काठमाडौं, २२ असोज - आज बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी, बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।