मानिसको खाद्य संरचना भित्र डेरी (दुध र दुधजन्य परिकार)को महत्व परापूर्व कालदेखि नै रहदै आएको कुरा सर्ववित्तितै छ । नेपाली समाजमा यसको धार्मिक महत्व समेत रहेको छ । स्वस्थ रहन बच्चादेखि बृद्धबृद्धा र रोगी बिरामिले समेत दुधको सेवन गर्ने गरिन्छ । मानिसले खेती गर्नु पूर्व नै पशुपालन गरेको, पशुबाट प्राप्त हुने मासु, दुधको सेवन गर्ने गरेको लामो परम्परा रहेको छ । 

नेपाली समाजमा घरघरमा गाईभैंसी पालेर दुधको उत्पादन गर्ने र दुध र दुद्यजन्य विभिन्न परिकार घरमै बनाएर प्रयोग गर्ने चलन परापूर्वकालदेखि नै बलवान छ । यद्यपी पछिल्लो २०/२५ वर्षमा नेपाली समाजको जीवनशैलीमा ठुलो उथलपुथल आएको छ । धेरै मानिसहरु  गाउँबाट शहरमा बसाई सराई गरिरहेका छन्  । धेरै ठुलो संख्यामा युवा विदेशिएका पनि छन् । यसको प्रभाव अन्य क्षेत्रमा जस्तै डेरी व्यवसाय र डेरी उद्योगमा पनि पर्ने नै भयो । 

गाउँमा मानिसले गाईभैंसी पालेर आफैँ दुध उत्पादन गर्थे । खेतीपातीका लागि पशु पालन अनिवार्य थियो । तर अहिले मानिसहरुको शहरको बसाईले गर्दा घरघरमा गाईभैंसी पाल्ने कुरा असान्दर्भिक भएको छ । खेतीपातीमा औजार उपकरणको बढदो प्रयोगको कारण पशुपालन पातलिदै गएको छ । पहिला पशुपालन निर्वाहको कुरा मात्रै थियो भने अब यो व्यवसाय बन्दै गएको छ । निर्वाहमा लागत मूल्य र उत्पादन मूल्यको हिसाव हुदैन तर व्यवसायमा यो अनिवार्य बन्छ ।

गाउँबाट शहर बसाई सरेकाले पनि दुध र दुधजन्य वस्तुको सेवन गर्ने परम्परालाई संगै लिएर शहर आएका छन् । गाउँमा दुखःले दुधको उत्पादन हुदैछ । तर गाउँका उत्पादकले शहरका उपभोक्तासम्म सोभैm पुर्याएर सेवा दिन असम्भव प्राय हुन्छ । त्यसैले त्यहाँ विभिन्न तहका विचौलियाको जन्म भएको छ । गाउँबाट दुध संकलन गरेर बजारका खुद्रा दुध व्यवसायी र घरघरमा पुर्याएर बेच्ने र जिविका चलाउने ठुलै समुह सकृय छ । उता शहरमा पनि फ्रिज डेरी गल्लिगल्लिमा खुलेका छन् । यस्ता डेरी र घरघरमा पुर्याएर दुध बेच्ने समुहका कारण गुणस्तर जस्तो भएपनि शहरमा बस्नेले सहजै दुध र दुधजन्य बस्तुको सेवन गर्न पाएका छन् । 

डोकामा दुध : भाग्यमा छ भन्दैमा डोकामा दुध दोएर अडिदैन भनेको सुनेको थिएँ । तर अहिले किसानले गोठमा दोएको दुध पहेला हरिया जर्किनमा भरिएर गाउँबाट शहर आइपुग्छ र शहरमा कुच्चिएका प्लास्टिकका बोतलमा भरिएर डोको, थुन्चे र झोलामा पाँजिएर मानिसका घरघरमा पुग्छ । त्यो अवधिमा खाद्य सुरक्षाको सामान्य ख्याल समेत नगरेको अवस्था छ ।  यो अवस्थाले मानिसको स्वास्थमा गम्भिर असर पुर्याई रहेको छ  । त्यसैले औषधि पसल, अस्पताल र डाक्टर थपिनु परेको छ । उता मासु, तरकारी, फलफूल, पोकाका खानेकुरा सबैले अस्पताल थप्ने कुरालाई सघाईरहेकै छन् । 
    
