काठमाडौं, २५ असोज – काठमाडौं ७ सांसद रामवीर मानन्धर कारवाही गर्नुपर्ने माग पार्टीभित्र उठेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, पार्टी उच्च कमिटी र संसदीय दललाई समेत जानकारी नगराई निर्वाचित सांसदबाट राजिनामा दिने सार्वजनिक घोषणा गरेका उनलाई अनुशासनको कारवाही हुने भएको हो । 

सासंद मानन्धरले नेकपा नेता वामदेव गौतमलाई सिट खाली गराउन आफूले राजिनामा दिएको घोषणा दुई दिनअघि गरेका थिए । तर त्यसबारे उनले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री ओलीलाई जानकारी समेत गराएनन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा असोज २१ मा भएको सहमति बमोजिम रामवीरले वामदेवलाई आफ्नो क्षेत्र खाली गराउन सहमत भएको भन्दै पत्र तयार भएको थियो । उक्त पत्र प्रचण्ड, वामदेव र रामवीरबीचको सहमति थियो । 

रामवीरले एकातिर काठमाडौं–७ का जनताको भावनामाथि खेलबाड गरेका छन् भने अर्कातिर जनताले दिएको बिश्वासलाई बेचेका छन् । त्यतिमात्र होइन, नेकपा एउटा निश्चित अनुशासन भएको पार्टी हो । कुन निर्णय कहाँ गर्ने, कसरी जानकारी गराउने र सार्वजनिक गर्ने यसका निश्चित प्रक्रिया र पद्धती छन् । तर रामवीरले ती सबै उल्लघंन गरेका छन् ।

तर त्यसबारे पार्टी सचिवालय र प्रधानमन्त्री ओलीलाई कुनै जानकारी थिएन । एकैपटक २२ गते वामदेव र प्रचण्डले उक्त पत्र प्रधानमन्त्रीलाई देखाएपछि यो सार्वजनिक भयो । त्यसपछि रामवीरले पत्रकार सम्मेलन गर्दै वामदेवको भूमिका संसदमा आवश्यक रहेको भन्दै आफूले छाडेको घोषणा गरेका थिए ।

प्रचण्ड निवासमा भएको गोप्य सहमति अनुसार, वामदेवलाई छाडे वापत रामबीरलाई राष्ट्रियसभा, मन्त्री र केही राम्रै रकम पनि दिइने बताइएको छ । जव रामवीरले राजिनामा गर्ने घोषणा गरे, त्यहाँ भएका गोेप्य भनिएका सहमति छताछुल्ल भएका छन् । 

रामवीरले एकातिर काठमाडौं ७ का जनताको भावनामाथि खेलबाड गरेका छन् भने अर्कातिर जनताले दिएको बिश्वासलाई बेचेका छन् । त्यतिमात्र होइन, नेकपा एउटा निश्चित अनुशासन भएको पार्टी हो । कुन निर्णय कर्हा गर्ने, कसरी जानकारी गराउने र सार्वजनिक गर्ने यसका निश्चित प्रक्रिया र पद्यती छन् । तर रामवीरले ती सबै उल्लघंन गरेका छन् ।

नेकपाले तत्कालै सचिवालय र स्थायी समितिको बैठक राखेर वामदेवको अस्भाविक चाहनालाई प्रतिवन्ध लगाउनुपर्छ भने रामवीरलाई अनुशासनको कारवाही गर्नुपर्छ । यस्तो अपारदर्शी सम्झौताका अर्का डिजाइनर देखिएका अध्यक्ष प्रचण्डमाथि पनि प्रश्न गरिनुपर्छ । 

प्रचण्डले वामदेवलाई हार्ने गरी नउठाउने बताएर आफ्नो पक्ष सार्वजनिक गरेका छन् । अहिलेको माहोलमा वामदेव जहाँबाट उठेपनि पराजित हुने सम्भावना बढी छ । किनकी जनताले  अव लहडमा मत हाल्दैनन् । त्यसैले यो गलत कदम रोक्नु नेकपा जोगाउने एकमात्र बिकल्प हो । र, सांसद, नेतालाई अराजक बन्नबाट रोक्ने पार्टी हित विपरित काम गर्ने रामवीर जस्ताहरुलाई पनि कारवाही गर्नुपर्छ ।