काठमाडौं, १९ भदौ - एसियाली क्रिकेट काउन्सिल–एसिसी १९ वर्ष मूनिका एसिया कप क्रिकेट आजदेखि श्रीलंकामा सुरु भएको छ । प्रतियोगिता अन्तर्गत् पहिलो चरणमा समूह ‘बी’मा रहेको नेपालले श्रीलंका, बंगलादेश र यूएईको सामना गर्ने छ ।

नेपालले आफ्नो पहिलो खेल भोली श्रीलंकासँग खेल्ने छ । एसिसी यू–१९ एसिया कपको यो आठौँ संस्करण हो ।
समूह ‘ए’मा भने भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन्।