महाभियोगको विपक्षमा उभिन सजिलो छैन कांग्रेसलाई


Saturday, 22 Oct, 2016 2:23 PM

सम्पादकीय
तीन दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोगबारे कुनै निर्णय नगरी कात्तिक ८ गते सोमबारसम्म स्थगित भएको छ ।


संसदको पूर्व निर्धारित कार्यक्रममा आकस्मिक फेरबदल नभए आईतबार कात्र्तिक ७ गते नै महाभियोगमाथि छलफल सुरु हुनेछ । सत्तारुढ माओबादीको आज कात्र्तिक ६ गते बस्ने बैठकले महाभियोगको पक्षमा उभिने निर्णय गर्ने तयारी छ । प्रमुख प्रतिपक्ष एमालेभित्र लोकमान हटाउने विषयमा कुनै दुईमत छैन । यस्तो अवस्थामा ठोस निर्णय बेगर कांग्रेस संसदमा कसरी प्रस्तुत होला ?

 

महाभियोगमाथि संसदमा छलफल हुँदा केन्द्रीय समितिको जस्तै एकथरि कांग्रेस सांसदहरु लोकमानको पक्षमा उभिने र अर्कोथरि महाभियोगको समर्थन गर्ने अवस्था आयो भने कांग्रेसको निम्ति यो अत्यन्तै लाजलाग्दो विषय हुनेछ ।


केन्द्रीय समितिको बैठकमा बोल्ने धेरै सदस्यको विचारले कांग्रेसभित्र लोकमानबारे परस्पर विरोधी धारणा रहेको प्रष्ट छ । महाभियोगमाथि संसदमा छलफल हुँदा केन्द्रीय समितिको जस्तै एकथरि कांग्रेस सांसदहरु लोकमानको पक्षमा उभिने र अर्कोथरि महाभियोगको समर्थन गर्ने अवस्था आयो भने कांग्रेसको निम्ति यो अत्यन्तै लाजलाग्दो विषय हुनेछ ।


लोकमानको बचाउमा बोल्ने केन्द्रीय सदस्यले उनी ठीक छन् भन्न नसकी घुमाउरो तर्क पेश गरेका छन् । यसले कम्तिमा के चाहीँ देखाएको छ भने लोकमानको पक्षमा सिधा उभिन सम्भव छैन भन्ने कुरा लोकमान समर्थकले पनि बुझेका छन् । तर, मुखैमा आएको सत्ता, बाह्य दबाव र कांग्रेससँग कार्कीको पुरानो नातालगायतको कारणले धेरै कांग्रेस नेता लोकमानको विरोध गर्न नपरी उनैले राजीनामा गरिदिए हुन्थ्यो भन्ने मनस्थितिमा छन् । यसमा सभापति देउवा पनि पर्छन् ।

 

निधीको तर्क मान्ने हो भने माओबादी महाभियोगको पक्षमा र कांग्रेस विपक्षमा हुने अवस्था आएमा चाहीँ सरकार साच्चै संकटमा पर्न सक्छ ।


लोकमानको बचाउमा बोल्ने कांग्रेस नेताले तीन प्रकारका तर्कको सहारा लिएको देखिन्छ । उनीहरुको पहिलो तर्क छ– लोकमानबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले संसद महाभियोगमा प्रवेश गर्न हुँदैन । बस्तुतः यो तर्क नेपालका लागि भारतीय राजदूतमार्फ्त आएको हो । लोकमानबारे अदालतमा चलिरहेको मुद्दा उनको नियुक्तिमा अयोग्यता सम्बन्धी हो । जबकि, महाभियोग कार्की नियुक्त भएपछि उनले गरेका गलत क्रियाकलापका कारण संसदमा दर्ता भएको हो । यी दुबै विषय अलग हुन्, यी दुईलाई जोड्न खोज्नु कुतर्क मात्र हुन जान्छ । अन्ततः यो लोकमान जोगाउने मेलो हो ।


