मस्को,२२ असार– विश्वकपको क्वार्टर  फाइनलमा बेल्जियमले ब्राजिललाई २–१ ले हराएको छ । यो हारसँगै ५ पटकको विश्व विजेता ब्राजिलको छैटौं पटक वल्र्डकपको रेर्कठ राख्ने सपना बन्द भएको छ ।

बेल्जियम १९८६ पछि सेमिफाइनमा पुग्न सफल भएको छ । बेल्जियमको अर्को खेल अब १० जुलाईमा फ्रान्ससँग हुनेछ । १३ औं मिनेटमा बेल्जियमका केविन डीको कर्नर किकलाई ब्राजिलका फर्नाडोनियो फ्रेडले आतमघाती गोल गर्न पुगे ।

त्यसपछि खेलको ३१ औं मिनेटमा डि ब्रुइनले दोस्रो गोल गरे । खेलको ७३ औं मिनेटमा ब्राजिलका रेनातो अगुस्तोले ब्राजिलका लागि गोल गरे ।  

ब्राजिलको हारसँगै यो विश्वकपमा दक्षिण अमेरिकाको टिमको यात्रापनि टुङ्गिएको छ । विश्वकपको सेमिफाइनल इतिहासमा ब्राजिल, जर्मनी र अर्जेन्टिनामध्ये कुनै एउटा देश नभएको यो पहिलो पटक हो । 

बेल्जियम लगातार २४ अन्तराष्ट्रिय प्रतियोगितामा हारेको थिएन ।

यी खेलमध्ये १९ खेल ब्राजिलले जितेको थियो भने ५ बराबरीमा टुङ्गीएको थियो । केविन डी ब्रुइनले यो विश्वकपको १ सय ५० औं गोल गरे । अर्जेन्टिनाको लियोनल मेसीले १०० औ गोल गरेका थिए । फर्नाडियो विश्व कपमा आत्मघाती गोल गर्ने मार्सेलो पछिका ब्राजिलका दोस्रो खेलाडी बने ।  

नेमारको टिममा रहेको ब्राजिल २०१५ पछि पहिलो पटक हार व्यहोर्न पुग्यो । त्यतीखेर ब्राजिललाई कोलंबियाले हराएको थियो ।