हरेक बर्ष विश्वभर आठ मार्चलाई  अन्तराष्ट्रिय नारी दिवसको रुपममा मनाईने गरिन्छ । संसारभरका महिलाले विगतका दिनमा गरेको आन्दोलनको संघर्षबाट प्राप्त उपलब्धीका रुपमा ८ मार्चलाई लिने गरेका छन् । महिलाले पुरुष सरह समान अधिकार, समान ज्याला र अवशर पाउन भनेर आन्दोलनको शुरुवात भएको दिनको सम्झना स्वरुप  ८ मार्चलाई विशेष दिनको रुपममा मान्ने चलन छ । विश्वका कैयौ देशमा यो दिन सार्वजनिक विदा  दिइने गरिएको छ ।  विश्वका कयौं देशमा महिलाका लागि समान श्रम र ज्यालाको अधिकार भएपनि कतिपय देशहरुमा अझै असमानता कायम नै छ  । नेपालमा पनि नयाँ संविधान जारी भएपछि महिलाको राजनीतिक, आर्थिक, सामाजिक अधिकारहरु प्राप्त भएका छन् । महिला अधिकारको यो अवस्था आउनमा अधिकारकर्मी तथा राजनीतिक नेतृत्वको अठोट, संघर्ष र बलिदानको मुख्य भूमिका रहेको छ । प्रस्तुत छ १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाली महिला आन्दोलन र उपलब्धीका  विषयमा रहेर नेपाल कम्युनिष्ट पार्टीका नेता एवम प्रतिनिधिसभाका सदस्य राधा ज्ञवालीसँग चक्रपथ डटकमका लागि कविता अधिकारीले गरेको कुराकानीको सारसंक्षेप :

 ८ मार्चलाई अन्तराष्ट्रिय नारी दिवसका रुपमा विश्वभर मनाईदै छ, नेपालमा चाँहि यसको शुरुवात कसरी भयोे ?
महिला आन्दोलन मजदुर आन्दोलनबाट अगाडी बढेको हो । जुन देशमा मजदुर आन्दोलन छैन त्यहाँ सामन्तवाद तीब्र छ । महिलामाथि श्रम शोषणमात्रै छैन, घरेलु शोषण, यौन शोषण, श्रमको शोषण छन् । यी सबै शोषणहरु पनि महिलामाथीकै शोषण हो । मजदुर आन्दोलन भएको ठाँउमा श्रम शोषणको बिरुद्धमा दुईवटै आन्दोलन मिलेर संयुक्त मुक्ति आन्दोलन चाँही अगाडि बढेको हो । अब नेपालको कुरा गर्नु हुन्छ भने यो दिवश मनाउने बारे हामीले २०३७ सालमा ‘अन्तराष्ट्रिय श्रमिक महिला दिवस एक परिचय’ भनेर सानो पुस्तिका छपायौ । २०३८ सालमा ७२ औ अन्तराष्ट्रिय महिला श्रमिक दिवस हामीले पन्चायतको बिरुद्धमा सुरुवात ग¥यौ । पञ्चायतलाई नफालिकन राजनीतिक स्वतन्त्रता हुँदैन भनेर राजनीतिक रुपले आफनो नारा, व्यानर सहित पहिलो चोटी सडकमा २०३८ सालमा आजकै दिन देशको मुख्य मुख्य शहरहरुमा एकैदिन यो कार्यक्रम ग¥यौ । अनि त्यही दिन मोरङको हरैचामा हाम्रो साथी मारिनुभयो, उहाँलाई गोलीलाग्यो, उहाँको नाम अहिले मैले बिर्सिए । पञ्चायतीले गोली हान्यो उहाँ नै हाम्रो पहिलो महिला सहिद हुनुभयो । त्यसपछि हरेक ८ मार्चका दिन यो दिवस मनाउन थालिएको हो । २०३८ सालमा त्यस्तो भयो २०३९ सालदेखी अरुले पनि यो दिवस त हाम्रै दिवस रहेछ भनेर मनाउन थाले । त्यसभन्दा पहिला त दरवारमा मात्रै यो दिवस मनाईन्थ्यो । यसभन्दा अघि नारी दिवसका दिन रानीले सात बजे विहान रेडियोमा सन्देश दिन्थिन् । दिवसकै बेलुकी उनीहरुका आफन्तका लागी पार्टी आयोजना हुन्थ्यो । समग्र नारीका लागि भन्दा पनि  रानीले विहान सन्देश दिने बेलुका चाँहि आफन्तका लागि जोड पार्टी दिने माध्यम मात्रै बनेको थियो । आफना भाइ भतिजालाई बोलायो रमाईलो गराउने भन्दा अरु हुदैनथ्यो । 

