काठमाडौं, २ जेठ – एमाले स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरुभएको छ । बैठकमा आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटघाटका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउनु हुनेछ  ।  

त्यसैगरि, भोली बस्ने पार्टी एकता संयोजन समितीको बैठकका बिषयमा छलफल गरिनेछ ।  ‘आज दुई अध्यक्षबीच भएको वार्ता र भोलिको एकता संयोजन समितिको बैठकबारे छलफल हुन्छ । अध्यक्षले एकतावारेमा बताउनुहुन्छ’ श्रोतले भन्यो ।