काबुल हत्याकाण्डमा पश्चिमा सञ्चारमाध्यमको दोहोरो मापदण्ड


Tuesday, 21 Jun, 2016 7:04 PM

समाचार टिप्पणी
विदेशमा श्रम गर्न जाने नेपालीका दुःखका कथा–ब्यथा नौलो विषय होइन । अंग्रेज सेनामा भर्ती हुन थालेदेखि नै वा अझ त्योभन्दा अघि काम र मामको खोजीमा विदेशिने नेपालीका पीडाका कथाहरु सदियौं पुराना छन् । असार ६ गते अफगानिस्तानको राजधानी काबुलमा तालिवानी आक्रमणमा परी ज्यान गुमाउने १२ नेपालीको कथा यस श्रृङखलाको एउटा अंश मात्रै हो । १२ वर्षअघि इराकमा ज्यान गुमाउने नेपालीका कथाले हामीलाई यसैगरी झस्काएको थियो । 

 

नेपालमा बसेर भिसाले दिएको भन्दा फरक क्रियाकलाप गर्ने पेनरको पक्षमा अभियान चलाउने अभियन्ताहरु त्यही क्यानेडेली दूतावासको सुरक्षा गर्ने नेपाली काबुलमा मारिंदा भने नराम्रोसँग नाङ्गिएका छन् ।


काबुलमा ज्यान गुमाउने नेपालीहरु बेलायती सुरक्षा गार्ड कम्पनी मार्फत क्यानेडेली दूतावासको सुरक्षार्थ काम गर्थे । यो कम्पनीको नाम अहिलेसम्म औपचारिक रुपमा गोप्य राखिएको छ । 


आतंकवाद पीडित राष्ट्रमा काम गर्ने धनी मुलुकका दूतावासले अग्रपंक्तिमा काम गर्ने सुरक्षा गार्डलाई तेस्रो कम्पनी मार्फत रोजगार प्रदान गर्छ । नेपालमा नै पनि यस्तो चलन छ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने सम्बन्धित दूतावासका लागि काम गरे पनि सुरक्षा गार्डको तलव, बिदा, सुरक्षा लगायतका सेवा सुविधाका विषयमा सम्बन्धित कम्पनीलाई नै जिम्मेवार बनाइन्छ । यसवापत कम्पनीले मोटो रकम दूतावासहरुबाट लिन्छ, आफ्नानिम्ति यथेष्ट कमिशन राखेर सुरक्षा गार्डहरुको तलव निर्धारण गर्छ । यसरी दूतावास जस्तो महत्वपूर्ण कुटनीतिक निकायको सुरक्षामा बिचौलियाको प्रवेशलाई वैधानिक बनाइन्छ । यसबाट उच्च सुरक्षा सतर्कता अपनाइनु पर्ने देशमा बहन गर्नु पर्ने ठूलो आर्थिक दायित्वबाट सम्बन्धित दूतावास र देशहरु सजिलै उम्कन सक्छन् । 


काबुल हत्याकाण्डमा अहिले ठ्याक्कै यही भएको छ । कम्पनीले आफ्ना कर्मचारीको सुरक्षाका निम्ति आवश्यक सावधानी अपनाएन, आतंकबाट पीडित राष्ट्रमा प्रयोग गर्नु पर्ने बुलेटप्रुफ गाडी, त्यही अनुसारको पोशाक लगायतको ब्यवस्था समेत गरेन । 


त्यसैगरी दूतावासको प्रत्यक्ष रोजगारमा रहेको भए मृतकका परिवारले पाउने आर्थिक सहयोग लगायतका राहतबाट नेपालीहरु वञ्चित भएका छन्, बनाइएको छ ।

 

नेपालीको जीवनलाई अवमुल्यन गर्ने क्यानेडेली सञ्चारमाध्यमले हाम्रो आँखा खोलिदिएको हुनुपर्छ कि लोकतन्त्र र समानताको दुन्दुभी जतिसुकै बजाए पनि उनीहरु कमजोर राष्ट्रलाई प्रयोग मात्र गर्न चाहन्छन् । 