कच्चा दुध प्रशोधन गरेर विभिन्न परिकार र प्रशोधित दुध बनाउने र शहरको उपभोक्तासम्म पुर्याउने आधुनिक उद्योग खुल्न थालेको पनि धेरै भयो । तीनले बिगतमा केही ठुला शहरमा मात्र सेवा दिएको भए पनि अब यसको आवश्यकताको विस्तार तिब्र गतिमा हुदैछ । उद्योगको आवश्यकता अनुसारको दुध संकलन गर्ने गरी दुध चिस्यान केन्द्रको विस्तार पनि भईरहेको छ । शहरको दुधको माग धान्न गाउँमा व्यवसायीक गाईभैंसी पालनमा तिब्रता आएको छ । सरकारका कर्मचारीले पनि धेरथोर कमिशन लिएर किसानलाई सघाउने गरेका छन् । जे होस् गाउँमा धेरथोर दुधको उत्पादन बढेको छ र त्यसले शहरको माग धानेको छ । 

किसानले गोठमा दोएको दुध पहेला हरिया जर्किनमा भरिएर गाउँबाट शहर आइपुग्छ र शहरमा कुच्चिएका प्लास्टिकका बोतलमा भरिएर डोको, थुन्चे र झोलामा पाँजिएर मानिसका घरघरमा पुग्छ । त्यो अवधिमा खाद्य सुरक्षाको सामान्य ख्याल समेत नगरेको अवस्था छ ।  यो अवस्थाले मानिसको स्वास्थमा गम्भिर असर पुर्याई रहेको छ  ।

सरकारले २०७५ अशोजमा डेरी व्यवसायको बारेमा गोठदेखि ओठसम्मको एउटा मार्गचित्र कोरिएको निर्देशिका जारी गरेको छ । यसलाई छ महिनाको समय दिएर लागू गर्ने भनियो । लागू कसरी हुन्छ त्यो पर्खाइको विषय भएको छ । यदि लागू भयो भने उपभोक्ताको स्वास्थमा थोरै भए पनि न्याय हुनेदेखिन्छ । निर्देशिकामा दुध उत्पादक किसानदेखि शुरु भएर चिस्यान केन्द्र, उद्योग र खुद्रा बिक्रेता हुदै उपभोक्ताको भान्सामा पुग्नु पर्ने नियम छ । खुला दुधको व्यापार गर्ने हजारौं मानिसले यो नियम लागू गरेर दुध बेच्न सक्ने छैनन् । नियम नपुर्याई बेच्न नदिने नीति सरकारको हो । यदि यो नियम लागु भयो भने उद्योगले पनि अहिलेको जस्तो नाममात्रको सरसफाई र उपभोक्ताको स्वास्थसँग खेलवाड गर्ने कतिपय डेरी उद्योगको लापरवाही स्विकार्य हुने छैन । यस्तो अवस्थामा उत्पादक किसान, दुध संकलन गर्ने चिस्यान केन्द्र, प्रशोधन गर्ने उद्योग र बिक्रि गर्ने व्यवसायी सबैले तोकिएको मापदण्ड पुरा गरेर मात्र उपभोक्तासम्म पुग्न पाउने छन् । यसले उपभोक्तामा विश्वास बढाउछ, उपभोक्तालाई न्याय गर्छ । तर व्यावसायीको लागत केहीमात्रामा बढाउछ । लागत बढे पनि व्यवसायको दिगो विकासको आधार तयार हुन्छ भने उपभोक्ताले गुणस्तर हिन दुध र दुधजन्य परिकार पैसा तिरेर खरिद गर्नु पर्ने छैन । 

शुरुमा चल्दै गरेको चलन बदल्नु पर्दा, पाएको नाफा गुमाउनु पर्दा र लगानि बढाउनु पर्ने जस्ता कारण कतिपयलाई यो स्विकार गर्न गाह्रो लागिरहेको छ । नयाँ व्यवस्था अनुशार  उपभोक्ताले भान्सामै पाएको दुध पसलमा गएर खरिद गर्नुपर्ने जस्ता व्इवस्थाका कारण केही असहज लाग्ने भए पनि विस्तारै यो सबै व्यवस्थित बन्दै जान्छ र मानिसले नयाँ चलनलाई अपनाउने छन् । किनकि नयाँ चलनले उत्पादकदेखि उपभोक्तासम्म सबैलाई न्याय गर्छ । सबैभन्दा बढी उपभोक्तालाई न्याय गर्छ । यसको प्रभाव बिस्तारै उपभोक्ताको विश्वास बढ्छ । विश्वासले खपत बढछ । खपतले उत्पादन बढाउन माग गर्छ । यसरी हेर्दा अर्को ५–७ वर्षमा नेपालमा डेरीको बजार कम्तिमा पनि दोब्बरले बृद्धि हुनेछ । 

