिले किम जोङ उनले परमाणु कार्यक्रम बन्द गरेका छन् ।

किमले परमाणु कार्यक्रम धेरै सोचेर गरेको मान्निछ ताकि उसमाथि अमेरिका लगायतका देशहरुले लगाएको नाकाबन्दी हटाई आर्थिक फट्को मार्न उत्तर कोरिया सफल होस् । ६५ बर्षदेखिको दुई देशबीचको टकराव र विश्वमा शक्तिशाली मानिएको अमेरिकालाई परमाणु वम परिक्षणबाट हायल–कायल पारेका कोरिया कै कारण विश्व युद्घसम्म हुनसक्ने अनुमान गरिरहेका बेला यी दुबै राष्ट्रको भेटघाटलाई संसारभरीका मान्छे चासो दिनु नौलो होइन ।