तर, यस हत्यकाण्डले पश्चिमा सञ्चारमाध्यम र राष्ट्रहरुको दोहोरो मापदण्डलाई समेत नराम्ररी उजागर गरेको छ । 


गत वैशाख महिनामा नेपालको अध्यागमन विभागले रोबर्ट पेनर नामका एक क्यानेडेली नागरिकलाई निश्काशन गर्यो । क्लाउड फ्याक्ट्री नामको एउटा कम्पनीमा वैज्ञानिकको रुपमा काम गर्ने दाबी गर्ने पेनरको राजनीतिक सहभागिता आश्चर्यजनक थियो । उनी पत्रकार भिसामा थिएनन् । उनी कुनै कुटनीतिक कर्मचारी थिएनन् । संसारको कुनै पनि देशमा अध्यागमनको सामान्य नियम के हुन्छ भने जुन उद्धेश्यका निमित्त भिसा लिइएको हो त्यो भन्दा बाहिर गएर काम गरे भिसा स्वतः रद्द गर्न त्यहाँको अध्यागमन स्वतन्त्र हुन्छ । विभाजित नेपाली समाजमा कुनै एउटा पक्ष लिएर अर्काको खिलाफमा उत्रन प्रेरित गर्ने राजनीतिक र भिसा अधिकार पेनरलाई थिएन भन्ने प्रष्ट छ । यति हुँदा हुँदै पनि उनको पक्षबाट मुद्दा लड्न नेपालका एकसेएक वकिलहरु तयार भए । 


पेनरको निष्काशनलाई नेपालमा अभिब्यक्ति स्वतन्त्रतामाथि भएको आक्रमणका रुपमा चित्रित गर्दै न्युयोर्क टाइम्सले सम्पादकीय नै लेख्यो । नेपाल सरकारको आलोचना गर्दै नेपाल भित्रै र बाहिर अभियान चलाइयो । 

 

क्यानाडा ब्रोडकास्टिङ कर्पाेरेशनले त ट्वीट नै गर्यो– आत्मघाती आक्रमणमा परे पनि काबुलस्थित क्यानेडियन दूतावासका कर्मचारीहरु सुरक्षित छन् । यो यस्तो उदाहरण हो जसले पश्चिमाका निम्ति नेपाल र उजस्तै गरिव राष्ट्रका नागरिकहरुको जीवनको मुल्य उनका तुलनामा तुच्छ भएको प्रमाणित गर्छ ।


यसरी अभियान चलाउने अभियन्ताहरु त्यही क्यानेडेली दूतावासको सुरक्षा गर्ने नेपालीहरु मारिंदा नराम्रोसँग नाङ्गिएका छन् । पेनरमाथि सम्पादकीय लेख्ने न्यूयोर्क टाइम्स चुपचाप छ । क्यानाडा ब्रोडकास्टिङ कर्पाेरेशनले त ट्वीट नै गर्यो– आत्मघाती आक्रमणमा परे पनि काबुलस्थित क्यानेडियन दूतावासका कर्मचारीहरु सुरक्षित छन् । यो यस्तो उदाहरण हो जसले पश्चिमाका निम्ति नेपाल र उजस्तै गरिव राष्ट्रका नागरिकहरुको जीवनको मुल्य उनका तुलनामा तुच्छ भएको प्रमाणित गर्छ । 


रंगभेदबाट दुनिया मुक्त भएको दावी गरिए पनि पश्चिमाहरुको सोच र उनीहरुले सञ्चालन गर्ने सञ्चारमाध्यमबाट रंगभेद उन्मुलन भएको छैन । नेपालीको जीवनलाई अवमुल्यन गर्ने क्यानेडेली सञ्चारमाध्यमले हाम्रो आँखा खोलिदिएको हुनुपर्छ कि लोकतन्त्र र समानताको दुन्दुभी जतिसुकै बजाए पनि उनीहरु कमजोर राष्ट्रलाई प्रयोग मात्र गर्न चाहन्छन् । यसले पनि नेपालका सम्पूर्ण देशप्रेमी नागरिकहरु सानातिना विषयलाई थाती राख्दै बृहत्तर एकता र देशहितका निम्ति एकसाथ उभिनुपर्छ भन्ने सन्देश दिएको छ । 


 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top