अहिले धेरै मानिसहरुको शहरको बसाईले गर्दा घरघरमा गाईभैंसी पाल्ने कुरा असान्दर्भिक भएको छ । खेतीपातीमा औजार उपकरणको बढदो प्रयोगको कारण पशुपालन पातलिदै गएको छ । पहिला पशुपालन निर्वाहको कुरा मात्रै थियो भने अब यो व्यवसाय बन्दै गएको छ । निर्वाहमा लागत मूल्य र उत्पादन मूल्यको हिसाव हुदैन तर व्यवसायमा यो अनिवार्य बन्छ ।

यो माग धान्न उत्पादक किसान र प्रशोधन गर्ने उद्योगले क्षमता विस्तार गर्नुपर्छ । यसमा सरकारले सघाउनु पर्छ । यसो हुन सक्दा स्वदेशी उत्पादनले बजार भेट्टाउने, धेरैले रोजगारी पाउने, शिप क्षमताको विकास हुने र सबैभन्दा महत्वको कुरा उपभोक्ताको स्वास्थमा सकारात्मक सुधार हुने हुन्छ । आम जनताको पैसा औषधि, डाक्टर र अस्पतालमा कम खर्च हुन्छ र आम्दानी बढ्छ । 

सरकारको नजिकमा भएका एकथरि मानिस यो तमाम सम्भावनालाई देखेर यो माग धान्न नेपाली व्यवसायीमा सामथ्र्य छैन त्यसैले विदेशीलाई यो व्यवसायमा ल्याउनु पर्छ भनेर लविड. गरिरहेका छन् । खास गरिकन भारतिय ठुला डेरी उद्योगले यसमा चासो देखाएको अवस्था छ । उनीहरु नेपाली बजारको यो सम्भावनालाई आप्mनो पोल्टामा पार्न चाहन्छन् । यो उनीहरुको धर्म हो । नेपालमा विदेशी लगानि ल्याउने धुनमा डेरी उद्योगमा विदेशी लगानि ल्याउन कसरत हुन थालेको छ । संसदमा पेश गर्न ऐनको मस्यौदा बन्न थालेको छ । उच्च पदस्थहरुसँग यस्ता विदेशी व्यवसायीको उठबस बाक्लिएको छ । 

गत वर्ष अलि बढी दुध उत्पादन भएको र त्यो सबै खपत नभएर किसानले दुध सडकमा पोखेको कुरालाई आधार बनाएर किसानको समस्या समाधान गर्न नेपाली डेरी उद्योगी सक्षम भएनन् भन्ने गरिन्छ । त्यसै गरि बजारमा गुणस्तरिय डेरी जन्य बस्तु उपलव्ध हुन सकेन पनि भन्ने गरिन्छ । केही ठुला तारे होटल र महलहरुमा विदेशबाट डेरी जन्य बस्तु आयात पनि हुने गरेका छन् । 

धुलो दुध, बटर, घ्यु, चकलेट, आइक्रिम, चिज, केण्डि मिल्क, लेक्टोज आदि अहिले पनि आइरहेको छ । देशको उत्पादनलाई बढावा दिएर, उद्योगलाई सक्षम बनाएर आयातलाई निरुत्साहित गर्नुपर्छ । यदि विदेशी लगानि डेरी व्यवसायमा ल्याउने हो भने त्यो निकै खतरनाक सावित हुनेछ । पहिला कुरा यहाँ भएका डेरी उद्योगले तिनीहरुसँग प्रतिश्पर्धा गर्ने प्रयाप्त क्षमताको विकास गरिनसकेकाले टिक्न मुस्किल पर्छ र विदेशीको एकाधिकार बढदै जान्छ । राष्टिय पुँजि धरासायी बन्छ । दोश्रो र महत्वपूर्ण कुरा विदेशीले यहाँ उद्योग चलाउन चाहिने कच्चा पदार्थ अर्थात दुधको आपुर्ति नेपालमा हुन नसके विदेशबाट ल्याउन सक्ने भन्ने प्रावधान राख्न लगाउने छन् । अहिले राखेनन् भने पनि पछि थप्न लाउने छन् । किनकि उनीहरुलाई यहाँ उद्योग चलाएर यहाँका उपभोक्ताले तिर्ने पैसामा आप्mनो नाफाको खोजी गर्ने हो । यहाँका किसाले दुध उत्पादन गरुन वा नगरुन त्यससँग खासै सरोकार हुदैन । उद्योग चलाउन जहाँ कच्चा पदार्थ सस्तो हुन्छ उनीहरु त्यहीबाट ल्याएर चलाउने हुन् । 