भनेपछि तपाईहरुले नै महिला आन्दोलनको शुरुवात र महिलाको सम्मानमा यो दिवस मनाउन थाल्नुभयो  ?
महिला आन्दोलनको अगुवा हामीले शुरुवात गरेका हौ त भन्दैनौ, किनभने त्यो पुर्नस्थापना भन्छौ । पन्चायती व्यवस्था लागूहुनुभन्दा पहिलापनि यो दिवश मान्थे तर सीमित थियो । पछि राजपरिवारमा पनि यो दिवश मानिन्थ्यो त्यो पनि सिमित थियो । २०३७ सालदेखी हामीले नै विचार ल्यायौ संगठन बनायौ र आन्दोलनपनि सँगै ल्याएको हो । १२८ औ अन्तराष्ट्रिय श्रमिक दिवस कम्युनिष्ट पार्टीले स्थापना कालमा नै आफनो स्पष्ट महिला मुक्तिको एजेन्डाका साथ राखेको थियो । यो अगाडी बढेर २००८ सालमा अखिल नेपाल महिलासंघ, अखिल नेपाल किसान संघ बनाएर महिलाहरुको संगठन बन्न सुरु भयो । पञ्चायतकालमा ती संगठनहरुलाई  ब्यापक दमन गरियो । दमनपछि फेरी हामीले त्यस्लाई क्रान्तिकारी महिला संगठन भनेर भूमिगत रुपमा संगठित गर्न थाल्यौ  । २०२५ सालमा प्रवासमा म क्रान्तिकारी संगठनको सिलाङ्ग नगर कमिटिको अध्यक्ष थिए । पार्टीमा २०२५ सालमा क्रान्तिकारी महिला संगठनको त्यो भुमिगत नाम हो त्यसको म पहिलो अध्यक्ष हुँ । पछि आएर २०३७ सालमा पार्टीहरुपनि विभाजित भए । हामीले यसलाई २०३७ सालमा व्यवस्थित रुपमा शुरु ग¥यौे, विधान बनायौ र यसको कार्यक्रम बनायौ । त्यती नै बेला संगठनका नाराहरु पनि बनायौ र त्यही साल हामीले अन्तराष्ट्रिय महिला दिवस मनाउने कार्यक्रम पनि तय ग¥यौ । त्यही भएर २०३७ सालको पार्टी कमिटिबाट हामीले यो विधान पारित गरेका हौ र अन्तराष्ट्रिय श्रमिक महिला दिवस भनेर मनाउन थालिएको हो ।  हामीले शुरुवात गर्यौ मात्र म भन्दिन म गर्वका  साथ के भन्छु भने नेपालमा अन्तराष्ट्रिय श्रमिक दिवसको सुरुवातकर्ता नै मै हुँ भन्ने दावी पनि गर्छु । त्यतिबेला नारी दिवस त दरबारको भाषा थियो । अहिले सबैले सजिलोका लागि यही भाषा प्रयोग गरिरहेका छन । तर खास भन्नुपर्दा चाँही अन्तराष्ट्रिय श्रमिक महिला दिवस हो । 

