डडेल्धुरा, २० असोज  – डडेल्धुरामा दुई जनालाई लागुऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ भटगाउँका २६ वर्षिय शेरबहादुर भण्डारी र अमरगढी –६ भालुमारेका ३८ वर्षिय वीरबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

नेपालीहरुको माहान पर्व बडादशैँ तथा तिहारमा हुने अपराधिक जन्य कृयाकलापलाई कम गर्ने सुरक्षा योजना अनुरुप परिचालित प्रहरीको टोलीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

बैतडीबाट डडेल्धुरा आउँदै गर्दा दशरथचन्द्र राजमार्ग्स्थित अमरगढी–७ खस्रेखानमा सवारीसाधन चेक जाँच गर्ने क्रममा भण्डारीले चलाई रहेको से ३ प ४५३१ नम्बरको मोटरसाइकलबाट दुई किलो ७०० ग्राम चरेस फेला परेको थियो ।