सप्तरी १९ मंसिर –  प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्थानीय तहका वडा अध्यक्ष र वडा सदस्यको उपनिर्वाचनका लागि आवश्यक कानुन तयार गर्न सरकारलाई सुझाव दिएका छन् । 

आयोगद्वारा राजविराजमा आयोजित ‘निर्वाचन विवाद निरुपण कार्यविधि तर्जुमा’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले कानुन अभाव हुँदा रिक्त पदमा उपनिर्वाचन गर्न नसकिएको र त्यसले स्थानीय सरकार सञ्चालनमा अवरोध गरिरहेको बताउनु भयो । 

नगरपालिकाको मेयर र उपमेयर तथा गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष रिक्त भए उपनिर्वाचन गर्ने व्यवस्था निर्वाचन ऐनमा भए पनि जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, गाउँपालिकाका वडाध्यक्ष र वडा सदस्यको रिक्त पदमा उपनिर्वाचन गर्ने प्रावधानसहितको कानुन नभएको उहाँले जानकारी दिनु भयो ।