बारा २८ भदौ – महागढीमाई नगरपालिका बरियारपुरका उपमेयर तारा देवी कानु माथि बिहिबार मध्यान्ह हांतपांत भएको छ । 

गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरुलाई वार्तामा बस्नको लागि आग्रह गरेको बेला हांतपांत भएको हो । 
उपमेयर कानुमाथि विद्यार्थीहरुको आंडमा केही व्यक्तिहरुले गढीमाई मन्दिर नजिक हांतपांत गरेका छन । 

विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले काज सरुवा भएको शिक्षक मनोज साह गोंढलाई फिर्ता गर्न मांग गर्दै वितेको मंगलबार विद्यालयमा आगजनी, तोडफोड गर्दै आन्दोलनमा उत्रेका हुन । गढीमाई मन्दिर नजिक विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरिरहेको बेला वार्ता समिति बस्दा समेत विद्यार्थीहरु नआएपछि विद्यार्थीहरुलाई वार्तामा बस्नको लागि उपमेयर कानुले आग्रह गर्न जांदा विद्यार्थीसंगै रहेका केही व्यक्तिहरुले हांतपांत गर्दै दुव्र्यवहार गरेका थिए । 
उपमेयर माथि विद्यार्थीहरुको आडमा केही व्यक्तिहरुले हातपांत गर्दै दुव्र्यवहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताउनुभयो । 

उपमेयर माथि हातपांत गर्दै दुव्र्यवहार गर्नेलाई पहिचान गरी कानुनी कारवाही गर्ने प्रजिअ भट्टराईले जानकारीदिनुभयो  । 

विद्यार्थीहरुले वितेको मंगलबार विद्यालयमा आगजनी गर्दै तोडफोड गरेपछि नगरपालिकाले वडा नं. १ का वडा अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा १७ सदसिय छानबिन तथा समन्वय समिति गठन गरेको थियो । आन्दोलित विद्यार्थीहरु र विद्यार्थीहरुसंग रहेका केही व्यक्तिहरुले बरियारपुर बजार, ईनर्वा बजार बन्द गराएका छन ।  बिधार्थीहरुले छानविन समितिमा बिधार्थीहरुको प्रतिनिधित्व नगराउको भन्दै आन्दोलित छन् ।  ।