काठमाडौँ, २० असोज - नायिका उपासना सिंह ठकुरीले आफुलाई सामाजिक कथाका फिल्ममा काम गर्न मन लागेको बताएकी छिन् ।

उनी अभिनीत फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ व्यापारिक रुपमा सफल भयो । उक्त फिल्मले १० करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ ।

सामाजिक कथावस्तुमा बनेका फिल्ममा काम गर्न मन लाग्ने बताउदै उनले भनिन्–‘मलाई सधै नै सामाजिक कथाका चलचित्रमा काम गर्न मन लाग्छ । यही भएर नै मैले ‘कबड्डी कबड्डी कबड्डी’ रोजेकी हुँ ।’ उपासनालाई अहिले चलचित्रको अफर राम्रै आइरहेको छ । तर, उनले कुन चलचित्रमा काम गर्ने भन्ने पक्का गरेकी छैनन् ।