विश्वको तुलनामा नेपालमा त धेरैपछि मात्रै शुरु भएछ हैन ?
१९ औ शताव्दीको अन्त्य तिर कार्ल माक्र्सले के भन्नुभयो भने महिलामा प्रकृतिले दिएको जिम्मेवारी सँगसँगै उनीहरु घरेलु काममा पनि बढि सक्रिय हुनेछन् । उत्पादनको क्षेत्रमा पनि महिलाहरु कामगरिरहेको छन् । उनीहरुले थप घरेलु शोषण पनि सहेर बसेका छन् । अब महिलामाथि भएको शोषणबाट मुक्त हुनका लागि महिलाका लागि थप सुविधा हुन पर्छ भनेर माक्र्सले भन्नुभयो । त्यो बेलामा अर्का विचारक पु्रधोले चाँहि त्यसको ठिक उलटो महिलाहरु कमजोर हुन्छन्, महिलाले ठुला ठुला कामगर्न सक्दैैनन् त्यही भएर महिलालाई त्यो श्रमको क्षेत्रबाट अलग गरेर सजिलो कामदिनुपर्दछ भनेर भन्नुभयो ।  कालमाक्र्सलेप्रुधोको बिचार गलत हो भन्दै श्रमको कुनै क्षेत्रमा पनि महिलाहरुले पुरुष सरह बराबर काम गर्न सक्छन्, तीनीहरुको जुन शारिरीक अवस्था हुन्छ, त्यो अवस्थाका लागि राज्यले थप व्यवस्थागर्न पर्छ’  । तर कुनै पनि श्रमको क्षेत्रबाट महिलाहरुलाई बन्चित गराउन हुँदैन’ भनेर भन्नुभयो । त्यतिबेला पु्रधो र कार्लमाक्सको बीचमा कडा बैचारिक लडाई भयो । 

अवको राजनीतिले महिलालाई उत्पादन मुलक कार्यमा लगाउनुपर्छ । अहिले वामगठबन्धनको नारा समृद्ध राष्ट्र सुखी नेपाली भन्ने छ । त्यो नारा पुरा गर्नका लागि महिलाले घरेलु श्रममा मात्रै लगाउने हैन । घरेलु श्रममा थोरै लगाउने अरु आर्थिक उपार्जनका लागि कामगर्नुपर्दछ । घरको श्रममा वैज्ञानिक रुपले तयार भएको औजारको प्रयोग गर्नुपर्छ सबै ठाँउमा महिलाका लागि श्रमको ढोका खोल्नु पर्छ । समृद्ध मुलुक भयो भने मात्रै समाज सुखी हुन्छ । श्रम क्षेत्रको आधा शक्तिलाई सबल बनाउनु पर्छ, महिलालाई समान ज्यालाको व्यवस्थागर्न सक्न प¥यो । बालिका बलात्कारलाई मृत्युदण्डको व्यवस्थ गर्नुपर्छ । बालिकालाई सामुहिक बलात्कार गर्नेलाइ मृत्युदण्ड दिन पदैन ? कडाभन्दा कडा कानुन बनाउनुपर्छ । अनिमात्र महिला अधिकार स्थापित हुन्छ । महिला हिंसा अन्त्य हुन्छ । सिंगो व्यवस्थामा महिला अधिकार स्थापित गर्दै जानुपर्छ  । 

त्यस्तै पेरिसमा क्लारा जेटलिनले पनि पहिला कुरा उठाउनुभयोे । आन्दोलन त उठिरहयो । यो महिला आन्दोलन कहाँबाट आयो भन्दा मजदुर आन्दोलनसित जोडिएर आयो । पहिला किन आएन भने यो मजदुर आन्दोलनसँग जोडिएन, महिलाहरु जुटन सकेनन् । त्यस्तै जर्मनीमा स्टेट गार्ड को १९०७ मा भेला भयो । त्यही भेलाबाट महिलाहरुले आफना आवाज उठाएर मजदुर आन्दोलनबाट अलग भएर हामी आन्दोलन पुरा हुन सक्दैन भनेर एकाकार भएर लडने भनेपछि मात्रै यो कार्य अगाडि बढ्यो । १९०८ र १९१० मा पनि ठुला ठुला आन्दोलन भए । ती  आन्दोलन ८ मार्चबाट शुरु भयो ।  त्यही दिनबाट महिलाहरुले युरोप अमेरिका र सिकागोबाट संघर्ष शुरुवात गरेकाले त्यही दिनको सम्झनामा यो दिवस मनाउन थालियो । १९७५ अन्तराष्ट्रिय महिला बर्ष भनेर यु एनले मान्यो  अनि ८ मार्चलाई पनि अन्तराष्ट्रिय नारी दिवसको मान्यता दिएको हो । कम्युनिष्ट्रहरुले श्रमिक दिवस भनेर ल्याए । अरुले नारी दिवस भन्न थाले ।  तर यो आन्दोलन चाँही एउटै हो । १९७५ देखी १९८५ अन्तराष्ट्रिय नारी दशक भनेर पनि मनाए । सिड कन्भेन्सनले कमिटि गठन गर्योे र त्यसले एउटा तयारी गर्यो १९७९ मा यु एनले हस्ताक्षेर गर्यो र संसारभरीका कयौं देशले हस्ताक्षेर गरे । त्यतिखेर दुईबर्षपछि सबै देशमा लागू गर्ने भनिएपनि १९८१ बाटमात्र संसारभरि लागू भयो । त्यो लागू भएपछि हाम्रो नेपाल पनि भाग लियो । त्यतिखेर प्रतिभा राणा लगायतका महिला नेतृहरुको सहभागिता थियो । 

