काठमाडौं, २२ मंसिर–राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन आ.व.२०७५—२०७६ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले आज राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा बार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम संवैधनिकनिकायले आफूले गरेको कामकारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । आयोगले स्थापनाकालदेखि नै आफ्नो वार्षिक प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

प्रतिवेदनमा विशेषतःआयोगमा वर्षभरिमा परेका उजुरी, उजुरी उपरका छानबीन, अनुसन्धान विवरण, सरकारलाई गरेका सिफारिश सम्बन्धमा उल्लेख छ । यसको साथै मानवअधिकार संरक्षण र सम्वद्र्धनका लागि भविष्यमा गर्नुपर्ने सुधार सम्बन्धी विवरणहरू प्रतिवेदनमा समावेश छन् ।