पोखरा, २९ वैशाख– आइतबार हुने पोखरा–लेखनाथ महानगरपालिकाको जनप्रिय मावि, सिमलचौरको ‘ख’ मतदान केन्द्रको निर्वाचनमा सबै महिला कर्मचारी खटिएका छन् । 

सो मतदान केन्द्रको मतदान अधिकृतमा लोकसेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी उपसचिव सरिताकुमारी खतिवडा र सहायक मतदान अधिकृतमा महानगरपालिका कार्यालयकी नासु कविता अर्याललाई खटाइएको छ । 

त्यस्तै, सहायक कर्मचारीहरुमा उच्च अदालतकी नासु सङ्गीता पौडेल, पर्यटन कार्यालयकी खरिदार कल्पना आचार्य तथा कार्यालय सहयोगीमा कास्की जिल्लाअदालतकी देवी गौतम र उच्च अदालतकी गीता केसी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए ।