Image may contain: ‎1 person, ‎indoor, ‎text that says '‎संस्कृत युवा नेतृत सकरात्मक पठन संस्कृतिको विकार डिपिएल नेपाल महाधिवेशन प्रथम राष्ट्रिय ७/१०/१० शनिवार Opening Ceremony नेपालीरिका होटल. दमक भापा نن NEPAL डिपिएल नेपाल प्रथम राष्ट्रिय महाधिवेशन २०७७‎'‎‎‎

दमक, ११ माघ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले लोकतन्त्र र आर्थिक समृद्धिका लागि प्रधानमन्त्री ओलीको त्याग, समर्पण र योगदान उच्च रहेको  बताउनुभएको छ । 

सार्वजानिक पुस्तकालयको प्रथम राष्ट्रिय महाधिवेशनको शनिबार यहाँ उद्घाटन गर्नुहुँदै उहाँले प्रजातन्त्रका लागि १४ वर्ष बढी जेल जीवन व्यतित गर्नुभएका प्रधानमन्त्री ओलीका योगदानकै कारण अहिले  देशले काँचुली फेरेको हो भन्नुभयो ।  

सरकारले संसद् विघटन गरेर आम निर्वाचनमा जान बाध्यता भएको  उल्लेख गर्दै उहाँले भन्नुभयो ,“अब दलहरुले निर्वाचनमार्फत जनताको बीचमा जानुपर्छ ।  ”  

मन्त्री ढकालले पठन संस्कृतिको विकास गर्नु सार्वजनिक पुस्तकालयको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ योगदान पुर्याउनुपर्ने उल्लेख गर्नुभयो । 

Image may contain: 10 people, people sitting, crowd and indoor

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष राम थापा ,उद्योगी भोलेश्वर दुलाललगायतले पठन सस्कृतिका लागि पुस्तालयको भूमिका अहं रहने बताउनुभयो । 

देशभरिका १५ वटा शाखाबाट करिब १०० जना प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो । रासस