त्यस समयदेखि महिलामा कामको बाँडफाँड ज्यालाको समानतासँगै महिलाका हितका लागि आवाज उठाउँदै आन्दोलन शुरु गरिएको थियो । अहिलेसम्म आईपुग्दा आन्दोलनको उपलब्धी चाँहि कत्तिको भयो त ? के अहिले महिलाले पुरुष सरह समान ज्याला, समान अवसर, समान अधिकार पाएका छन् त ?  

नेपालमा बल्ल संवैधानिक रुपमा हरेक तह र तप्कामा ३३ प्रतिशत  महिला सहभागिताको अधिकारको व्यवस्था भएको छ । कानुन त बन्यो तरपनि अझै पूर्णरुपमा कार्यान्वयनमा आइसकेको छैन । अब हामीले पितृसतात्मक चिन्तन, व्यवहारलाई तोडेर कानुनमा पनि समानताको कानुन निमार्णमा जानु पर्दछ । यसर्थ राजनैतिक अधिकार, सांस्कृतिक अधिकार, संस्कृतिको उत्पीडन विरुद्घको अधिकारलाई अझै बलियो बनाएर कानून निमार्ण बनाउने कुरा छन् । कानुन बन्ने प्रक्रियामा छ । यत्रो उपल्लो संसदमा महिलाको ठूलो संख्यामा उपस्थिति छ । सबैले कानुन बनाएर कानुनलाई कार्यान्वयन गर्नेतर्फ अगाडि बढ्दै छौ । समानताको बाटोमा हामी अगाडि बढ्छौ, अहिले नै सबै पुरा भयो भन्ने अवस्था छैन । घरेलु श्रमको गणना गरेर त्यसको पनि मुल्यांकन हुनुपर्दछ । अहिले घरेलु कामको कहीपनि मुल्यांकन हुदैन । अहिलेपनि महिलाको श्रम लुटने काम पितृसत्ताले गरेको छ । अब पितृसत्ताको दमनबाट महिलाहरु निस्कन जरुरी छ । हामीलाई श्रममा समानता, श्रमको मुल्यमा समानता र श्रमको मुल्यांकन सँगै लैगिक समानता चाहिएको हो ।

अहिले महिलाहरुको जीवनस्तरमा कत्तिको परिर्वतन आएको छ ?
पहिलाको तुलनामा महिलाका लागि श्रमको क्षेत्र धेरै खुलिसक्यो । पहिला पहिला महिलाले यो गर्न हुन्छ त्यो गर्न हुन्न भन्ने खालको समाज थियोे । अहिले त्यस्तो छैन । कामकै बिषयमा कस्तो लुगा लगाउने ? सट पाइन्ट लगाउन हुने कि नहुने भन्ने  थियो । त्यस समयमा महिलाका लागि लगाउने देखि खानेसम्म समस्या थियो । अहिले त्यस्तो छैन । अहिले श्रमको सबै क्षेत्र खुल्ला भईसकेको छ । तर महिलाले भने सरहको उपलब्धी चाँहि अझै भएको छैैन । अहिले कानुनले बाध्य पारेको कुरा महिलाले पाए तर कानुनले बाध्यकारी नबनाएको कुरा महिलाले पाएका छैन्न । हेर्नुस् स्थानिय निकायको चुनावमा पनि महिलालाई उपमेयर हुनै पर्छ भनेर बाध्य पारियो । त्यो पायौं तर बाध्य नबनाएको क्षेत्रमा त पाएनौं नी । प्रत्यक्ष चुनावमा सिट नदिएर महिलालाई समानुपातिकतर्फ राख्ने मात्र काम पनि भयो यसरी पनि अझै अवशरमा विभेद त भएको छ नी । 