यस्तै, केन्द्रीय समितिमा उठेको दोस्रो तर्क महाभियोग दर्ता गराउँदा एमाले र माओबादी एक ठाउँ उभिए, कांग्रेससँग सल्लाह भएन भन्ने छ । उपप्रधानमन्त्री विमलेन्द्र निधीले त महाभियोग प्रस्तावलाई सरकार ढाल्ने एमालेको षडयन्त्र भएको आरोप लगाए । यो तर्कमा किन दम छैन भने एमाले वा माओबादीका कुनै पनि नेताले महाभियोगसँग जोडेर सरकारको विषयमा एक शब्द बोलेका छैनन् । यस विषयमा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच कुराकानी भई विषय प्रष्ट भएको भन्ने आएपछि निधीको तर्क केवल लोकमान बचाउन भारतीय मोहराको रुपमा आएको बुझ्न गाह्रो छैन । यदि निधीको तर्क मान्ने हो भने माओबादी महाभियोगको पक्षमा र कांग्रेस विपक्षमा हुने अवस्था आएमा चाहीँ सरकार साच्चै संकटमा पर्न सक्छ ।

 

महाभियोग कार्की नियुक्त भएपछि उनले गरेका गलत क्रियाकलापका कारण संसदमा दर्ता भएको हो । यी दुबै विषय अलग हुन्, यी दुईलाई जोड्न खोज्नु कुतर्क मात्र हुन जान्छ । अन्ततः यो लोकमान जोगाउने मेलो हो ।


कांग्रेस बैठकमा व्यक्त तेस्रो तर्क वा चिन्ता भनेको महाभियोगको पक्षमा उभिदा यसको राजनीतिक जश एमाले र केपी ओलीलाई जान्छ भन्ने हो । यो तर्क अत्यन्तै बचपनापूर्ण छ । लोकमानविरुद्ध महाभियोग लगाउनु पर्ने सबैभन्दा पहिलो आवाज संसदमा कांग्रेसकै सांसदहरु गगन थापा र धनराज गुरुङले उठाएका हुन् । उनीहरुले माओबादी सांसद श्याम श्रेष्ठसँग मिलेर कार्कीका बारेमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा ल्याएका थिए । महाभियोग दर्ता हुने अघिल्लो दिन कांग्रेसका अर्का सांसद राधेश्याम अधिकारीले संसदमा कार्कीविरुद्ध गम्भीर मन्तव्य राखेका थिए । यसै पृष्ठभूमिमा महाभियोग दर्ता गर्नुअघि एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालसँग छलफल गरेको तथ्यसमेत बिर्सेर महाभियोगमा एमालेको षडयन्त्र देख्नु कांग्रेसको दृष्टिभ्रम मात्र हो । कांग्रेसले एमाले नेतृत्वलाई धन्यबाद दिनुपर्छ कि उसका सांसदले उठाएको विषयलाई एमाले नेतृत्वले संसदमा विधीपूर्वक माओबादीलाई समेत एक ठाँउमा ल्याएर दर्ता गरायो । यो निकासको बाटो हो ।


यस परिप्रेक्षमा नेपाली कांग्रेसले लोकमान बचाउन भारतमार्फत घुसाइएको तर्कको सहारा लिने होइन, नेपाली जनमतको सम्मान गर्दै लोकमान नियुक्त गर्दा गरिएको त्रुटी सच्याउने कदम चाल्न आवश्यक छ । आईतबार सुरु हुने संसदको बैठकमा कांग्रेसका सांसद अनेकथरि विचार लिएर होइन, महाभियोगको पक्षमा दृढतापूर्वक एकमतले खडा हुन सक्नुपर्छ । यसकालागि कांग्रेसले जारी केन्द्रीय समितिको बैठक विभिन्न बहानामा लम्ब्याउनु भन्दा तत्काल एउटा ठोस निर्णय लिनुपर्छ ।
 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top