भारतीय पुँजि डेरी उद्योगमा आउदा उनीहरुले कच्चा दुध भारतबाटै ल्याउन बल गर्ने छन् किनकि नेपालमाभन्दा भारतमा दुधको उत्पादन लागत निकै न्युन छ । त्यहाँ डेरी उद्योगको लामो इतिहास छ । विधि, प्रविधि, सरकारी सहयोग आदिका कारण भारतीय किसानले नेपाली किसानले भन्दा सस्तोका कच्चा दुध उत्पादन गर्ने गरेका छन् । यस्तो अवस्थामा नेपाली किसानको दुध विभिन्न बहानामा नकिनेर वा अभाव सिर्जना गराएर उद्योग चलाउन दुध ल्याउनै पर्ने भयो अनुमति देउ भनेर भारतीय कच्चादुध नेपाल भित्रिने छ । यस्तो अवस्थामा भारतीय कच्चा दुध मात्रै होइन कतिपय प्रोडक्ट नै पनि आजको भन्दा धेरै भारतबाटै आउछ । किनकि यताभन्दा उतै उत्पादन गर्दा सस्तो पर्छ । यहाँको बजारमा उनीहरुको ब्राण्डले पहिचान बनाईसकेको हुन्छ । यहाँ भएको रोजगारी समेत गुम्ने अवस्था आउछ । 

विशेष गरि कृषिमा विदेशी लगानि ल्याउनुभन्दा विदेशी प्रविधि, शिप, ज्ञान, केही समयका लागि विशेषज्ञ ल्याएर यहीको पुँजि उत्पादनमा लगाउनु पर्छ । धेरैले रोजगारी पाउन सक्ने, सजिलै बजारमा पहुँच राख्न सकिने, उपभोक्ताको अभाव नहुने, थोरै सिकेर धेरै गर्न सकिने व्यवसाय भनेको कृषि व्यवसाय हो । कृषिमा आज हामीले धेरै गर्न सकेनौ भनेर विदेशी लगानि ल्याउने हो भने अहिले जसले कृषिमा केही गर्ने जाँगर देखाएर लगानि, समय, शिप लगाईरहेका छन् तिनीहरु पछि हट्न वाध्य हुने छन् । अहिले केही गरौं भन्ने उत्साह धेरै मानिसमा देखिएको छ । विशेष गरि विदेशबाट फर्किएका युवामा । हो, समस्या छन् । विचौलियाको दवदवा छ, प्रविधिको अभावमा उत्पादन लागत बढी हुने गर्छ । समस्या छ भनेर काम नै नगर्ने हो भने हामीले कहिल्यै सिक्ने छैनौं । 

कृषि उत्पादन क्रमशः बढी रहेको छ । यसको गतिलाई अझै बढाउनु पर्छ । बजार व्यवस्थित गर्नुपर्छ । गुणस्तरमा जोड दिनु पर्छ । उपभोक्तालाई पनि न्याय गर्नुपर्छ । दुध सडकमा पोखिनु, टमाटर बाटामा मिल्काउनु, बन्दाकोपीको बारीमा डोजर लाउनु, भारतिय तरकारी बोकेका गाडि छेकिनु नराम्रो मात्रै होइन । राम्रो हुन थालेको संकेत पनि हो । यसलाई व्यवस्थित बनाउन सबै लागौं । सानो समस्या देखिने वित्तिकै कमिशनखोरको कुरा सुन्ने र आत्तिएर विदेशी लगानिका लागि जताततै ढोका खोल्नु गल्ति हुन्छ भन्ने बुझ्नुनु आवश्यक छ ।