महिलाको हकअधिकार सुरक्षित गर्न अब कस्तो कानुन बन्नुपर्छ ?
अवको राजनीतिले महिलालाई उत्पादन मुलक कार्यमा लगाउनुपर्छ । अहिले वामगठबन्धनको नारा समृद्ध राष्ट्र सुखी नेपाली भन्ने छ । त्यो नारा पुरा गर्नका लागि महिलाले घरेलु श्रममा मात्रै लगाउने हैन । घरेलु श्रममा थोरै लगाउने अरु आर्थिक उपार्जनका लागि कामगर्नुपर्दछ । घरको श्रममा वैज्ञानिक रुपले तयार भएको औजारको प्रयोग गर्नुपर्छ सबै ठाँउमा महिलाका लागि श्रमको ढोका खोल्नु पर्छ । समृद्ध मुलुक भयो भने मात्रै समाज सुखी हुन्छ । श्रम क्षेत्रको आधा शक्तिलाई सबल बनाउनु पर्छ, महिलालाई समान ज्यालाको व्यवस्थागर्न सक्न प¥यो । बालिका बलात्कारलाई मृत्युदण्डको व्यवस्थ गर्नुपर्छ । बालिकालाई सामुहिक बलात्कार गर्नेलाइ मृत्युदण्ड दिन पदैन ? कडाभन्दा कडा कानुन बनाउनुपर्छ । अनिमात्र महिला अधिकार स्थापित हुन्छ । महिला हिंसा अन्त्य हुन्छ । सिंगो व्यवस्थामा महिला अधिकार स्थापित गर्दै जानुपर्छ  । 

सरकारले महिलाको भूमिकालाई थप शसक्त र प्रभावकारी बनाउन के गर्नुपर्ला ?
सरकारले संविधान अन्र्तगत ऐन नियम कानुन निमार्ण गराउन पर्यो । त्यसैमा आधारित रहेर त्यसको कार्यान्वयन पनि गराउन पर्यो । ३३ प्रतिशतको प्रावधान लागू गर्न पर्यो र महिला सहभागीतामा समानतामा बराबरी गर्न पर्यो । श्रमका सबै ढोका महिलाका लागी खोल्न पर् र श्रमको समान ज्याला पाउनु पर्यो । महिलाले समानरुपमा  शिक्षा आर्जन गर्न पाउन पर्यो । महिलामाथिको हिसाको अन्त्यका लागि काुनन र त्यसको सबै कार्यानवयन गर्न पर्यो । म व्यक्तिगत रुपमा भन्नुपर्दा अहिलेको प्रधानमन्त्री जस्तो महिलाका लागि काम गनर्,े महिलाले नेतृत्व तहमा पुग्नुपर्दछ भन्ने सोँच भएको नेतृत्व अहिलेसम्म यो मुलुकले पाएको थिएन । किनभने उहाकै पालमा राष्ट्रपति महिला, सभामुख महिला, सर्वोच्चअदालतका प्रधानन्यायधी पनि महिला उहाकै पालामा भएकाले हामी धेरै ठुलो आशा राखेका छौ । उहाँ समग्र राष्ट्रको राजनेताको रुपमा अगाडि बढ्दै मुलुकको समग्र विकासका लागि उल्लेख्य भूमिका खेल्नुहुनेछ भन्ने लाग्छ । वर्तमान सरकारले महिला आन्दोलनका धेरै मागहरु संवोधन गर्नेमा म विश्वस्त छु ।